जनता समाजवादी पार्टीको केन्द्रिय समितिको बैठक वीरगंजमा समपन्न भएको छ ।
समितिको उदघाटन गर्दै अध्यक्ष उपेन्द्र यादवले बाबुराम भट्टराई पहिल्यैदेखि निति नियम विपरित हस्ताक्षर गराउने खालको स्वभाव रहेको बताएका थिए । माओवादीमा हुदाँ पनि उनि प्रचण्ड विरुद्ध हस्ताक्षर गराउन लाग्दा निकालिएका थिए भने अहिले पनि पार्टीमा बस्दा सबैकुरा मान्ने तर पार्टी विपरित गतिविधि गरिरहने अध्यक्ष यादवको भनाई थियो ।
जातिवाद र क्षेत्रिय वादको समस्या उठाउन नचाहने प्रवृतिको भएकाले उनि अहिले पार्टीबाटै निस्केका छन् । पुर्व प्रधानमन्त्री समेत रहेका डा. भट्टराईको मानसिक स्थित विग्रेकाले दलको समानान्तर बैठक गराउने र आधिकारी बैठक हो भन्दै मिडियामा बोल्ने गरेको अध्यक्ष यादवको टिपप्णी थियो ।
३४ जना मध्ये २० जना उपस्थित केन्द्रिय कार्यकारणी सदस्य सहित लगभग २ सय ४० भन्दा बढी केन्द्रिय सदस्यको उपस्थितिमा केन्द्रिय समितिको उदघाटन सत्र समपन्न भएको हो ।

उदघाटन सत्रमा बोल्दै संघीय सरकारका कृषि तथा पशुपंक्षी विकास मन्त्री मृगेन्द्र सिंह यादवले साउनको पहिलो हप्ता रासायनिक मल नेपाल आइपुग्ने बताएका थिए । ओमानबाट तत्कालका लागि ३० हजार मेट्रिक टन युरिया मल आईरहेकाले केही दिनमा भारतको कोलकाता बन्दरगाहमा आईपुग्ने रसाउन पहिलो हप्ता वीरगंज आईपुगेर देशभर वितरण हुने बताएका थिए । साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेडले खरिद गरेको थप २० हजार मेट्रिक टन युरिया मल पनि छिट्टै आइ पुग्ने भएकाले मलको समस्या यसवर्ष टर्ने बताएका थिए ।
दुई गुट हुदैँ विभाजनको संघारमा पुगेको जसपा अलग्गै अलग्गै बैठकबाट छताछुल्ला भएको थियो । उदघाटन सत्रमा वन तथा वातावरण मन्त्री प्रदिप यादव, भौतिक पुर्वधार मन्त्रि इस्तयाक राई, मुख्यमन्त्री लालबाबु राउत गद्दी, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह, केन्द्रिय कार्यकारणी सदस्यहरु अध्यक्ष उपेन्द्र यादव, अशोक राई, राजेन्द्र श्रेष्ठ, सुशिला श्रेष्ठ, रामसहाय यादव, लालाबाबु राउत गद्दी, मनिष सुमन, पशुराम बस्नेत, विजय यादव, मेघेन्द्र सिंह यादव, रकम चेमजोङ, रनधोज कनधज्वा, युवराज कार्की, गजेन्द्र यादव, प्रकाश अधिकारी, शिवलाल थापा, इस्तयाक राई, रामनरेश राय यादव, नवलकिशोर साह, गोविन्द चौधरीको उपस्थिति रहेको थियो ।