जनता समाजवादी पार्टी नेपालको केन्द्रिय समितिको बैठकले डा. बाबुराम भट्टराईलाई कार्वाही गर्ने निर्णय गरेको छ ।
वीरगंजमा दुईदिनदेखी जारी केन्द्रिय समतिको बैठकको निर्णय सुनाउँदै केन्द्रिय अध्यक्ष उपेन्द्र यादवले डा. बाबुराम भट्टराई सहित ९ जनालाई पदमुक्त गर्दै सम्पुर्ण जिम्मेवारीबाट हटाइएको जानकारी गराएको छ । पार्टीको निती र विधान विपरित गुट उपगुटको भेला गर्ने बैठक बोलाउने गरेकाले पदमुक्त गर्दै डा. बाबुराम भट्टराईको ठाउँमा असोक राईलाई जिम्मेवारी दिइएको अध्यक्ष यादवले बताए ।
पार्टी विभाजन गर्ने गरी गुटको बैठक बोलाएर पार्टी अनुशासनका विपरित काम भएकाले डा. बाबुराम सहित हिसिला यामी, महेन्द्रराय यादव, भक्तवहादुर साह लगायत ९ जना प्रमुख भुमिका खेल्नेहरुलाई पदमुक्तिसंगै सम्पुर्ण जिम्मेवारीबाट हटाइएको छ ।
बजेट फुट्ने टुटने विषयमा अध्यक्ष यादवले आउने जाने क्रम चलिरहन्छ हामी बलियो भएर अगाडी बढ्ने प्रतिक्रिया दिएका थिए ।
अध्यक्ष यादवले आउँदै गरेको प्रदेश र संसदिय चुनावमा गठबन्धनबाटै चुनाव लड्ने प्रतिक्रिया दिएका छन् । जारी रहेको यहि गठबन्धन र आवश्यक्ता अनुसार अरु दलसंगपनि गठबन्धन गरेर चुनाव लड्न सक्ने उनको भनाई थियो ।
नागरिकता विधेयक चुनाव अगाडी पारित हुन्छ : यादव
फरक प्रशंगमा अध्यक्ष यादवले चुनाव अगाडी नागरिकता विधायक पारित हुने गरी संसदमा दर्ता भएको प्रतिक्रिया दिएका छन् । नयाँ विधेयकमा खासगरि नेपाली नागरिकका सन्तानले वंशजका नागरिकता पाउने छ भन्ने हिसाबले मेन संसदबाट पारित गर्ने गरि गठबन्धनमा सहमति भएको अध्यक्ष यदावको भनाई थियो ।
वीरगंजको भिष्वा होटलमा आयोजित पत्रकार सम्मेलनमा अशोक राई, वन मन्त्री अशोक राई, वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंह लगायतको उपस्थिति रहेको थियो ।