वीरगंज । किसानहरुलाई मल खाद उपलब्ध गराउँन र बढ्दो महंगी तथा पेट्रोलियम पद्धार्थको मुल्य कम गर्न मांग गर्दै अखिल नेपाल किसान महासंघ बाराले कलैयामा सरकार बिरुद्ध प्रदर्शन गरेको छ ।
‘‘बढ्दो महंगी नियन्त्रण गर, मल खाद समयमा उपलब्ध गराउ, पेट्रोलियम पद्धार्थको मुल्य अझ कम गर,’’ भन्दै अखिल नेपाल किसान महासंघ बाराले आईतबार कृषि कम्पनी लिमिटेड बाराको कार्यालय घेराउ गरि प्रदर्शन गरेको हो ।
बर्तमान सरकारले धान बाली लगाउने समयमा किसानलाई चाहिने जति मल उपलब्ध गराउन नसकेको र आएको मल पनि वास्तविक कृषकलाई नदिई मन्त्री, सांसद र प्रदेश सांसहरुले आफै लिईरहेको र अफ्ना आसोपासेहरुलाई दिलाईरहेको प्रदर्शनकारीहरुले आरोप लगाएका थिए ।
परमादेशबाट गठन भएको सरकारको उदासिनता र असक्षमताका कारण धान खेती गर्ने बेलामा नै कृषि प्रधान देशको कृषि प्रदान प्रदेशको जिल्लाहरुमा किसानहरुले मल नपाउनु र आएको मलमा पनि बिचौलियाको रजाई हुनुले राज्य पछाडी ढकेलिदै गएको प्रदर्शनकारीहरुले टिप्पणी गरेका थिए ।
प्रदर्शन कार्यक्रममा अखिल नेपाल किसान महासंघका केन्द्रिय स्थायी कमिटि सदस्यहरु उमेश गुप्ता, रामनाथ बैठा, बनदना सिंह, धनमाया चौधरी, अखिल नेपाल किसान महासंघ बाराका अध्यक्ष आत्मदेव भट्टराई लगायतको सहभागिता रहेको थियो ।