प्रारम्भिक बाल्य अवस्था भनेको मानव जीवनको सबैभन्दा महत्वपूर्ण अवस्था हो । अझ भन्ने हो भने, गर्भावस्थादेखि नै शिशुले आफ्नो वंशाणुगत गुणहरुसगै आफ्नो क्षमता र मांसपेशीको विकाश एकै साथै गरिरहेका हुन्छन् ।
जब बच्चा यस धर्तिमा पैदा हुन्छन् उसै वेलादेखि उसले गर्ने क्रियाकलाप र गतिविधि उसको पालनपोषण गर्ने तौरतरिका आफूलाई ढाल्दै गरेको हुन्छ ।
प्रत्येक घरमा बालबालिकाहरुलाई सिकाइने, बोलाइने र गराइने सबै किसिमका व्यवहार अथवा प्रयोग भने कै बालबालिकाहरु माथिको पहिलो शिक्षा हो । मानव सभ्यताको विकाशक्रमसँगै मानविय सोच अनि मुल्य मान्यताको विकाश अनि निमार्णमा पारिवारिक वातावरण र अभिभावकत्वमा पालनपोषणको महत्वपुर्ण भुमिका रहेको हुन्छ । बालबालिकाहरु जस्तो वातावरणमा हुर्किन्छन् । त्यस्तो समाजमा रहन्छन्, उनिहरुको मानशिकता त्यस्तै किसिमको विकाश हुँदै गरेको हुन्छ ।
बालबालिकाको शारिरक, मानशिक, संवेगात्मक, सामाजिक तथा भाषिक विकाश तर्फ अग्रसर हुन्छन् । जसको फलस्वरुप बालबालिका त्यस्तै बन्छन् । जस्तो उनिहरुले संस्कार पाएका हुन्छन् अर्काे कुरा बोलिचाली भाषाको प्रयोग पनि बालबालिकाहरुले प्रायः त्यस्तै हुँदै जान्छ । शब्द छनौट कस्तो घर परिवारमा हुन्छन् उनीहरु बोल्दा प्रष्फुटन हुने पनि त्यहि हो । बदलिँदो सोच ः बालबालिको उमेर जति विकशित हुँदै जान्छ, उति नै स्वभाविक रुपमा उस्ले गर्ने व्यवहारमा परिवर्तन हुँदै जान्छ ।
शरीरको तौल, उचाई बढ्नु सामान्य अनि नियमित प्रक्रिया त हुँदै हो । उनिहरुको दक्षता क्षमताको सवालमा पनि अप्रत्यक्ष रुपमा परिवर्तन हुन्छ । चेतनाको विकाश जस्तै, सुन्ने, देख्ने र महशुस गर्ने बौद्विक विकाश अर्थात सरसफाई राम्रो, नराम्रो , मिठो नमिठो, सहि गलत अर्थात सामान्य बोलिमा भन्नुपर्दा दुई वस्तु विच फरक छुट्याउन सक्ने, रङ्ग भेद, आकार अनि साइज इत्यादि कुरामा सोच्ने सम्झने मात्रै नभएर कसरी निवारण गर्न सकिन्छ ? भन्ने पहिल्यानु नै हो । उसो त बालबालिकाहरु निक्कै नै संवेदनशिल हुन्छन् । आफुले चाहेको कुरा पाउन हाँसेर, रोएर अथवा माया ममताको पुल हालेर सहि बाटोमा ल्याउन आवश्यक छ । तसर्थ यो उमेरमा उमेरसँगै उनिहरुको सोच पनि परिवर्तन हुने भएको हुँदा बालबालिकाहरुको हरेक स्टेप अर्थात बढ्दो पाईलामा सजकता अपनाउन आवश्यक छ ।
अभिभावक र शिक्षक ः सफल हुनको लागि सिकाई अनिवार्य छ । कुनै पनि बालबालिकाको भविष्य कस्तो हुनु पर्नेमा अभिभावक र शिक्षकको अहम भुमिका रहेको हुन्छ । घरपरिवारमा र पाठशाला दुबै उस्तै संवेदनशिल क्षेत्र हुन बालबालिकाको दृष्टिकोणमा पर्छ । त्यसैले भन्ने गरिन्छ बालबालिकाको पहिलो पाठशाला भनेकै घर हो । पहिलो शिक्षक बावुआमा र दोस्रो शिक्षा भनेको विद्यालय र शिक्षक हुन् भन्ने गरिन्छ ।
