अश्विनी, भरणी, कृतिका अनि रोहिण नक्षत्रहरु मध्ये पछिल्ला दुइ नक्षत्रहरु किसानको लागि मुख्य खाद्यान्न वाली, धानको बिउ राख्ने नक्षत्रको रुपमा प्रसिद्ध छन् । पुराना दिन तथा हालसम्म पनि गहिरी खेत जसमा पानी परेपछि पानी भरेर रोपाइ गर्न सम्भव हुदैन । त्यस्ता खेतहरुमा धानको विउ सुक्खा खेतमा त्यसै छरेर किसानहरुले पाटा (हेंगा) न लगाइ छाडी दिन्छन जसलाइ भोजपुरी भाषामा ‘खरहरिया बावगु (शभचय तष्ििष्लन०भन्दछन । जुन दिन पानी पर्दछ त्यसै दिन पाटा लगाइ दिएपछि विउ आफसे आफ उम्रिएर आउँदछ ।
खरहरिया बावग मुख्य रुपले कृतिका नक्षत्रको सुरुवातमा नै गर्ने गरेको पाइन्छ । पानी राम्ररी परेर जलप्लावनको अवस्था आउञ्जेलसम्म बावग उम्रिएर विरुवा पानीले क्षति न हुने अवस्थामा आइसकेको हुदा धान वाली राम्रो उत्पादन दिने तथा लागत पनि कम लाग्ने भएको हुदा किसानहरुकोलागि यस्तो खेती प्रशस्त लाभदायक हुन्छ । खेतमा धान लगाउने यो विधि यस क्षेत्रमा विशेष लोक प्रिय रहेको पाइन्छ । यस विधिले धान लगाउदा रोपाहार तथा बिडरियाहरु(खेताला) लगाउनु पर्दैन तथा तिनीहरुलाइ दिइने महंगो ज्याला दिनु पर्दैन । यस प्रकारको विधिले धानवाली लगाउदा गहिरी खेतहरुमा झार पात टिप्ने जस्तो झन्झटिलो काम पनि गर्नु न पर्ने हुनाले लागत खर्च कम हुन जान्छ । यस प्रकार लगाइएको बाली हुरूक्क भएर लत्रिएको समस्या आउन सक्दछ । पुराना दिनहरुमा यसको उपायको रूपमा चौपायाहरुलाइ चर्नको निम्ति छाडि दिइन्थ्यो । खेतमा धान बालीको लत्रिएको टुप्पोलाइ गाइ–वस्तु जस्ता चौपायाहरुले चर्न थाल्दा तिनीहरुको खुरले माटोको खनजोत हुनुको साथै उनीहरुले त्याग गर्ने मल–मूत्रले मलको र बालीको शत्रु किरा मार्ने कामको पनि सम्पादन सजिलै हुन्थ्यो ।
रोहिण नक्षत्रमा धानको विउ जोतेको खेत धुलोमा पनि छरि दिने चलन रहेको पाइन्छ किनकि यस नक्षत्रमा हल्का पनि पानी पर्नासाथ विउको अंकुरण भएर व्याडमा लहलहाउदो वेर्ना रोप्नकोलागि तयार भइ हाल्दछ । यस वर्ष रोहिेण तथा मृगशिरा नक्षत्र मै आर्द्रा नक्षत्र आउनुभन्दा पहिले किसानहरुमाथि इन्द्रदेवको कृपा भइसकेको छ । धानको अंकुुुुुुुुुुुुुुुुुरण भइ विरुवा सर्र्न थाले पनि प्रर्याप्त पानी न परेकोले जतिभरथेग गरे पनि बाउडिएर प्रचण्ड घाम तथा घामजनित तापक्रमले गर्दा सुक्ने सुक्ने अवस्थामा पुगि सकेको तथ्य जनजीवनको सामुने प्रत्यक्ष छ । मौसम यस्तै प्रकारले रूष्ट तथा निर्मम रहे किसानहरु यस साल के कमाउलान,के खालान, तथा किसानेतर जनसंख्यालाइ के ख्वाउलान भन्न सा¥है गा¥हो रहेको देखिन्छ । शास्त्रहरुमा–‘आद्र्रायां प्रथमे पादे पृथ्वी जातो रजस्वालाु भन्ने वचन उल्लेख भएको पाइन्छ । नारी जाती पुष्पित भएर चोखिए पछि विज ग्रहण गर्न सक्ने सामथ्र्य पाउदछन ।
