तराईवासिको महान पर्व छठको तयारी धुमधामका साथमा अहिले भईरहेको छ । तराईमा सबैभन्दा बढी दर्शालु आउने वीरगंजको घडिअर्वा पोखरीमा निकै धुमधामका साथ मनाउने यसपर्वका लागि सजावटको काम ८० प्रतिशत सम्म भईसकेको छठ पुजा व्यवस्थापन समितिले जनाएको छ ।
यसवर्ष घडीअर्वा पोखरी सजावटका लागि मात्रै १६ लाख रुपैयाँको लागतमा पंडाल तथा झिलिमिलि बतिहरु जडान भईरहेको छ । गतवर्ष १३ लाख खर्च भएको यस पोखरीमा यसवर्ष बढाएर १४ वटा सिसि क्यामरा, पंडाल र बिजुलि बतिको सजावट बढी भएकाले खर्च बढेको छठपुजा व्यवस्थापन समिति घडिअर्वाका अध्यक्ष प्रेम साह कानुले बताए ।
निकै धुमधुमधामका साथ मनाउने वीरगंजको छठले निकै महत्व लिने गर्दछन् वीरगंजको घडिअर्वा पोखरीको सजावटकै लागि रानीसति टेन्ट हाउस मार्फत बंगाल, कोलकता, मोतिहारी र बेतिया लगायतका कारिगरहरुले काम गरिरहेका छन् ।
निकै उत्साहले मनाउने छठपर्व पहिला तराईवासीमा मात्र सीमित थिए तर अहिले राजधानी काठमाडौँको रानि पोखरी, पहाडी क्षेत्र र अन्यत्र ठाउँमा पनि लोकप्रिय हुदै गएको छ । छठपर्वकै लागि नदी, तलाउ, पोखरीहरु सजाउने कार्य अन्तिम क्रममा रहेको छ । प्रतिस्पर्धात्मक रुपमा वीरगंजको घडिअर्वा, मुर्ली, रानीघाट, स्वीमिङपुल, छपकैया, नगवा आदिमा बासँ, पंडाल लगायतका सजावटको काम भईरहेको छ । लाखौँ खर्च गरेर आधुनिक तथा विधुतिय बतिका साथ सजाईएको एउटा छठघाटमा लाखौँ खर्च गरिएको छ ।
वीरगंजको छठपर्वको प्रमुख स्थल घडिअर्वा पोखरी परिसरमा पुजामा यसवर्ष मात्रै २ लाख सम्म श्रद्धालुहरु आउने लक्ष्यका साथ पुजा समितिले पानि, एम्बुलेन्स, दमकल, सिसि टिभि क्यामरा लगायतको व्यवस्थापन मिलाएको छठ पुजा सुरक्षा समितिका संयोजक प्रभाकर गुप्ताले बताए । वीरगंजको यस पोखरिमा मात्रै ५ देखि ७ हजार सम्म ब्रतालुको दउरा आउने गर्दछन् उनिहरुका आफन्त, घर परिवार र छिमेकी भारतका मोतिहारी, बेतिया, दरभंगा लगायत चितवन, मकवानपुर, धनुषा, रौतहट, बारा लगायतका जिल्लाबाट आउने दर्शनार्थिहरुको ध्यानमा राखेर समेत तयारी भईरहेको संयोजक गुप्ताले बताए ।
सन्तान प्राप्ति, निरोगीता, सुख, समृद्धि, सत्य, अहिंसा र चर्मरोग निको हुने जनविश्वास अनुरुप परस्पर आत्मीयता र सदभावको प्रतिकका रुपमा यो पर्व मनाईने गरिन्छ । छठपर्व तराईको कृषि संस्कृतिमा आधारित छ । यसपर्वमा धनी, गरिब, उचँनिचको भेदभावलाई छोडेर सबै वर्ग समुदाय एउटै सांस्कृतिक पुष्ठभुमिमा पुजाअर्चनाका लागि उभिने गर्छन जो समान्य र परस्पर सदभावले उन्मुख हुने प्रेरणात्मक सङकेत हो । छठपर्व तराईसहित नेपालका विभिन्न भागमा धार्मिक विधिपूर्वक मनाइने गरिन्छ । छठपर्वको पहिलो दिन व्रतालु उपासकहरुले नहाए खाए अर्थात नुहाएर खाने विधिपुरा गरी छठपर्वको शुभारम्भ गर्ने गर्दछन् । छठपर्वको दोस्रो दिन खर्ना मनाइन्छ । जस अन्तर्गत ब्रतालुहरुले दिनभरि उपवास बसेर राति चामल, दुध र सख्खर (चिनी) मिसाएको खीर, पुरी कुलदेवता र सूर्य देवतालाई चढाई बिना नुनको खानेकुरा खान्छन् । त्यस्तै यसपर्वको तेस्रो दिन व्रतालुहरुले दिनभरि आ–आफनो घरमा नानाथरीका पकवान बनाएर, केरा, स्याऊ, अदुवा, उखुसहित विभिन्न प्रकारका माटाका भाँडामा राखेर साझँपख नदी तलाउमा गई अस्ताउँदो सूर्यलाई अर्घ दिन्छन् । त्यसदिन रातभरि नदी, तलाऊ तथा पोखरीको डिलमा जाग्रम बसेर त्यसको भोलिपल्ट बिहान पुनः उदाउँदो सूर्यलाई सम्पुर्ण पकवान तथा खाद्ययवस्तुको अर्घ दिदै छठपर्वको समापन गर्ने गरिन्छ ।
छठपर्वकै लागी बाराको कलैयास्थित रामजानकी मन्दिर, सिद्धेश्वर पोखरी, महागढीमाई नगरपालिकाको गढीमाई पोखरी, सिम्रौनगढको इसरा पोखरी, गंजभवानीपुरको रामजानकी पोखरी, आर्दशच्युटाहाका पोखरी, बारागढी गाऊँपालिकाको पिप्रा लगायतका ठाँउमा रहेका पोखरीहरुमा सजावटको कार्य तिब्र रुपले भईरहेको छ । विधिवत रुपमा छठपर्व मंगलबार रसियाव रोटी, बुधबार सझिया घाट र विहिबार उदाउदो सुर्यलाई अर्घ दिदै समापन हुनेछ ।