यसमा दुई मत पनि छैन । त्यसैले अभिभावक र शिक्षक बिचको आपसी भेटघाट तथा सहकार्य हुनु पर्दछ । जसरी विद्यालयमा बालबालिकालाई पढाई लेखाई र बोलिचालीको सिकाई हुन्छ । घर भित्र पनि यी सम्पुर्ण कुराको सिकाई अवश्य हुन्छ । यस्तै गरेर पढाई लेखाई र प्रयोग गर्ने भाषाको सन्दर्भमा पनि उतिकै महत्वपुर्ण रोल भएको हुनाले यस्ता कुरामा बिशेष सहकार्य आवश्यक पर्दछ ।
अभिभावकको भुमिका ः बालबालिकाहरुको उचित पालपोषण र पारिवारिक शिक्षाले नै उनिहरुको भविष्य मmल्किन्छ । बोलिचाली, व्यवहार, उनिहरुले गर्ने गतिविधी, हेराई सोचाईले उसको रिस कस्तो भनेर बुझाउँछ भने विद्यालयस्तरमा पुगिसकेपछि पनि आफ्ना छोराछोरीहरुलाई विद्यालीय वातावरणको बारेमा चासो राख्ने, विद्यालयमा शिक्षक तथा शिक्षिकाहरुसँग नियमित भेटघाट गर्ने बालबालिकाको बारेमा जिज्ञाशा राख्ने, उनिहरुको रुचिको बिषय पढ्न प्रोत्साहित गर्ने जस्ता कुरामा अभिभावकिय दायित्व हुनुपर्दछ ।
हिजोआजको समय भनेको अत्याधिक व्यस्तताको समय त छदैछ । अधिकाँस अभिभावकहरुलाई समय व्यवस्थापन गर्न मुश्किल भएको कारण बालबालिकाहरुलाई पर्याप्त मात्रामा समय दिन नसकिरहेको अवस्था छ । यस्तो परिस्थितीमा बालबालिकाहरुको हेरचाह र स्याहारसुसार कम भएको कारण पनि बालबालिकाहरु बिस्तारै पारिवारिकभन्दा पनि आफुखुशी निर्णय गर्ने अवस्थामा पुग्छन् । बिशेषत अभिभावकले शिक्षकसँगको भेटघाट, नियमित रुपमा विद्यालयको अभिभावक भेलामा सहभागी हुने, बालबालीकाले गर्ने क्रियात्कलापमा निगरानी राखने , ज्ञान विज्ञान तथा प्रविधिसँग जोडीने वाताारण बनाउने ।
रचनात्मक कृयाकलापमा प्रोत्साहित गर्ने र सबैभन्दा महत्वपुर्ण कुरा भनेको बढिभन्दा बढि समय बालबालिकाहरुसँग बिताउने गर्ने हो भने बालबालिकाको भविष्य समय र परिस्थितिमा सहझै घुलमिल हुन सक्छन् ।बदलिदो समय अनुसार बालबालिकाहरुलाई समय सापेक्ष भएको हेर्ने हरेक अभिभावकको चाहना हुन्छ । यदपि सबै बालबालिकाहरु अभिभावकले चाहे जस्तो खोजे जस्तो र सोचे जस्तो नहुन सक्छ । जस्का विभिन्न कारण हुन सक्छन् । ती कारण मध्येको एक कारण अभिभावकीय उपस्थिति फितलो पनि कारण बन्न सक्छ । बालबालिकालाई अनुशासित र जिम्वेवारी बनाउने नाउँमा कडाभन्दा कडा अनुशासनमा राख्न खोज्नु, आवश्यकताभन्दा बढि पुल्पुल्याउनु, ईन्टरनेटको लत, अझ भनौ भने बालबालिकाले जे सुकै गरोस् भनेर उज्यालोदेखि अन्ध्यारोसम्मका गतिविधिमा बिना लगामको सवारीमा छोडिदिने हो भने त्यस्तो यात्रा सबैभन्दा खतरनाक हुनेछ ।
यति अभिभावले बुझ्नसके धेरैहदसम्म बालबालिकाहरुलाई सहि बाटोमा अवतरण गराउन सकिन्छ । बालबालिका भनेको भोलिको अभिभावको काध मात्रै नभएर राष्ट्रकै जिम्वेवारी काध बोक्ने सन्तति भएको हुँदा बालबालिकाहरुलाई कस्तो र के बनाउने सबैभन्दा ठूलो अभिभारा अभिभावककै काँधमा हुन्छ । त्यसैले बालबालिकाको आधारभुत संस्था उसको घर परिवार नै हो ।