जगत प्रसाद साह कानु वीरगंजवडा नम्वर ४ का बासिन्दाको लागि नया नाम भने पक्कै होईन गएको स्थानिय निर्वाचनमा निर्वाचित वडा अध्यक्ष समेत रहि सफल कार्यकाल पुरा गरि पुनः लोक प्रिय भई जनताकै चाहाना अनुसार निर्वाचित भएका उनै वडा अध्यक्ष जगत प्रसाद साह कानु संग वडालाई समृद्ध बनाउन अझ थप योजनाहरु के के छन ? भन्ने बिषयमा रहि मध्य नेपाल सन्देशको लागि गरिएको कुराकानी :-
१) तपाइको दोस्रो कार्यकालको कस्तो अनुभव गरीरहनु भएको छ ?
यस दोस्रो कार्यकाल सम्म आउनका लागि मैले जितेर आएको होइन । जनताले नै मलाई जिताएर ल्याउनु भएको हो । मेरो कामको नजर अन्दाज गरेर नै यस वडा वासीले नै मलाई फेरी दास्रो कार्यकाल सम्म ल्याएका हुन । सर्वप्रथम वडावासीलाई हृदय देखि नै धेरै धेरै धन्यवाद दिन चाहान्छु ।
२) तपाईलाइ यस वडामा पुनः आउनमा प्रोत्साहित र जोसजागर कसरी आयो ?
मलाई यस वडावासीले इज्जत र सम्मानको साथ मलाई दोस्रो कार्यकालको लागि उम्मेद्धारी दिन साथ र सहयोग गर्नु भयो र म उहाँहरुको सव विकासको काममा साथ सहयोग र सधै हातेमालो गर्दै अगाडी बढ्दै आईरहेको छु । मेरो यस योजनामा कुनै लोभ लालच छैन सदैव जनताको सेवामा नै लागि रहने छु । यस वडावासीले नै प्रोत्साहित गरेर नै आज यस ठाँउमा आएकोे छु । पुनः धन्यवाद दिन चाहान्छु ।
३) चुनावी अभियान कस्तो रह्यो र जनताको अपेक्षा कस्तो थियो ?
चुनावी अभियान एकदमै राम्रो रह्यो । यस वडावसीले मलाइृ धेरै नै विश्वास गरेका छन । तपाई भोट माग्न आउनै पर्दैन ठुक्क हुनुस हामीले तपाइलाई नै भोट दिने हो । फेरी पनि यस वडामा तपाइलाई नै ल्याउने हो । जस्ता शब्दहरु यस वडावसीको थियो ।
मलाई विश्वास गरेर यस वडाको अध्यक्ष पदमा ल्याउनलाई जनताको अति नै ठुलो भुमिका छ । उहाहरुको विश्वास र आत्म सम्मानमा कहिल्यै ठेस प¥ु्याउने छैन । उहाँहरुले गरेका अपेक्क्षाहरु पुरा गर्नेछु । शिक्षा स्वास्थ्य सरसफई कार्यहरु सम्पन्न गर्नेछु । दलित, गरिब,बालबालिकालाई निशुल्क पढाउने र डे«स दिने भनेको छु । त्यो अवश्य पुरा गर्नेछु ।
४) मतगणना भै रहदा तपाइलाई जित हारको कस्तो अनुभव भै रहेको थियो ?
मतगणना हुदा म एकदमै ठुक्क थिए । किनभने सम्पुर्ण वडावासीले तपाइले नै जित्नु हुन्छ भनेका थिए र मलाई विश्वास पनि थियो । यस वडामा १६ सय अठ्हत्तर मत मध्य एक हजार अहठ्हत्तर मत ल्याएर जित्न सफल भएको हो ।
५) सुन्दर र समृद्ध वडा बनाउन कस्ता कस्ता योजनाहरु छन ?
यस वडामा शिक्षा, सडक, नालालाई पहिलो प्राथमिकतामा राखेका छौं । नालामा प्लेट राख्ने काम पहिले नै गर्नु पर्ने छ । महानगरको बजेट भन्दा बढी नै विकासको कामहरु गर्ने छु । महानगरको बजेट एकदमै कम छ । त्यति बजेटले केहि पनि गर्न सकिदैन । महानगरले हाम्रो योजना र एजेन्डाको वारेमा सम्झेर बुझेर बजेट छुट्याउने कार्य गर्दा राम्रो हुन्थ्यो ।
यस वडामा वडावासीको सहयोग र साथ सदैव छ र रहिरहने छ । पहिलो कार्यकाल भन्दा यस कार्यकालमा अझ बढी र राम्रो काम गर्नेछु । वर्षमा महानगर वाट ३५ देखि ४० लाखको बजेट छुट्याउने गरेको छ । यो पालीको बजेटमा विश्वास राखेका छौ । बजेट बढाउने छन र सेवा सुविधाहरु पनि दिने छन भन्ने विश्वास राखेका छौं ।
६) काम गर्दा चुनौति कतिको छन् ?
कुनै पनि ठाँउमा काम गर्दा चुनैती त पक्कै हुन्छन , धेरै धेरै चुनैतीहरु छन् ।
७) यस वडाको बारेमा भन्न मन लागेका कुरा केही छन् ?
सबैभन्दा पहिले त सम्पुर्ण वडावासीलाई हृदय देखी धन्यवाद दिन चाहान्छु । आज यस ठाँउसम्म आउन र यस वडाको विकासको परिकल्पना गर्न पुनः मौका दिनु भएकोमा सम्पुर्ण वडावासी आफन्त साथी भाइलाई धन्यवाद दिन चाहान्छु । सम्पुर्ण वडाअध्यक्षहरुको एउटा क्लव गठन गरेर विकासको काम गर्न गर्दा अझ धेरै कुराहरु आदान प्रदान गर्ने मौका मिल्ने थियो एकले अर्काको कुराहरु साटासाट गर्न सहज वातावरण बन्ने थियो ।