मानो रोपेर मुरी उब्वाउने महिना भनेर असार महिनालाई मानिन्छ । २०६२ शालदेखि त असार पन्द«लाई असार महिनाको मध्य अर्थात आधा खेत रोपिएको भनेर धान दिवशको रुपमा मनाउदै आएको छ । यस दिन हिलो छयापेर रमाईलो गरि मनाउने र उसैदिन धुमधामसँग रोपारेहरुले मात्र नभएर सबैले दहि चिउरा खानेदिन भनेर मनाउदै आएका छौ । नेपालको उत्पादन मध्येको प्रमुख खाद्यान्नको रुपमा धानबालीलाई चिनिन्छ ।
कुल ग्राहस्थ उत्पादनको ७ प्रतिशत कृर्षिमा २० प्रतिशत र कुल खाद्यन्न उत्पादनको २० प्रतिशत र कुल उत्पादका ५५ प्रतिशत धानबालीले योगदान पुरएको छ । कृर्षि विधागका अनुसार नेपालमा करिब १४ लाख हेक्टर जमिनमा ४७ लाख मेट्रिक टन प्रतिहेक्टर धान उत्पादन हुनेगर्दछ । नेपाल हाम्रो कृर्षिप्रधान देश हो भनिरहँदा हामी नेपालीलाई कति महिना कुन खाद्य पर्दाथले खान पुग्छ भन्ने चासोको बिषयले दिनप्रतिदिन प्रश्न गरिरहेको छ ।
धेरैको मनमा उब्जीत प्रश्न ः के नेपाललाई अब पनि कृर्षि प्रधान नै देश भनिरहने हो त ? हिजो आज हाम्रा छोरा छोरी अर्थात स साना बालबालिकाले अभिभावकलाई सोध्छन धानको बाला झुलेको भनेको के हो ? धान कस्तो हुन्छ । गहुँ बोट कत्रो अनि कस्तो हुन्छ । आमै कोदो के लाई भनिन्छ, फापर कस्तो रङ्गको हुन्छ । हजुबुवा आमाले उहिल्यै हामी ढिडो खान्थ्यो भनेर सुनाईरहँदा कथाले भनेको ढिडो नबुझेर हास्दा, अनि लोकप्रिय पोषणनयुक्त कोदो, फापरको खेति कता गयो भन्ने प्रश्नले गिज्याएको झै लाग्दछ ।
आफ्नै बारीमा फलेको बोडि, रहर, तामा, पिडालु,मटर चना, आलु पियाप, लसुन रोप्ने खेत, गोड्मेल गर्ने जन शक्ती सागुँरो मात्रै छैनन् यी मध्ये कति त लोपोन्मुख छन् । भिमाली भेगमा फल्ने फलफुल, स्याउ, सुन्तोला, नास्पाती, कागती, निबुवाहरुको उत्पादनको हस, चियाखेतीको फडानी,यी सबै कुराले हाम्रो कृर्षि प्रधान भनिएको देशलाई कसरी हेरिरहेको छ । करेसाबारीमा फल्ने हरियो खोर्सानी,आफ्नै घरको चौपायाबाट बनेको आर्गनिक मल बिषादियुक्त हरियो सागपात, सिजन अनुसारको बारीको फल, आप, कटहर,लिच्ची,मेवा,अनार, आरु ईत्यादीको सक्कली स्वाद कस्तो भन्ने समयमा पुगिरहेका छौ भने कसरी कृर्षि प्रधान देश जुन देशमा उब्जीत बालीनालीले चार महिना धान्न धौ धौ परेको आजको परिवेशमा यो नाराले पति गिज्याईरहेको होला यो हामी सबैको मनको आपैmले आफैलाई गरिने पश्न हो ।
