चाड पर्व भन्नासाथ सुखद, आनन्द एवं हर्षोल्लासमय वातावरणको सम्झना हुन्छ । नेपालमात्र होइन विश्वभरि नै जुनसुकै धर्ममा विश्वास राख्ने समुदायको भए पनि आफनो आस्था व्यक्त गर्न, खुसी रहन, आनन्द लिन, रमाइलो गर्न, आपसि प्रेम र एक आपसमा सदभाव बृद्धि गर्न तथा आफनो धर्म संस्कृतिलाई जिवन्त राखी राख्न आ–आफना चाडपर्वहरु मनाउने गरिन्छ ।
हरेक चाडपर्वले नयाँ र पुराना पुस्ता बिचको सम्बन्धलाई आत्मिय र बलियो बनाउँदै एकअर्कामा माया र सम्मान गर्ने, आफसी सदभाव र एकतालाई वलियो पार्ने, कमजोर र असहायलाई संरक्षण गर्ने तथा निराश मनलाइ उर्जा दिने काम गरिरहको विश्वास गरिन्छ । त्यति मात्र होइन । चाडपर्वले सदियौंदेखि चलि आएको सनातन धर्म संस्कृतिलाइ कुनै न कुनै स्वरुपमा संरक्षण समेत गरिरहेका छन् । यस अर्थमा चाडपर्वहरु आपसी भाइचारा, एकता, सदभाव बृद्धि गर्दै एक अर्काको संस्कृतिको सम्मान गर्ने अवसर समेत हो । तर पछिल्लो समयमा देखिएको आधुनिकताको रापले हरेक चाडपर्वको मौलिकतालाई पगाल्दै जान थालेको आभाष भएको छ । जुन पीडादायी हो ।
समग्र विश्व आधुनिकता तर्फ लम्कदै छ । अहिले वैज्ञानिक आविश्कारका कारण समग्र विश्व नै एक गाउँ जस्तै भइसकेको छ । अन्य क्षेत्रमा जस्तै चाडपर्वमा पनि आधुनिकताले सहजै आक्रमण गरेको अनुभुति जो कोहीले गरिरहेको अवस्था छ । सदियौदेखि हामीले मान्दै आएका हरेक चाडपर्वका आ–आफना किसिमका मौलिक संस्कृति, परम्परा र विशेषता छन् । पछिल्लो समयमा भएको संस्कृति र मौलिकतालाई पर सारेर प्रत्येक जसो चाडपर्वमा वैभव प्रर्दशन हुन थालेको जो कोहीले अनुभुति गरिरहेका छन् । आफनो संस्कृति र मौलिकता प्रर्दशन गर्नुको सट्टा महँगो गरगहना र भड्किलो पोशाक प्रर्दशन गर्ने, अनावश्यक भोजभतेर र नाचगान गर्ने मादक पदार्थ सेवन गर्ने इत्यादि गरी फजुल खर्च गर्ने क्रम बढदो छ । हामीले मान्ने चाडपर्वमा यसरी नै आधुनिकता भित्रिइरहेने हो भने भविश्यमा चाड पर्व खुसी आत्मियता सदभाव सम्मान र प्रेम अभिबृद्धिका लागी नभइ बैभवता देखाउने माध्यमका रुपमा परिणत हुने पक्कापक्की छ । त्यसैले हामिले हाम्रो मौलिक संस्कृति र परम्परालाई जोगाइरहन सचेत हुन पर्ने वेला आइसकेको छ ।
पर्वको मौलिकतामा प्रहार हुँदैछ । अन्त्यमा, हामीले हाम्रा चाडपर्वहरुको मौलिकता र मर्मलाई केन्द्र भागमा राखेर धुमधामसँग चाड पर्व मनाऔं ।
हामीले मनाउने चाडपर्व र तिनमा प्रयोग हुने पुजा समाग्री र प्रसाद तथा खानपान सांस्कृतिक रुपमा मात्र होइन । बैज्ञानिक रुपमा पनि लाभदायी छन् । तर पछिल्लो समयमा आफ्नै किसिमका मर्म र विशेषता वोकेका तिज, दशै, दिपावली, छठ र होली जनै पुर्निमा, माघे सक्रान्ती जस्ता चाडपर्वहरु मनाउने तरिका र खानपान एवं प्रयोग हुने पुजा सामाग्री समेतमा देखिएको भिन्नताले पर्वहरुको वास्तविक मर्म अर्थात ओर्जीनालिटी बदलिएर पर्वहरु सामाजिक सास्कृतिक र बैज्ञानिक रुपमा नै हानीकारक सावित हुने सम्भावना बढेर गएको छ । भर्खरमात्र छठ पर्व सम्पन्न भएको छ । तराई मधेश त्यसमा पनि विशेषगरी मिथला र भोजपुरी भाषीहरुले अत्यन्त श्रदा र भक्तिपूर्वक शुद्धतालाई केन्द्र भागमामा राखेर मनाइने यो पर्व अहिले तराइ मधेशमा मात्र होइन सम्पुर्ण देशै भर मनाइन थालेको छ । यसबाट यसको महत्व थपिदै गएको प्रष्ट हुन्छ ।
