व्यवस्था परिवर्तन भयो अवस्था परिवर्तन भएन भन्ने भनाइ आम नेपाली जनताहरुको हो । आम नेपाली जनताहरुले देशमा काम चलाउ सरकार छ, जिम्मेवार सरकार छैन भन्ने अनुमति गर्दै आएका छन । देश जबरजस्ती चलिरहेको छ तर लोक कल्याणकारी, विधिको शासन, असल शासन, सुशासन, रामराज्य आदि विशेषण व्यवहारमा पाइदैन । सेना प्रहरी, सरकार, अदालत, जनप्रतिनिधि, कारखाना मजदुर, उपभोक्ता, व्यापारी, उद्योगपति, बुध्दिजीवी, विद्यार्थी, योजनावीद, नीति निर्माता सवै छन तर काम याव छैन्न । परिस्थिति अनुकुल होइन, प्रतिकुल छ । प्राकृतिक वातावरण जोखिमयुक्त छ ।
हावा, पानी, माटो सवै प्रखुषित छ । राजनीति र कूटनीति पनि देश, काल, परिस्थिति, नेपाली हावा, पानी, माटो सुहाउँदो छैन । जताततै अभाव, असन्तुष्टि र अशान्ति छ । सुखशान्ति अमन, चयन कुनै घरपरिवारमा छैन । आम जनताको स्वास्थ्य राम्रो छैन । नेपालीको स्वच्छ मन, स्वस्थ्य शरीर र स्वस्च्छ मन कहिले हुने ? सरकारले दिने आप्रवासनको कुनै कमी छैन । आप्रवासनले पेट भरिदैन, विद्यमान अभावको परिपूर्ती हुदैन भन्ने कुरा पनि जनतालाई थाहा छ ।
सार्वभौम नेपाली जनता भन्नका लागि भनिन्छ । तर स्वतन्त्र र सक्षम छैन्न । किसानले खेतमा भएको लगानीको प्रतिफल पाउन सकेको छैन । कृषि प्रधान देश नेपाल खाद्यान्नमा आत्म निर्भर छैन । खाद्यान्नमा परनिर्भता हुदाँ वर्षको १८ खर्व भन्दा बढीको खाद्य सामग्री विदेशवाट आयात हुदै आएको छ । देशमा विद्यमान समस्या र समाधानका वारेमा लेख्ने पनि, जति वोले पनि अवस्था सुध्रिने वाला देखिदैन ।
देश यथास्थितिमै चलि रहेको छ । यथास्थितिमा परिवर्तन वर्तमान शासक, प्रशासक, जनप्रतिनीधि, राजनीति संरक्षण वाट हुन सक्ने कुनै लक्षण छैन । तत्काल नयाँ व्यवस्था कायम गरेर अवस्था सुधार्न सकिने संभावना पनि छैन । देशमा भ्रष्टाचार, घुसखोरी अभाव ब्याप्त छ । अनैतिक गरेर धन कमाउने अवसर पाएका केही घर परिवार पुख्यौली सम्पति भएकाहरुले विहान वेलुकीको छाक सुखशान्तिसंग टारे पनि बाकीँ रहेका वहसंख्यक जनताको दैनिक जीवन निकै कष्टकर छ । तर सुख पाउने आशा र संभावना वोकेर वाँची रहेका छन ।
नेपालीहरुको प्यारो देश नेपाल राजनीतिक संकट, कुटनीतिक संकट, आर्थिक संकट, प्राकृतिक संकट वीच जोखिम नै जोखिम मोलेर वााँची रहेको छ । यसरी नै निरन्तर चली रहन्छ, देशको मुहार फेरिदैन, फेर्न सकिदैन भन्ने सन्देश चलिरहेको छ । मुद्दी भरका थोरै जनताको सुख शान्ति, भरिपूर्णता मात्र देशको शासन व्यवस्था होइन । न्यूनतम सवैका लागि ,सधैका लागि, आधारभुत आवश्यकता परिपूर्ति गर्न व्यवस्था र सरकारको कर्तव्य हो तर त्यसका लाििग आवश्यक पर्ने राजनीतिक नेतृत्व देखिएन ।
