वीरगंज । देशमा मंहगी बढेको छ । पेट्रोलियम पद्धार्थको मुल्य पनि आकासिएको छ । विधार्थीका कार्डले बसमा छुट दिने बन्द भएको छ । लिखितमा पास भएका विधार्थीलाई मौखिक परिक्षामा घुस नदिए पास गराईदैनन् । तैपनि विधार्थी संघसंगठनहरु चुप छन् ।
भर्नाको बेला निजी क्यामपसका सिट फुल नभईन्जेल विभिन्न बाहाना गर्दै तालाबन्दी गर्ने संघसंगठनहरु बिधार्थीको मुल समस्यामा चासो दिदैनन् । वीरगंजस्थित ठाकुर राम बहुमुखी क्यामपसको महिला तथा पुरुष छात्रावास बस्न लायकका छैनन् । बर्षातमा पानी चुहिने र जाडोयाममा सित खस्ने समस्या अहिलेका मात्रै हैनन् । न त बि.बि.ए. भवन बन्न नसकेको अहिलेको समस्या हो । बर्षाैदेखी लथालिङ्ग ठाकुरराम क्यापसको समस्याप्रति सब जानकार छन् । तर यी समस्याहरुको सामाधान कस्ले गरिदिने हो ?
केही वर्ष अगाडी मात्रै बिधार्थीको कार्डले ५० प्रतिशत सहुलियत दिने बस व्यवसायिहरु अहिले सहुलियत दिन बन्द गरेका छन् । पहिला पनि मुल्य बृद्धि भएकै हो । त्यो बेला पनि सहुलियत दिईरहेकै थियो तर अहिले ती सबै सुविधा बस व्यवसायि संघले बन्द गरिसकेपनि बिधार्थीको हकहितमा आवाज उठाउने विधार्थी संगठनहरु कहिल्यै चासो देखाएनन् ।
ठाकुरराम बहुमुखी क्याम्पसमा अध्ययनरत स्नातक तह दोश्रो वर्षको परीक्षा केन्द्र सोही क्याम्पसमा नदिएको भन्दै विद्यार्थीहरुले तोडफोड र आगजनी गरेका छन् । सामाजिक सञ्जाल मार्फत कसैले समर्थन गरेका छन् भने कसैले बिरोध जनाएका छन् । तर बिधार्थीहरुको हकहितको लागि लड्ने विभिन्न संगठनहरुको कहि कतै समर्थन देखिएन् । एकदमै चुप छन् ।
अबदेखी विभिन्न समस्याको समाधानको लागि पहल गर्ने
जनता समाजवादी पार्टी निकट समाजवादी बिधार्थी युनियन ठाकुरराम एकाई कमिटिका अध्यक्ष हरिन्द्र शाहले सेन्टर सारिएको विषयमा आफुहरु जानकार रहेको बताए । बिधार्थीहरुले गरेको बिरोेधमा उपस्थिति नरहेपनि हाम्रो पनि विरोध रहेको प्रतिक्रिया दिए ।
बढ्दो महंगीको विषयमा हाम्रो संंगठनले बिरोध गरेको दाबी गरे तर सडकमा भने उनि लगायतका संगठन कहिपनि देखिएका छैन् । पेट्रोलियम पद्धार्थको मुल्य बृद्धि विश्वव्यापी समस्या रहेको तर्क गरे । तर लामो समयदेखी ठाकुराम क्यामपसको बि.बि.ए भवनको समस्या, छात्रावास, भाडामा सहुलियत लगायतका बारे कुनै संगठनले पनि आवाज नउठाएको प्रश्नमा कोरोना महामारीको जोखिमको कारणले विगतमा आवाज उठाउन नसकेको भन्दै अबदेखी विभिन्न समस्याको समाधानको लागि पहल गर्ने बताए ।
निजी क्यामपसहरुसंगको सेटिङ्गमा ठाकुरराम क्यामपसलाई बदनाम गराईदै
