जसपा नेपालको कार्याकारणी सदस्यको बैठक वीरगंजमा अहिलेसम्म चलिरहेको छ । भने, काठमाडौँमा बाबुराम भट्टराई पक्षको बैठक काठमाडौमा गरेको छ । वीरगंजको पुजन होटलमा सुरु भएको बैठकमा २० जना उपस्थित हुने भनिएपनि हालसम्म १८ जना उपस्थित रहेका छन् । जसपा फुटको संघारमा रहेको बेला बाबुराम भट्टराई समुहले काठमाडौँमा र उपेन्द्र यादव समुहले वीरगंजमा बैठक गरिरहेका छन् ।
बैठकले चुनावमा पार्टी विपरित गतिविधि गरेका, पार्टीमा रहेर अन्यत्रको चुनाव चिन्ह लिएर उठेका र बाबुराम भट्टराईका विषयमा छलफल भएको केन्द्रिय कार्यकारणी सदस्य प्रकाश अधिकारीले जनाकारी गराए ।
बुधबार भोलि २९ गते जसपाको केन्द्रिय समितिको बैठक अगाडी पार्टीमा उठेको विषयवस्तुलाई समाधान गर्नका लागी बैठक बोलाइएको अध्यक्ष उपेन्द्र यादवले बताए । जसपाकै दुई समुहको बैठक बस्दैछ त्यो किन भन्ने सञ्चारकर्मीहरुको प्रश्नमा अध्यक्ष उपेन्द्र यादवले भने उक्ता ३/४ जनाको मात्रै बैठक भएको र सबैजना हाम्रै पक्षमा रहेको दाबी गरेका थिए । भोलिको बैठकमा वहाँहरु समेत हाम्रैमा आउने उनको दाबी थियो ।
वीरगंजको बैठकमा अध्यक्ष उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, सुशिला श्रेष्ठ, रामसहाय यादव, लालाबाबु राउत गद्दी, मनिष सुमन, पशुराम बस्नेत, विजय यादव, मेघेन्द्र सिंह यादव, रकम चेमजोङ, रनधोज कनधज्वा, युवराज कार्की, गजेन्द्र यादव, प्रकाश अधिकारी, शिवलाल थापाको उपस्थिति रहेको छ ।