मायालु स्वभाव भएको र अरुको दुःख देख्न नसक्ने सबैलाई माया र आदर गर्ने १२ वर्षीय निष्कर्ष सिंह दिल्ली पब्लिक स्कूलको कक्षा ८ मा अध्ययनरत छात्र हुन् । उनको बुबा डा .निरज कुमार सिंह आमा डा. निशा सिंहका दुई सन्तान मध्ये उनी सानो पनि हुन् । डाक्टर दम्पतीका दोस्रो सन्तानका रुपमा जन्मेका निष्कर्ष एकदमै शान्त स्वभाव र सबैलाई एकै किसिमको व्यवहार गर्ने भलाद्मी छन् ।
आफ्नै क्लिनिक रहेका डा.निरजका पहिलो सन्तान अर्थात निष्कर्षका दाजु पनि सोही विद्यालयको कक्षा १२ मा अध्ययनरत छन् । निश्कर्षलाई भविष्यमा पढेर डाक्टर बन्ने चाहना किन भयो ? भन्ने कुरामा उनका बुवा पनि डाक्टरी पेशा छन् । उनलाई पनि सोही पेशामा उत्साह भएको उनले बताए । डाक्टर बन्ने चाहना त छ । तर बुबाको जस्तो होइन । उलि अलग्गै एक सर्जन डाक्टर बन्ने उनले तर्क गरे । पढाईमा पनि कुनै समय पनि गाह्रो नलाग्ने गरको पनि उनको तर्क छ । पढाई पनि अत्यन्तै राम्रो रहेको उनले बताए ।
निश्कर्षलाई सबैभन्दा मनपर्ने विषय भनेको विज्ञान विषय हो । उनलाई मनपर्ने नपर्ने भन्ने चाही कुनै पनि विषय छैन । सबै विषय उनको लागि सजिलो विषय हो उनले तर्क गरे । सानैदेखि सोही स्कूलमा अध्ययनरत निश्कर्षको लागि कहिले भन्नु परेन उनि पढाईको मामलामा एकदमै सिरियस हुन भनेर । उनलाई नआएको गृहकार्य आफ्नो आमा बुवा र दाईसगं सोधेर गर्ने बानी रहेको उनले आफै बताए ।
सानै परिवारमा हुर्केका निश्कर्षलाई पढाई प्रति त्यति गाह्रो नभएको उनी बताउँछन् । उनलाई सबै शिक्षक मन पर्ने उनले बताए । उनलाई कक्षामा सबै साथीहरु मन पर्ने तर आफुसँग बस्ने साथी अभिषेक साथी चाही अलि बडी मनपर्ने उनले बताए । किन मन परेकोभन्दा उनले मेरो कुरा ध्यान दिएर सुन्ने र कुनै पनि कुराहरुलाई मजाक नबनाउने भएकोले अभिषेक मिल्ने साथी भएको तर्क गरे ।
स्कूलमा हुने गरेका क्रियाकलापहरु मध्येमा सबैभन्दा मनपर्ने भनेको फूटबल खेल रहेको निश्कर्षले बताए । फूटबल खेलमा प्रथम हुने उनलाई घरमा पाकेको खाना सबैभन्दा मनपर्ने गरेको उनले बताए । त्यसमा पनि ुदाल भात मासुु अझ मन पर्छ उनले भने । उनि घरको काममा आमालाई सहयोग गर्ने गर्छन् । मलाई धेरै कामहरुमा सहयोग गर्ने र मेरो दुखसुख बुझ्ने बानी छ निश्कर्षको उनकी आमा डा निशाले बताइन् । सबैले भनेको कुराहरु सजिलैसगं मान्ने र घरमा कहिले काही पाहुना आएको बेला आफूले नभ्याएको समयमा पनि सबै काम सम्हाल्ने गर्दछन् उनले भनिन् । जे आवश्यकता छ सोही मात्रै भन्ने तर हामीले समयमा पु¥याउन सकेनौ भने पनि उनले केही त्यस्तो घमण्ड नगर्ने उसको राम्रो बानी रहेको डा निशाले तर्क गरिन् ।
फूटबल र संगीतमा पनि उनको रुचि उति नै रहेको पनि आमा निशाले बताइन् । उनले डाक्टरी पेशालाई जोड दिएका छन् । परिवारमा हामी डाक्टर भएको हुनाले उनलाई पनि त्यही पेशा मन परेको हुनसक्ने उनले पनि तर्क गरिन् । उनको भविष्यको निर्णय उनले नै गर्ने हो । हाम्रो त शिक्षा दिने कर्तव्य हो । रोज्ने बाटो त उनको नै हो डा. निशाले छोरा निश्कर्षका बारेमा बताइन् ।