वीरगंज । पर्साका किसानहरुले मल र पानी अभाव झेलिरहेको बेला राष्ट्रिय धान दिवस धुमधामका साथ मनाईएको छ । कृषकहरुले धान खेती गर्न चाहिले मल र पानी अभाव झेल्दै गर्दा कृषि ज्ञान केन्द्रले पर्सागढी नगरपालिका वडा नं. ३ मा कृषकहरुसंग धान रोपेर धान दिवस मनाएको हो ।
सरकारले २०६० सालदेखि धान दिवसको रुपमा मनाउदै आएको भएपनी यस दिनमा किसानको उति लगाव भने देखिन्न । किसान दर्जनौँ समस्या बावजुद अफनो बालिको अनुकुल खेतमा कसैले विउ काटने, रोप्ने कसैले आलि लाउने गर्दछन् अफना दुःख समस्या विर्सि रोपाहार र आलि लाउनेले एक आपसमा हिलो छयापाछयाप गरि धान रोप्ने अर्थात माना छरेर मुरि उब्जाउने गर्दछन् । तर तीनै तहको सरकार आएपनि कृषि क्षेत्रमा बलियो उपस्थिति तिनिहरुको देखिदैन् ।
धान उत्पादनमा देशमै अग्रणी मानिएको पर्सा जिल्लामा गत आर्थिक वर्ष झै यसवर्ष पनी उब्जनीमा वृद्धि हुने कृषि ज्ञान केन्द्रका कार्यालय प्रमुख मुन्नी लाल प्रसादले बताए । पर्सा जिल्लामा गतवर्ष कुल ४७ हजार १ सय ३० हेक्टरमा धान लगाइएकोमा प्रति हेक्टर ४.९४ मेट्रिक टनका दरले २ लाख ३१ हजार १ सय ३५ मैट्रिक टन उत्पादन भएको कृषि ज्ञान केन्द्रका प्रमुख मुन्नीलाल प्रसादले बताए ।
तराई क्षेत्रमा मुख्यगरि चैते, भदौया र मंसिरमा गरि ३ बाली उत्पादन गरिन्छ । सोना मन्सुली धानमा किरा र रोग लाग्न थालेपछि किसानहरुले त्यसको विकल्पमा स्वर्णसब १ नामक जातको धान उत्पादन गर्न थालेका छन् । नयाँ सिफारिश गरिएका धानका जात, सुख्खा र डुबान सहन सक्ने, रोग र कीरा नलाग्ने खालको र उत्पादन पनि बढ्ने भएकाले यो जातको धानको बीउ छनोट गर्न कृषि विज्ञहरु सुझाव दिदै आएका छन् । तराईको बारा, पर्सा, रौतहट लगायतका किसाले माटो र हावा पानीका लागि राम्रो मानिएको हर्दिनाथ १, स्वणर््ाँसब १ र सोनामन्सुली जातको धानखेति गर्दै आएका छन् ।
मौसमी प्रतिकुलता, खडेरी, बाढि, जलवायू परिवर्तन, रोगकिरा महामारी, जग्गा खण्डिकरण, आद्योगिक क्षेत्रमा रुपान्तरण जस्ता समस्याले गर्दा व्यवसायिक उत्पादनमा कमि हुदैँ आएको छ । पुर्वदेखी पश्चिम नेपाल सम्म विश्वकै सबैभन्दा अग्लो ठाउँमा धान फलाउने जुम्ला होस या तराई भेगका फाँटहरुमा हुन् धानु उब्जाउनुको शैली एकै हुन् । यी शैली झै नेपाली किसनका पिडा पनि एकै हुन् । कहिले धान रोप्दा पानि नपर्ने, खडेरी हुने, किरा लाग्ने, कहिले मल, खाद र विऊको अभावले समेत सताउने गरेको हुन्छ ।
नेपाल सरकारको अनुदानमा जिल्लाको विभिन्न स्थानमा बोरिङ पम्प लगाए पनि संचालन हुन नसक्दा प्रत्येक वर्ष झै यस वर्ष पनि किसानले अकासे पानीको भरमा रोपाई गरिरहेका छन् । यसैगरी सचाईको लागि अहिले पानी चाहेको बेला नहर सुख्खा छ । भारतको त्रिवेणी भैसालोटन स्थित निर्माण गरिएको नारायणी नदीको व्यारेजबाट ९२ किलोमिटर भारतीय नहर हुँदै दोन शाखा नहरबाट पर्साको जानकीटोला, इनर्वा हुँदै पर्सा, बारा तथा रौतहट जिल्लामा रहेको ३८ हजार हेक्टर खेतमा सिचाईको लागि पानी आउने गरेको छ । तर गतवर्ष झै यसवर्षपनि भारतीय पक्षले पानी नछाडेको कारण मधेश प्रदेशका यी तिनवटा जिल्लाका किसानहरु मर्कामा परेका छन् । मोटर, अकासे पानीले खेती गर्नुपरेको पर्सागढी नगरपालिका वडा नं. ३ की कृष्क सरस्वती भट्टराईले बताईन् ।
नेपाल भारत सीमाक्षेत्र जानकीटोलादेखि रौतहटसम्म १ देखि १५ नम्बरसम्म ब्लक छुट्याई नहरमा पानी छाड्ने गरिएको छ । बारा, पर्सामा १ देखि १० नम्बर ब्लकसम्म नहर रहेको छ भने ११ देखि १५ ब्लक नम्बरको नहर रौतहट जिल्लामा पर्ने गरेको छ । तर भारतीय पक्षको हेपाईले कृषकहरु अहिले मर्कामा परेका छन् ।