वर्तमानको नामाकरण, कलियुग, एक्काईसौ शताब्दीको यूग, सुचना तथा प्रविधिको युग, ईन्टरनेटको युग, लोकतान्त्रिक युग, स्वतन्त्रता सार्वभौमशक्ती प्रदद्ध लगायतको नामले परिभाषित गरेको पाइन्छ । यसो भनिरहँदा वर्तमान भोगेको तथा शाब्दिक अर्थसँग जोडिने वास्तविक व्यवहार भने कता–कता फरक छ । यो युगको सार अर्थात व्यवहारले निर्माण गरिरहेको अनैकौ रुप मध्येको एक युग भनेको पहिचानको यूग हो । जहाँ अनुसन्धानको मुल सारलाई अर्थात सवैक्षण अनुरुप परिभाषित गर्ने शक्ति जीवनलाई प्रेरित गरिरहेको हुन्छ । केहि अंश यहाँ केलाउने कोशिस गरिएको छ ।
डिजिटली युगको फड्को ः मानवीय सोच र सामार्थभन्दा छिटो डिजिटल्ली युगले फड्को मारिरहेको छ । यो कुरामा सायद दुईमत नहोला हाीले सम्पति स्वामित्व कुनै वस्तुमाथीको निर्णय स्वामित्व प्रदान प्रदान गरे जस्तो सहज पक्कै छैन डिजिटल्ली युगमाथी डिजिटल आक्रमण । आज जुन गतिमा डिभाईसहरुको प्रयोग बढिरहेको छ, जसरी वस्तुको प्रयोग अर्थात कम्पुटर, मोबाईल,ल्यापटप ईत्यादिको प्रयोगमा संचालित हुने अथवा सिर्जना गराउने डाटा र ति डाटालाई प्रशोधन भण्डारण कसरी कहाँ कति कस्तो भन्ने सवालमा विश्वकै जल्दोवल्दो सवालको मध्ये प्रमुख सवालमा आउँछ ।
ईन्टरनेशनल टेलिकम्युनिकेशनको प्रतिवेदन अनुसार विश्वमा ४ अर्व १० करोड भन्दा बढि ईन्टरनेट प्रयोगकर्ताहरु रहेका छन् । ईन्टरनेटमा जोडिएको सख्या मध्ये ४८% प्रतिशत महिला र ५८% प्रतिशत पुरुष देखाउछ यसको अर्थ विश्वका आधा भन्दा बढि संख्यामा महिलाहरु न्ेटको पँहुचबाट टाडा देखाउँछन् । आईटियुका अनुसार ९७% प्रतिशत विश्व जनसख्यालाई हाल मोवाईलको सेलुलर सिग्रलले समेटेको छ । त्यसमा ३५ प्रतिशतले मात्रै ईन्टरनेट प्रयोग गरिरहेकाछन् । प्राविधिकरणको तथ्याङ्ग अनुसार सबै भन्दा धेरे योगदान मोवाईल ईन्टरनेटको रहेको छ । भौगोलिक विकटता, प्रतिकुल आर्थिक स्थिरता, राजनिती अस्थिरताको प्रभाव अन्य क्षेत्रमा भन्दा यो क्षेत्रमा अलि कम पर्ने कारण पनि प्राविधिक तर्फको विकाश सोचे भन्दा राम्रो छ । यसरी हेर्दा निति तथा नियामक आधार, दुरदृष्टि लक्ष्य, शिक्षा साथै कृर्षिमा समेत असोचनिय फड्को मार्ने देखिन्छ ।
ईन्टरनेटको ईतिहासः सन् २८९८ मा भौतिकशास्त्री टिम बर्नसलिले वैज्ञानिकहरुको लागि भनेर पहिलो साईड बनाएका थियो जुन सादामा थियो । र अहिेले हामीले खोजे भेटेँजस्तो कुनै भिडयो अथवा फोटो थिएन सादा अक्षरमा टाईपराईटरले टाईप गरेको कालो अक्षर सिवाए केहि थिएन । थुप्रै मिहनेत र प्रयासबाट आ हामीले सर्चगर्ने डब्लुडब्लुको थालनीबाट युग डिजिटलमा प्रवेश गरेको हो । नेपाली मितीका अनुसार डब्लुडब्लु वेबको जन्म २०४५ फाल्गुण २८ गते युरोपेलि संस्था पारमाणीक अध्यनको लागि भनेर पैयोगमा ल्याईएको हो ।