विशेषगरी महिलाको नेतृत्वमा पति एवं परिवारको हितका लागी प्रकृति एवं सुर्यको पुजा गरिने यो पर्वका पुजा सामाग्री पनि कृषि उत्पादनै हुने गरेको थियो र अझै पनि केहि हदसम्म छदैंछ । आज यो पर्व हामी कहाँ मात्र होइन युरोप अष्ट्रेलियामा बस्ने मैथली र भोजपुरी भाषीहरुले पनि मनाइरहेको समाचार हामीले सुन्न र देख्न पाएका छौ । हाम्रो धर्म र संस्कृति विश्वभर फैलिदो छ । यस मानेमा हामी खुशी हुनपर्छ तर के यसको मौलिकता कायम रहन्छ वा रहदैन भन्नेमा चनाखो र चिन्तित हुनै पर्दछ । छठ पुजाको विधि र पुजा सामाग्री ठुलो बदलाव भइनसकेको भएपनि यसलाइ पुजाको तौरतरिका र प्रसाद बनाउने वा जुटाउने तरिकामा आधुनिकता पसिसकेको छ । चोखो, सफा र शुद्धता लाइ केन्द्र भागमा राखिने छठ पुजामा छठघाट र जलाशय सफा राख्दै पुजा सहज बनाउने उदेश्ले छठ घाटमा टेन्टहरु लगाउनु आवश्यकनै हो ।
छठ मनोरन्जनको नभइ उपासनाको पर्व हो । तर पछिल्लो समयमा छठघाट सिंगार्ने नाममा हुने प्रतिष्पर्धा एवं पुजामा सहभागी र छठ घाटमा जानेहरुले प्रयोग गर्ने गरगहना, फेसन र साजसज्जा एवं छठघाट वरिपरि हुने गतिविधि र वातावरण इत्यादिले गर्दा निष्ठा र आस्थाको यो पर्व पनि रमाइलो मोजमस्ती र आनन्दको पर्वहरुको रुपमा परिणत हुदै जान थालेको देखिन्छ । यसरी अगाडी बढिरहने हो भने छठको मौलिकता पनि हराएर जानेछ ।
विवाह भएर लोग्नेको घरमा गएकी छोरी चेलीलाइ थोरै समय भए पनि सासु ससुरा लोग्ने समेतको बुहार्तनबाट मुक्त गराई उनिहरुले स्वच्छन्द किसिमले एक आपसमामा आफुले भोगेका पीडा कष्टरु साटन सकुन, मिठो मसिनो खुवाउन केही मनोरन्जन गरेका पीडा कम गर्न सकुन भन्ने उद्देश्यले चेलीलाई दर खुवाउने परम्पराको शुरुवात भएको हो । तर आज दर खाने दिनभन्दा १ महिना अगावैदेखि तारे होटल र पार्टी प्यालेस बुक गर्ने, गरहगना र भडकिलो पोशाक प्रर्दशन गर्ने तिजको मर्ममा नै प्रहार हुने गरी अग्रेजी र हिन्दी गितमा उताउलो नाच प्रर्दशन गर्ने क्रमको शुरुवात भएको छ ।
चाडपर्वको मौलिकता कामय राख्नुपर्छ भन्नेहरुका लागी यो अर्को चुनौती हो । यति मात्र होइन असत्य माथी सत्यको जित भएको खुशियालीमा मनाइने पौराणिक एवं साँस्कृतिक पर्व होलीमा समाजमा बस्दा एक आपसमा भएका तिक्ततालाई बिर्षेर एकता कायम गर्दै सदभाव बृद्धि गर्ने पर्वको रुपमा रहेको होलीमा पनि विकृति बढदै गएको छ । होलिको नाममा मादक पदार्थ सेवन गर्ने, जताततै लोला हान्ने, अण्डा हान्ने, कालोमोसो दल्ने ,केटाकेटीहरुले उच्छृंखल गतिविधि गर्ने गरेकाले होलिको मर्ममै प्रहार भइरहेको छ । यि मात्र होइन दशै तिहार जनैपुर्णिमा माघेशक्रान्ति जस्ता चाडपर्वहरु पनि आधुनिकताको शिकार बन्दै छन् । परिणामतः यि पर्वको मौलिकतामा प्रहार हुँदैछ । अन्त्यमा, हामीले हाम्रा चाडपर्वहरुको मौलिकता र मर्मलाई केन्द्र भागमा राखेर धुमधामसँग चाड पर्व मनाऔं ।
हाम्रो सनातन धर्म संस्कृतिलाई जिवन्त रुपमा आगमी पुस्तालाई हस्तान्तरण गरौ जसले गर्दा हाम्रा पर्वहरु अक्षुण रहिरहुन् ।