राम्रो फलन पाउनकोलागि यसै समयमा विजारोपण गर्नु पर्ने अनिवार्य हुन आउदछ । यस साल आद्र्रा नक्षत्रसम्ममा विउ तयार भइ सकेको अवस्था रहने अनुमान गर्न सकिन्छ । यस्तो स्थितिमा आगामी धानवालीको भविष्य कस्तो रहनेछ भन्ने कुरा सहजै अनुमान लगाउन सकिन्छ । धानवाली बाहेक फल फूलको कुरा गर्ने हो भने रोहिण नक्षत्रमा नै लिची तथा रोहिणिया आ“प (जर्दा, सबुजा तथा विज्जू आ“प, जुन रोहिण नक्षत्रमा परिपक्व भएर तयार भइ हाल्दछन) तयार त भएका छन तर अन्य साल झैं न त यस साल ती फलहरुको आकार नै छ न त ती फलहरुको स्वाभाविक गुणवत्ता नै विद्यमान छ । हाल सम्म पनि पानी परेको कारण माल्दह तथा अन्य आ“पहरुको बाली संतोषप्रद रहेको देखिन्छ । तरकारीवालीहरु पनि पानीको प्रचुरताको कारण आकार ठीके हुने, उचित गुणवत्ता हुने, रोग–व्याधी नलाग्ने, विरुवा तथा लहरा फस्टाउने अवस्थामा रहेको हुनाले आगामी दिनहरुमा तरकारीको पनि प्रचुरता हुने आशा रहेको अवस्था टड्कारो रुपमा हेर्न सकिन्छ ।
बेला–बखतमा प्रचण्ड गर्मीका अनुभव गरिएको भए पनि यस क्षेत्रका विभिन्न पोखरीहरुमा पानी प्रचुर मात्रामा परेको कारण त्यसमा पालिएका माछाहरु नमर्ने भएको अवस्थामा ठीकै आकारको माछा मारेर भए पनि कृषकहरु आफ्नो लागत निकाल्ने र नाफा लिने जोहोमा लागि परेका देखिन्छन । बस्तु भाउहरुकोलागि आवश्यक पानी उपलब्ध रहेको अवस्थामा ती जानवरहरुको पनि चयन भइरहेको अवस्था छ । कु“वा, इनार तथा चापाकलहरुको पानीको सतह पनि ठीक ठीकै रहेकोले निकट भविष्यमा नै खाने पानीको पनि अभाव होला भन्न सकिने अवस्था छैन । चौपाया जानवरहरुको चरनको रुपमा रहेका मैदानी घा“स पनि पानीको प्रचरताको कारणले लहलहाउदाछन, त्यस्ता जानवरहरुमा पनि चरनको अभाव न हुने हुदा तिनीहरुकोलागि पनि अवस्था सकुशल रहेको स्थिति विद्यमान रहेको छ ।
अर्को तिर, नया नेपालमा विकासको द्रूततर विकाशको क्रममा खेतीयोग्य जमीन टुक्रा टुक्रामा विभाजित हुदै क्रंक्रिटको जंगलमा परिणत हुदै गइरहेको अवस्था सोचनीय देखिदैछ । झन पानीको बहावकोलागि रहेका प्राकृतिक नालाहरु पनि थुनिन थाले पछि यस मनसुनको समयमा जलप्लावन भइ खेती योग्य जमीन बांझो रहन सक्ने भयावह स्थिति विद्यमान छ । यसको निदानको निम्ति स्थानीय, प्रादेशिक तथा संघीय सरकारले गम्भिर चिन्तन गर्नु पर्ने आवश्यकता टड्कारो रहेको छ ।
यसपालीको मनसून समयभन्दा पहिले नै आउकोले यो वर्ष अत्यधिक पानी पर्न सक्ने मौसमविद्को भनाइले पनि सजगताका साथ अनुकुल मौसमको उपभोग गर्न प्राणी जगत्ले स्वागत नै गर्न पर्छ । जुन बनस्पति समूहलाई पनि अहित हुन्न ।