हामी कहाँ छौ त :– कुनैपनि देश कृर्षिक्रान्ती पश्चात स्वभाविक रुपमा औधोगिक युगमा प्रवेश गर्दछ । फरक यो छ या त कृर्षिमा साच्चिकै क्रानी गरेर आउनु वा भएको उब्जीत जमिनलाई बाझो बनाएर क्रान्तीको नाउँमा आउनु । विगत १८ बर्षदेखिको कृर्षि उत्पादन तथा उत्पादित आद्यन्न संकलित सपित दुबै अवस्थालाई हेर्ने हो भने दयनिय अवस्थातर्फ उत्पादन खुम्चिएको देखिन्छ । कारण विभिन्न हुन सक्छन् ।
कृषिले हामीलाई खाद्य सुरक्षा दिन नसकनु,बिदेशी मुद«ा आर्जनको सहयोगी बन्न नसक्नु,बेरोजगारीहरुलाई रोजगारदिन नसकनु, युवाहरुलाई उत्साहित बनाउन नसक्नु, खेतबारी परपरसम्मका गहहरुमा हरियाली बन्न नसक्नुको कारण को हो त ? किन पछिल्लो समयमा नेपालको जमिन उत्पादनको साधक भनेर देखिन सकेको छईन । अर्काे कुरा हिजोआज हामीलाई काम र दामले मात्रै पुग्दैन । मान प्रतिष्ठा सहितको सम्मान चाहिन्छ । जसरी हिजो आज हरेक मानविय क्रियापलापहरुलाई सम्मान गरिरहँदा कृर्षिलाई अर्थात कृर्षि क्षेत्रका वर्गलाई कम समेटिन्छ। । कामको मुल्य मर्यादित कामलाई प्राथमिकता दिन नसक्ने हामी र हाम्रा किसान कहाँ छौ ।
महत्व ः हाम्रो देश सानो छ र हावापानीको हिसाबले अझ भनौ भने भौगोलिक प्राकृतिक दृष्टिले निक्कै ठुलो छ । कृर्षि तथा किसानहरुको सन्र्दभमा भन्नुपर्दा कृर्षीलाई एउटा कलाको रुपमा हेर्न सकिन्छ । यो एउटा विज्ञान हो । जस्को प्रयोगले हामी विभिन्न वस्तुहरु उत्पादन गर्दछौ । आफ्नो जिवन निर्वाह गर्न आवाश्यकपर्ने खाद्य तत्व, पौष्टिक आहारा, कृर्षिको नै सहाराले उब्जाउने गर्दछौ । वास्तवमा भन्ने हो भने हाम्रो देशमा औद्योगिकरणको विकाशको लागि मुख्य आधार भनेकै कृर्षी हो । आधुनिक खेतिमा कृर्षि प्रणलीको बिकाश हुनु अत्यन्तै राम्रो कुरा हो । नेपालमा कृर्षिको महत्व निक्कै घेरै छ । आर्थिक विकाशको महत्वपुर्ण पाटो अथवा माध्यम भनेकै कृषि हो ।
अन्त्यमा, हाम्रो जस्तो सानो मुलुक जस्लाई कृर्षि प्रधान देश भनेर जोडरहँदा हामी कहाँ छौ । कसरी खेतिपाती गर्देछौ, बिउ विजन मलखाद्यको लागि कति बजेट छुट्याएका छौ । उन्नतजातको विउ बिजन र त्यहि अनुसारको खेतियोग्ग जमिनको अवस्था कस्ताृे छ ।
हामीले उब्जाउको लागी गरिएको खेति तथा उब्जाउन गर्न नसकेर बाझो राखिएको जग्गाको बारेमा कसरी ध्यानाकर्ष गर्देछौ भन्ने कुराले ठुलो अर्थ बोकेको हुन्छ । तसर्थ आज कृर्षि प्रधान देश भनेर चिनिरहँदा हामी कहनँ र के गर्दे छौ। भान दिवशको बारेमा चर्चा परिचर्चा गर्दा धानबाली कति भित्रयाउदै छौ भन्ने कुरा सोचनिय बन्दै गएको अवस्था छ । आज हामीले कृर्षि प्रधान देश भनिरहँदा किसानको लागि जो वास्तविक किसान हुन् तिनिहरुको जिवन उकास्न कत्तीको सहकार्य गर्देछौ सोचनिय कुरा हो ।