हाम्रो देश नेपाललाई अनेक जातजाती भाषा भाषी, धर्म संस्कृतिको धनी देश भनेर चिनिन्छ । हाम्रो देशमा बोलीने भाषाहरु १३९ छन् । सबैको आ– आफ्नै धर्म संस्कृती, परम्परा छन् । तर जातजाती र छुवाछुतको कुरा गर्दा अहिले पनि सानो जात अनि ठुलोजात भनेर छुट्याउने, हेप्ने, छोएको खान हुदैन भन्ने पंरम्परालाई निर्मुल पार्न भने नसकेको अवस्था छ । जस्को कारण मानव – मानव बिच नै जातीय भेद्भाव कायम नै रहेको छ ।
हुुन त जातिय परिवर्तनको कुरा गर्ने हो भने पहिले र अहिलेमा थुप्रै आमुल परिवर्तन भएका छन् । एक मानव ले अर्काै मानवलाई गर्ने ब्यावहार , ठुलो जातको घरमा सानो जातले प्रवेश गर्न नहुने मान्यता , मठ मन्दिरमा पुजापाठको लागि प्रवेश अन्र्तरजातिय बिबाह जस्ता थुप्रै कुरामा केहि हद सम्म परिवर्तन भएतापनि जातीय छुवाछुतको व्याबहारमा भएको परिवर्तन कछुवाको चालमा मात्रै छ भन्दा फरक नपार्ला । बहुजाती धर्म संस्कृतिले भरीएको मुलुकमा जातीय विवेद रहनु दुखद पक्ष हो । मानवको सोच र व्याबहारमा परिवर्तन गर्न हामी सबैले आफ्नो आफनो ठाउँ बाट आवाज उठाउन आवाश्यक छ ।
छुवाछुत तथा जातीय बिबेदमा जति नै खुलेर बिरोध भएपनि तिनै साना जाती मानियका डुम, चमार , कामी, दमाई सार्की, कुमाले,, जस्तै अन्य जातीको शिपमा भने छुवाछुत गरेको देखिदैन । सानोतथा पिछिडिएको जाती भनेर हरेक कुरामा फरक व्याबहार गर्ने यीनै समाजका नागरिकहरु यीनै जातीले बनाएका सामाग्रीहरुमा भने कुनै छुवाछुत गरेको पाईदैन । बिशेष गरि दिपावली छठ पर्वमा प्रयोग गरिने माटोका भाडा, सुन, चादीँ, पितल देखि लिएर बासँको चोया बाट बनाईएका सामाग्री जस्तैः चगेंरो, नाङ्गलो, ढाकी, डालो, सुपली, दउरी जस्ता सामाग्री तल्लो जात मानीएका व्याक्ति अर्थात, कामी, दमाई डुम, चमार, बिन समुदायले नै बनाउने गर्दछ । बाँसको चोया बाट अनेक थरी सामाग्री बनाउने शिप भएका यी जातीले बनाएका सामाग्री पुजा पाठको समयमा पुजा सामाग्री राख्न अधिकतम् प्रयोग गरिएको देखिन्छन् । ति सामाग्री प्रयोगमा छुत लागेको पाईदैन । जब कि मानवीय छुवाछुतको व्याबहारमा छोएको पानी नचल्ने तर तिनै हातले दिन र रात पसिना चुवाउदै बनाएका सामाग्रीमा चोखो मानिएको समान तथा, प्रसाद जन्य खाद्यवस्तु देखि पुजा सामाग्रीहरु सझाउन कुनै छुत नलाग्ने यस्तो पंरम्पराको अत्यन्त हुन जरुरी छ ।
हिजो आज छठपर्वलाई नेपालका अधिंकास भेग काठमाडौ, लगाएत पहाडी भेगमा समेत धुमधमा सगँ मनाउन थाले पनि बिषेशत यो पर्व मधेशी समुदायले मनाउने बिशेष पर्व हो । प्रादेशिक हिसाबले हेर्दा अन्य प्रदेशमा भन्दा प्रदेश नं दुईमा मधेशी समुदायका मानिसहरु बसोबास गर्ने भएकोले यस प्रदेशमा छठ पर्वको बिशेष महत्व छ । स्वभाविक रुपमा छठमा प्रयोग गरिने अधिकांस बासँका सामाग्री पुजाआजाको लागि प्रयोग गरिने हुदा यस प्रदेशका डुम, बिन समुदायहरुलाई बासँको चोया बाट बन्ने सामाग्री बनाउन भ्याई नभ्याई छ । घरका महिला तथा पुरुष दुबैले मिलेर बनाउने यी सामाग्रीको माग अत्यन्तै रहेको र ति मागलाई पुरा गर्नको लागि दिन रात नभनिकन बाँसको चोयाका अडर सामाग्री बनाउन अहोरात्र खटिरहेका छन् । माटोको दियो, कलश बनाउदैँ गाउँ, शहर, बजार सम्म पुरउने यी समुदायले बनाएका सामाग्रीमा भने कुनै छुवाछुत छैन, तर तिनै समुदायले छोएको पानी हाम्रो समाज मा नचल्लनु दुखद पक्ष हो ।
समयको परिवर्तन सगैँ थुप्रै परम्पराहरु परिवर्तन भएकाछन् , हामी सम्पुर्ण मानव जाती जुनसुकै जातीको भए पनि हाम्रो शरीरमा भएको रगत सबैको रातौ नै हुन्छ, तसर्थ मानवीय बोलिचालीको भाषामा मात्र हैन पुर्ण व्याबहारिक रुपमा जातीय बिवेदको अन्त्य गर्न जरुरी छ । तिनै सानो जातीको हातले बनाएका सुनका गरगहनालाई आफ्नो घर आगँन चोखो शुद्व बनाउन सुनपानी छर्कदै हिड्ने समाज तिनै जातीलाई तल्लो जाती भनेर हिड्न अशोभनिय कुरा हो । मानीस ठुलो असर सोच र समान व्याबहारले हुने हो कुनै जातीय बशंले हैन यो चेतना फैलाउन आवाश्यक छ । छुवाछुत जातमा हैन व्याबहारमा उतार्न आजको आवाश्यकता हो बुझ्न जररी छ ।