सांसद हरिनारायण रौनियारले शिक्षा क्षेत्रमा राजनीतिकिकरण नगर्न आग्रह गरेका छन् । पर्सा निर्वाचन क्षेत्र नं. ३ का सांसद रौनियारले शिक्षा क्षेत्रमा बिकृति नफैलाउन राजनीतिक दलसंग आग्रह गरेका हुन् । उनले शिक्षाको ज्योतीले नै समाजमा चेतनाको स्तर उकास्न सक्ने भएकाले शिक्षा क्षेत्रलाई अझै बलियो बनाउन सबै राजनीतिक दलहरु एक ढिक्का हुनुपर्नेमा उनले जोड दिएका थिए ।
पर्साको बिन्दवासिनीमाई गाउँपालिका वडा नं २ स्थित श्री नेराप्रावी विद्यालय गर्दाैलमा आयोजित सम्मान तथा शैक्षिक जागरण कार्यक्रममा बोल्दै सांसद रौनियारले शिक्षाको स्तर बढाई शिक्षित र चेतनशिल समाज निर्माण कार्यमा सबै राजनीतिक दल एकजुट भएर लाग्न आग्रह समेत गरेका थिए । उनले प्रावि तहदेखि नै प्रत्येक सरकारी स्कुलमा कम्पयुटर शिक्षा र अंग्रेजी माध्यमबाट पढाई सुचारु गराउन संघीय सरकारबाट आवश्यक पर्ने हरेक स्रोत साधनको व्यवस्थापन मिलाउन आफू अहोरात्र खटिरहने समेत वाँचा गरेका थिए ।
यस्तै पर्सा क्षेत्र नं. ३ ‘ख’ का प्रदेश सभा सदस्य प्रहलाद गिरीले छोरा सरह छोरीलाई पनि समान शिक्षा दिई समाजमा विधमान रहेको दाईजो प्रथा, बालविवाह जस्ता कुप्रथालाई अन्त्य गरि समाजलाई दुरगामी विकासको दिशातिर अगाडी बढाउनु पर्नेमा जोड दिएका थिए । उनले छोरीलाई पनि छोरा सरह सम्मान शिक्षा र अवसर दिए घरपरिवार संगै सम्पूर्ण समाज नै शिक्षित भई सभ्य समाज निर्माणमा हुने थियो ।
कार्यक्रममा लोक सेवा आयोगबाट उत्तीर्ण गरी सरकारी जागिरमा आबद्व भएका कर्मचारी र विधार्थीहरुलाई सम्मान गरिएको थियो । प्रत्येक वर्ष झै यस वर्ष पनि एसर्ईई देखी स्नात्तोकतर तहसम्म उतिर्ण गरेका विधार्थीहरुलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा प्रदेश सभा सदस्य प्रहलाद गिरीले आगामी बर्ष देखी लोकसेवाबाट नाम निकाली सरकारी जागिरमा आबद्व ब्यतिmलाई आफ्नो व्यक्तिगत खर्चबाट दश हजार रुपैयाँ पुरस्कार दिने घोषणा गरेका थिए । यस्तै उनले गर्दाैलमा रहेको रामजानकी विवाह मण्डल बनाउन आफु प्रदेश सरकारसंग पहल गर्ने प्रतिवद्धता समेत जनाएका थिए ।
कार्यक्रममा फोरम नेपालका केन्द्रिय सदस्य सिपु तिवारी, पत्रकार अनिल तिवारी, पब्लिक एफ एमका संचालक राजेन्द्र नेपाली, समाजिक अभियन्ता प्रकाश थारु, युवा नेता प्रमोद यादव लगायतको सहभागिता रहेको थियो ।