वीरगंज । वीरगंजस्थित नारायणी अस्पताल हाताभित्र अबैध तरिकाले संचालित साझा औषधी पसल हटाउनुको सट्टा अस्पतालकै मिलेमतोमा उल्टै पक्षपोषण हुँदै आएको छ । स्वास्थ्य नियमवाली अनुसार अस्पताल हाताभित्र कुनै पनि निजी वा साझेदारी औषधी पसल खोल्न नपाईने प्रावधान रहेपनि अबैधानिक तरिकाले संचालित साझा फार्मेसी हटाईनुको सट्टा नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट बिरेन्द्र प्रधान लगायतका कर्मचारीहरुले आर्थिक बार्गिनिङ्गमा उल्टै पक्षपोषण गरेका छन् ।
श्री ५ सरकारको पालामा २०५२ सालमा भएको सम्झौता विपरित एक सुकी रुपैयाँ समेत नतिरि विगत २६ वर्षदेखी अबैध तरिकाले साझा फार्मेसि संचालन हुँदै पनि फार्मेसी बन्द गर्नुको सट्टा विभिन्न जाझेल देखाउँदै साझा फार्मेसी र अस्पतालका मेसुसहितका कर्मचारीले कमाई खाने भाडो बनाएका छन् ।
नेपाल सरकारको स्वास्थ्य मन्त्रालयको नियम अनुसार अस्पताल हाताभित्र रहेका सबै औषधी पसल हटाईएको छ । साथै देशभरीका सरकारी अस्पताल भित्र रहेका साझा फार्मेसी अहिले हटाईने क्रम जारी रहेको छ । अस्पतालको हाता भित्र अबैधानिक तरिकाले संचालित साझा फार्मेसीले बर्षाैदेखी एक सुकी रुपैया पनि नतिरि संचालन गर्दै आए पनि अस्पतालका मेसु प्रधानसहितका कर्मचारीहरु साझा फार्मेसी संचालन गर्न पक्षपोषण गरि माल कमाउ धन्धा बनाएका छन् ।
दिनहु लाखौंको बिक्रि गर्ने साझाले सम्झौता अनुसार बिक्रिको दुई प्रतिशत अस्पताललाई दिनुपर्नेमा आजसम्म एक रुपैयाँसमेत तिरेको छैन् । यति मात्रै नभई सम्झौता अनुसारको ३ सय १५ महिनासम्मको भाडाबापतको रुपैया समेत नतिरि नियम कानुनलाई लत्याउँदै कर्मचारीको मिलेमतोमा साझा फार्मेसी संचालन मै रहेको छ । एल्टै साझाले नै नारायणी अस्पताललाई ५७ लाखको ऋण देखाएको अस्पतालका मेसु प्रधान बताउँछन्, तर त्यसको बारेमा अस्पतालसंग कुनै कागजात नै छैन् । यसरी साझाको मिलेमतोमा अस्पतालका मेसु बिरेन्द्र प्रधानले छानबिन गरि हटाउनु पर्नेमा संरक्षण गर्दा फार्मेसी अबैध तरिकाले सचालनमै छ । तर मेसु प्रधानले भने श्रावणदेखी अनुभव गरेर केही कमद चाल्ने बताउँछन् ।
साझा औषधी पसल वीरगंजका प्रमुख बरुण कुमार सिंहले त अस्पताल रहुन्जेलसम्म आफूहरुले रहन पाउँने भन्दै आएका छन् तर सम्झौतापत्र मांग गर्दा दिन मानेका छैनन् । अस्पतालसंग पनि यसको सम्झौतापत्र समेत रहेको छैन् । यसरी गोलमटोल जवाफ फर्काउँदै साझा फार्मेसी र अस्पतालका कर्मचारीको आर्थिक मिलेमतोमा बर्षाैदेखी उक्त फार्मेसी संचालन हुँदै आएको छ ।
आफू पत्रकार र साझा फार्मेसीको दलाल रहेको बताउँदै एक जनाले प्रभात सिंह नाम बताउँदै जति समाचार लेखेपनि साझालाई केही फरक नपर्ने बताएका छन् । अबैध तरिकाले संचालित साझा फार्मेसी बारे जति सामाचार लेखे पनि केही फरक नपर्ने प्रभात सिंहले दिएको अभिव्यक्तिले समेत मेसु प्रधानको आर्थिक सेट्टिङ्ग रहेको खुलेको छ ।
उपचारको लागि मधेश प्रदेशको परपर्दाे मानिएको नारायणी अस्पतालका केही कर्मचारीहरुले त साझा फार्मेसीसंग बुझ्ने गरेको आयव्यय समेत राखेका छैन्न। अस्पताल एरियामा सबैभन्दा बढि चल्ने साझा औषधी पसलले भारतबाट पनि अबैध तरिकाले राजश्व छली औषधीको आयात गरि बिक्रि वितरण गर्ने गरेको दाबी गरिएको छ ।