यस्ते, नेपली कांग्रेस निकट नेपाल बिधार्थी संघका ठाकुर राम क्यामपस एकाई अध्यक्ष मनोज शाहले बिधार्थीहरुले गरेको तोडफोड र आगजनी गलत भएकै बताए । परिक्षा सेन्टर अन्यत्र सारि क्यामपसका बिधार्थीलाई एक त आर्थिक भार दिई आन्दोलन गर्न बाध्य बनाई निजी क्यामपसहरुसंगको सेटिङ्गमा ठाकुरराम क्यामपसलाई बदनाम गराउने षडयन्त्र रहेको अरोप त लगाए तर अध्यक्षको नाताले गर्नुपर्ने कर्तव्य भने उनले गरेका छैनन् । अध्यक्ष शाहले बिधार्थीहरुको मांग जायज भएको बताउँदै हाम्रो संगठनको समर्थन रहेको बताउँछ तर बिरोध प्रदर्शनमा भने सहभागि नभएको स्वीकार्छन् ।
प्रदर्शन जायज भए पनि बिरोध गर्ने शैली भने ठिक भएन
यस्तै, नेकपा माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीका जिल्ला उपाध्यक्ष संदिप बिक्रम साहले प्रदर्शन जायज भए पनि बिरोध गर्ने शैली भने ठिक नभएको बताए । उनले क्यामपस प्रशासन र परिक्षा बोर्डलाई दोषी देखाउँदै बिधार्थीहरुको बिरोध प्रदर्शन जायज रहेको बताए पनि उनीहरुको हकहितको लागि भने न उनले आवाज उठाएको देखियो न त संगठनले नै । ठाकुराम क्यामपसको अन्य समस्याको बारेमा भने आफूले विगतदेखी विभिन्न बिज्ञप्ती तथा प्रदर्शनमार्फत आवाज उठाउँदै आएको दाबी गरेपनि लोमो समयदेखी बन्न नसकेको बि.बि.ए.भवन, महिला पुरुष छात्रावास लगायतका विषयमा भने कहिल्यै बोलेका छ्रैनन् ।
प्रहरीको बलमा आन्दोलनलाई दबाउन खोज्दा आगजनी भयो
यस्तै, नेकपा एमाले निकट अखिल नेपाल राष्ट्र स्वतन्त्र विधार्थी युनियन (अनेरास्वीयु) पर्साका अध्यक्ष रेयाज अंसारीले पनि बिधार्थीहरुको प्रदर्शन जायज भएको बताए । क्यामपस प्रशासनले प्रहरीको बल प्रयोग गरि आन्दोलनलाई दबाउन खोज्दा प्रदर्शमा सहभागि बिधार्थीहरु आक्रोसित भई तोडफोड र आगजनी गरेको बताए । बिधार्थीहरुले गरेको बिरोध प्रदर्शनमा आफ्नो समर्थन रहेको बताए पनि उनको पनि सहभागिता देखिएको छैन् । उनले पनि ठाकुराम क्यामपसका बिधार्थीहरुको हक हितको लागि आवाज उठाउँदै आएको दाबी गरे पनि बिधार्थीहरुको बस भाडामा छुट, बि.बि.ए भवन निर्माण जस्ता समस्यामा आवाज उठाएको देखिदैन् ।
अब निजी कलेजका समेत सेन्टर ठाकुरराममा नहुने
ठाकुरराम बहुमुखी क्यामपसका प्रमुख डा. उमेश चौरसियाले परीक्षा बोर्डले परीक्षा सेन्टर तोकेपछि हामीले केही गर्न नमिल्ने बताए । ठाकुरराम क्यामपसमा बढि नक्कल हुन्छ भनेर निजी विद्यायलयको सेन्टर यस क्याम्पसमा राख्ने भनेर हल्ला चलेपछि अब निजी कलेजका समेत सेन्टर ठाकुरराममा नहुने डा. चौरसियाले प्रतिक्रिया दिए ।
बिरोध प्रदर्शनमा चार जना बिधार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । अहिले भने छुटिसकेका छन् ।