स्थानीय तह निर्वाचन २०७९ को मत परिणाम अनुसार मुलुकका धेरै पालिकाका वडाहरुमा नयाँ र जुझारु युवा नेतृत्व आएको छ । विगत लामो समयदेखि वडाको नेतृत्वमा रहेर पनि जनअपेक्षाका काम नगर्ने केही पुराना नेताहरुको पनि यो निर्वाचनमा विरासत गुमेको छ । सधैं एउटै व्यक्तिले गर्ने कामभन्दा केही फरक गर्ने सोच कतिपय युवाहरुमा पनि हुने गर्छ । जनताले पनि केही फरक अपेक्षा गरेको पनि हुन्छ ।
त्यसै अनुसार प्रायः देशका धेरै पालिकाका वडाहरुमा नयाँ युवाहरुको पनि आगम यो निर्वाचन पछि भएको छ । वीरगन्ज महानगरपालिका वडा नम्बर १७ पनि यस मानेमा अछुतो छैन । यहाँ पनि यो पटक राजनीतिमा निकै अगाडी पुग्ने अठोट सहित एमालेबाट निर्वाचित संजय बहादुर क्षेत्री निर्वाचित भएका छन् । मुलुकको समृद्धिको जग पालिकाहरुका पनि वडाहरुबाट नै सुरुवात हुने गर्छ । यसै सन्दर्भमा केन्द्रित रही वीरगन्ज १७ मा भर्खरै निर्वाचित वडाध्यक्ष संजय बहादुर क्षेत्रीसँग उनका आगामी योजना र वडाको समृद्धिका सन्दर्भमा केन्द्रित रही गरिएको बिशेष कुराकानी :-
१) विस्तृतमा तपाईको परिचय ?
मेरो परिचय मैलेभन्दा पनि मेरा वडाका दाजुभाइ दिदीबहिनीले दिन्छन् । किन कि उहाँहरुले मलाई नजिकबाट चिनेर नै आज मलाई वडाध्यक्ष पदमा निर्वाचित गराउनु भयो । मैले आफै आफूलाई चिनाउनु उचित होइन । उहाँहरुको दृष्टिकोणमा म आफ्नो वडालाई अरु वडाभन्दा राम्रो बनाउन अगुवाई गर्न सक्ने युवा मात्र हो ।
२) तपाइलाई वडाध्यक्षमा आउन प्रोत्साहन कसले र कसरी ग¥यो ?
म सानै छँदादेखि बोल्नेको मात्रै कुरा सुन्ने र जो गरिब दुःखी छ उसको कुरा कसैले नसुन्ने मैले महसुस गरेको हुँ । त्यसवेलादेखि नै मलाई यस ठाँउमा केही गर्नु पर्छ भन्ने मनमा लाग्यो । गरिब निमुखाहरुलाई सधैं अलि बढि अपहेलना गरिन्थ्यो । जसको कारण २÷४ पटकको पंचायती सुन्दा त्यहि समयमा अठोर गरेको थिए कि यहाँका गरीब र कमजोर व्यक्तिहरुको कुरा सुन्ने व्यक्ति हुनुपर्छ जस्तो लाग्थो ।
गरीबहरुको सुःख दुःखमा काम लाग्ने र साना ठूला कसैलाई पनि भेदभाव नगरी काम गरेर देखाउने व्यक्ति यो वडामा भए हुन्थ्यो भन्ने लागेर नै अगाडी बढेको हो ।
३) चुनावी अभियान कस्तो रह्यो ? जनता अपेक्षा के पाउनु भयो ?
जनताको कुरा र समस्यालाई समेटेर र उनीहरुसंग सहकार्य गरी चुनावी अभियानमा लागेको थिए । उहीहरुको दुखेसो सुनेर मैले आफ्नो एजेन्डा बनाए । खासमा मेरो वडामा शिक्षा राम्रो होस् । स्वास्थ्य क्षेत्र राम्रो होस् । बाटो सडक राम्रो होस् भने सामान्य आशा मेरा वडावासीको छ ।
पहिला पहिला ३ लाख बजेट आउँदा पनि विकास हुने गथ्र्यो । अहिले ५० लाख बजेट आउँदा पनि विकास हुन सकेको थिएन । जनतालाई म संग धेरै ठुलो आशा र भरोसा छ । आशा र भरोसाको कारणले गर्दा नै मलाई जनताले निर्वाचित गराएका हुन् । मैले घामपानी भोक तिर्खा नभनी सदैव उनीहरुको हितको कामहरु गर्दै जानेछु । उहाँहरुको आशा र भरोसालाई घट्न दिने छैन ।
४) मतगणना भैरहदा कस्तो अनुभव रह्यो ?