जेनेभामा मुख्य कार्यलय भएको सो संस्थामा १०० भन्दा बढि देशमा रहेका १० हजार भन्दा दढी वैज्ञानिकहरु जेडिएका थिए । उतिबेला उनिहरुकोलागी संचारको निमिक्त भरपर्दाे माध्यमको आवाश्यकता थियो । जस्को जन्मदाता बेलायति भौतिक शास्त्री तथा ईन्जिनियर टिम बर्नर्सली जस्ले सुचना व्यावस्थापन प्रणलीको प्रस्ताव प्रश्ताप गरे पछि परिक्षणको रुपमा वेबसाईडमा फाईल, फोटो, भिडियो र बजारका केहि गतिविधि भण्डार गरिएको थियो ।
ईन्टरनेट महत्व,बेफाईदा ः डिजिटल युगको सबै भन्दा महत्वपुर्ण पक्ष भनेको छिटो, छरितो,सहजता,मात्रै होईन राज्यको सार्वजनिक निकायले दिने भन्दा कयौ गुणा प्रभावकारी एकसाथ विश्वमा नै दिन अनि लिन सक्नु हो जो महिनौ, बर्षाे लाग्ने समयलाई सेकेण्ड भरमै गर्न सक्नुलाई उदाहरणको रुपमा लिन सकिन्छ । ईन्टरनेटको सेवाको सन्दर्भमा ईतिहास हेर्दा सन् १९५० को दशकतिर शुरु भएको देखिन्छ । सन् १९५० को दशकतिर शुरु भएको देखिन्छ । हामीले चाहेको सुचना आदानप्रदान गर्ने सरल माध्यम भनेको आजको दुनियाँमा ईन्टरनेट नै हो विश्वका कुनैपनि कुनामा बसेर आफ्ना आफन्त, साथीभाई र राज्यका हरेक निकायहरुले छिनभरमै सेवा लिन सक्नु निक्कै महत्वपुर्ण कुरा हो ।
ईन्टरनेटले अहिले विश्वभरी नै कुराकानी मात्रै नभएर व्यापार व्यावसायदेखि देश देश बिच व्यापारीक वा अन्य महत्वपुर्ण बिषयमा देशहरु बिच भेटवार्ता साथै सम्झौतासम् मगर्नसक्ने प्रणलीको कारण सानो भन्दा सानो र अत्याधिक ठुला काम कतव्र्यको पाटोमा फाईदा लिईरहेको छ जस्को प्रत्यक्ष उदाहरण हामीले नै प्रयोग गर्दे आएको वस्तु वा सामाग्रीलाई लिन सकिन्छ ।हरेक कुराको राम्रो नराम्रो दुबै पक्ष हुन्छ ।स्वभाविक कूरा हो हरेक पक्षमा राम्रा नराम्रा दुबै फाईदा हुन्छन ।
ईन्टरनेटका पनि फाईदा बढी र बेफाईदा कम हुन्छ । ईन्टरनेट मानविय मानशपटलमा एउटा लत बन्दै गएको तथ्याङ्ग बढ्दो छ । अनलाईन गेम खेल्ने लतको कारण स साना बालबालिकाहरुलाई अत्यन्तै नराम्रो लत बसेको छ । ईन्टरनेटमा जथाभावि फोटो पोष्टर तथा कलिलो दिमागमा असर पर्ने उत्तेजनात्मक समाचार भिडियो तथा सुष्मदिमागले बढि सोच्ने मानशिकताले प्रभाव पारिरहेको हुन्छ । साईबर रिलेशन अनावाश्यक भ्रम,च्याट,म्यासेन्जर फेकबुक तथा युटुवको गलत प्रभाव प्रत्यक्ष अप्रत्यक्षरुपमा प्रभाव पारिरहेको हुन्छ ।
अर्काे सबै भन्दा बढ्दै गएको विकृती भनेको हरेक व्याक्ती एककलकाटे अर्थात सामाजिक, पारिवारीक बन्धन खुकुलो हुदै जानुले भविष्यमा यस्को कस्तोे प्रभाव पार्नै हो सोचनिय कुरा हो । एकहोरो ईन्टरनेटमा बस्दा, मानशिक तथा सारिरक समस्या प्रसस्तै देखिन्छन् । निन्दा«को समस्या,थकान महशुस हुनु, कुनै कुरामा ध्यानाकर्षण बन्न नसक्नु, कलात्मक तथा रचनात्मक कार्यतर्फ मन नलाग्नु ।
ढाड दुख्ने, टाउको दुख्ने, घाटि तथा आँखामा समस्या हुनु वजन बढ्ने आदि ईत्यादि । समय र परिस्थिति जस्तो जस्तो आँउछ । मानवीय क्रियाकलाप उस्तै हुनु पर्दछ । युग परिवर्तनको संवाहक समय सापेक्ष हुन नसके मानिस स्वतः पछाडी तर्फ धकेलिन्छ । त्यसैले युग अनुसारको परिवर्तन मानिसमा पनि हुन जरुरी छ ।