प्रधानमन्त्रीका लागि प्रधान मैत्री, राष्ट्रपतिका ठाँउमा राष्ट्रपपति हुनु मात्र शासन व्यवस्था र सरकार होइन । देश र जनताको अवस्था जहिको तही रहनु, झन खस्कदै जानुले देशमा सरकार, शासन व्यवस्था छ भन्नु अस्वभाविक हुन्छ ।देशको शासन व्यवस्था नेताहरुले कल्पना गरेको जस्तो सकारात्मक हुनु पर्दछ ।खोक्रो आश्वासन, झुठो भाषण दिएर देशको शासन व्यवस्था चलाइ रहनु वेइमानी असक्षमता र सामर्थहीन हो । समय आउछ, पखदैन, नेपालमा सकारात्मक परिवर्तनका लागि सघंर्ष, जनयुध्द, जनविद्रोह, जनक्रान्ति, जनान्दोलन धेरै पटक भयो तर उपलब्धि विहिन वन्यो । भौतिक विकास केही भए पनि मानवीय विकाुस झन झन नाजुक वन्दै गइ रहेको छ । कालन्तरमा यसको परिणाम अवश्य राम्रो वन्न सकिदैन । लोक कल्याणकारी राज्य स्थापनाका लागि क्रान्ति अनिर्वाय छ ।
अहिले देखिएको शान्ति श्मशाान घाटको शान्ति जस्तो हो । परिवर्तन मुखी र परिणाम मुखी शान्ति होइन । हामीले सम्पुर्ण क्षेत्रमा क्रान्ति नगरी सम्पूर्ण क्षेत्रमा क्रान्ति समाजवादी क्रान्ति सफल हुन सक्दैन । दलाल पूर्जीवादी व्यवस्था हिजोकै सामन्ती, जमिनद्धारी व्यवस्थाको नयाँ रुप हो ।
हिजोको शोषण र विभेदको रुप बदलिएको छ, त्यसले सिंगो देशको सम्पूर्ण उत्पीडित जनताहरुलाई दुखको शासन व्यवस्थामा समाउनु पर्ने वाध्यता कायम गरेको छ । जनताको क्रयशक्ति बढाउन देशलाई आत्मनिर्भर वनाउने, काम गरेर, उत्पादन गरेर बाँच्न पाउने वातावरण नै सुशासन हो । ठगेर खाने, शोषण गरेर खाने, मागेर खाने, अनैतिक गरेर खाने, घुसखोरी र भ्रष्टाचार गरेर खाने, उचित श्रमको, उचित ज्यालामा नबाँच्ने अवस्थाले असल व्यवस्था कायम गर्न सक्दैन । अहिले हामीले भोगी रहेको राजनीति व्यवस्था, व्यवस्थाका लागि व्यवस्था मात्र होइन ।
देश र जनताको अवस्था सुधार्न सक्ने प्यवस्था होइन । वर्तमान व्यवस्थाले लथालिंग देशको भताभुङ्ग चाला,कायम गरेको छ । जनप्रतिनिधि छनोट गर्ने चुनावमा मासुभात, रक्सि च्यूरा टन्न खाएर रमाएर भोट दिने, जानिजानि भ्रष्टाचारीलाई रोज्ने चुनावी व्यवस्थाले देशको अराजकता र अशान्तिपूर्ण वातावरणमा कुनै सुधार ल्याउने र जनताको नाजुक अवस्थामा सुधार ल्याउन सक्दैन ।
यस्तो अवस्था र व्यवस्था शासन सत्ताको दमनबाट केही बेर चल्न सक्दछ । तर राजनीति स्थायित्वको अभावमा देशले दुर्घना व्यहोन पर्दछ । सधै आँशु बगाएर, आँशु पिएर बाँच्नु पर्ने नेपालीहरुको दूई दिनको जिन्दगीमा सुधार ल्याउने एकमात्र उपाय सरकारात्मक जनक्रान्ति मात्र हो । होइन भने वर्ष दिनको एक दिन असार १५ मा दहिच्यूरा खान नसक्नेको संख्या अवश्य वढ्दै जाने छ ।