सम्पुर्ण वडावासीको माया, हौसला र साथ थियो । मलाई उहाँहरुमा विश्वास थियो, ढुक्क थिए । चुनावी माहोलभन्दा अगाडी नै लगभग मलाइ उहाँहरुले विश्वस्त पार्नु भएको थियो । यस वडाका बालबालिका वृद्धदेखि सम्पुर्णले मलाइ यति माया गरेका थिए कि त्यहि माया र सम्मानले मलाई विश्वस्त बनाएको थियो । उहाँहरुबाट पाएको साथ र शिक्षा कुनै विद्यालयले वा गुरुले दिएकोभन्दा बढि लाग्यो । परिणाम पनि त्यसै अनुसार प्राप्त भयो । मेरा वडावासी सबैलाई हृदयदेखि नै धन्यवाद दिन्छु ।
५) वीरगन्ज १७ लाई सुन्दर र समृद्धि बनाउन तपाइको योजना चाही के छ ?
मैले मेरो घोषणा पत्रमा पनि सबै समेटेको छु । म निर्वाचित भएपछि प्रस्तुत गरिसकेको पहिलो एजेन्डा स्वास्थ्य र दोस्रो एजेन्डा यो वडाका सम्पुर्ण विद्यालयलाई अंग्रेजी माध्यमबाट पठ्न पाठ्न गराउने काम सुरुवात गर्छु । नर्सरीदेखि ३ कक्षासम्म अंग्रेजी माध्यमवाट पठ्नपाठ्न गराउनु पर्छ भनेर प्रत्येक विद्यालयमा गएर निर्देशन दिइसकेको पनि छु । अलौ १७ एउटा ऐतिहासिक नगरी पनि हो ।
सवैले अलौ ऐतिहासिक पर्व भनेर इतिहासमा पढ्ने गरेका छन् । मलाई गर्व लाग्छ कि म यस्तो ठाँउमा जन्म लिएको छु । अलौ पहिले पर्सा जिल्लाको सदरमुकाम मानिने गरिन्थ्यो । वीरगञ्ज महानगरपालिका भएको पाँच बर्ष हुँदा पनि यहाँका नागरिकले त्यो अनुभूति गर्न पाएनन् । तर म यो पटक यहाँका नागरिकलाई महानगरवासी भएको अनुभूति हुने गरी काम गरेर देखाउँछु ।
६) तपाईको वडामा आम्दानीका आन्तरिक स्रोतहरु के के छन् समृद्ध वडा बनाउन ?
आन्तरिक स्रोतहरु त खासै केही छैन । २÷४ ओटा पोखरीहरु छन् । त्यो पनि महानगरमा गाभिएको छ । तर मलाई विश्वास छ की नव निर्वाचित नगर प्रमुखले आजभन्दा धेरै वर्ष अगाडीदेखि नै अलौंलाई माया गर्दै आइरहनु भएको छ र अलौंको ऐतिहासिकतालाई जोगाउन साथ पनि दिनुहुने छ भन्ने अपेक्षा पनि छ ।
७) अवसर चुनौतिहरु धेरै छन् नि ?
चुनैतिहरु धेरै छन् । आफुले गर्न नसकेका कार्यहरुमा विपक्षीहरुले बढी मात्रामा ध्यान केन्द्रित गरेका छन् । यस वडामा २०७६ सालमा एउटा नापी भएर वडा समितिबाट पुनिया टोलसम्मको एउटा बाटो बनाउने कार्य थियो । त्यो रोकिएको थियो । त्यस्ता कतिपय कामहरु अधुरा छन् । म ती अधुरा कामहरु सबै कामलाई पूरा गर्न सबैसँग सहकार्य गरेर अगाडी बढ्छु र आउने चुनौतिहरुलाई पनि पन्छाउँदैे लक्ष्यमा पुग्ने छु ।
८) सम्पूर्णसंगै सहयात्रा गर्दै अगाडी बढ्न र वडावासीलाई भन्न थप केही कुराहरु छन् ?
सवैभन्दा पहिले सम्पुर्ण वडावासी र मिडिया साथीहरुलाई धन्यवाद दिन चाहन्छु । सवैसंग हातेमालो र सहयात्रा गर्ने मेरो जिम्मेवारी हो । मलाई सवैको साथ र सहयोग चाहिन्छ । मैले गरेका कार्यहरु सम्पुर्णको सहकार्य गरेर नै अगाडी बढ्ने छु । म बाट गर्नु भएको आशा र भरोसालाई सदैव कायम राख्ने प्रण गर्दछु ।