वीरगंज । कानूनले २० बर्ष उमेर नपुगी गरेको विवाहलाई मान्यता दिएको छैन । त्यो मौकाको फाइदा उठाउँदै अहिले भागेर वा प्रेम विवाह गरी एक अर्काको जीवनसाथी बन्नेहरुलाई पनि परिवारिक दवाव र केही अनिच्छापछि बलात्कारको मुद्दामा फस्ने फसाइने संख्या ह्वात्तै बढेको छ । नेपाल सरकारले २०७५ भाद्र १ गते देखि २० वर्ष नपुगी भएको कुनै पनि विवाहलाई मान्याता नदिएको हो ।
मुलुकी अपराध (संहिता) ऐन, २०७४ को दफा १७३ को उपदफा (१) मा पनि २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन भनेको छ । सोहि दफाको उपदफा (२) बमोजिम २० वर्ष नपुगी भएको विवाह स्वतः बदर हुने समेत भनिएको छ । यी दफा र उपदफालाई टेकी निर्धारित २० बर्ष मुनीको विवाहलाई अनेक बहानामा तोडेने, मोडिने र कानूनी कठघरामा उभ्याइने खेलले जबरजस्ती करणीको मुद्दाको संख्या ह्वात्तै बढेको पाइएको हो ।
मुलुकी ऐन २०३३ को साविकको व्यवस्थालाई २०७५ भाद्र १ गतेदेखि लागु हुनेगरी आएको मुलुकी देवानी (संहिता) ऐन २०७४ ले महिला र पुरुष बीच विवाह हुने उमेर २० वर्ष पूरा भएको हुनु पर्ने उल्लेख गरे यता सो ऐनलाई टेकेर अहिले महिला पुरुष दुबैको सहमतिमा भएको विवाहलाई पनि परिवारको मन्जुरी नहुदाँ जबरजस्ती करणी उद्योगमा मुद्दा चल्न थालेका प्रसस्तै उदाहरण भेटिएको पर्सा प्रहरीले पनि जनाएको छ ।
अनुसन्धानका क्रममा यस्ता धेरै केश फेला परेका छन् । तथापि ऐनमा नै उमेर हद तोकिदिएकोले प्रहरीले यत्तिकै छोड्न नमिल्ने हुँदा धेरै युवा पिढी कानूनी दायरामा फस्दै गएको पनि प्रहरीले तर्क गरेको छ । अहिले कसैलाई रिस उठे पनि सहजै करणी जोडेर सुरक्षासम्म आउने केशले एकले अर्कोेलाई फसाउन वा अनिच्छाका कारण दुःख दिन मात्र पनि मुद्दा लगाउने गरेको अनुसनधानका क्रममा फेला पर्न थालेको पर्साका प्रहरी नायव उपरिक्षक प्रहलाद कार्कीले बताए ।
देशको नागरिक बनाउन र देशको नेतृत्व गर्ने तहमा पुग्ने मानिस चुन्न भने १६ र १८ बर्षलाई उमेर हद तोकिएको छ । तर देशको नागरिक भइसकेपछि जीवन जिउने जीवनसाथी बनाउने र बन्ने उमेरलाई भने २० पु¥याइएकोमा भने युवा वर्गको आपत्ती छ । जीवन जिउने साथी छान्न नपाउने हो भने देश चलाउने व्यक्तिलाई छान्न पनि २० बर्ष मुनिकालाई नदिनु पथ्र्यो या त विवाहको उमेर पनि घटाएर कम गरिनु उपयुक्त हुने युवाहरुको सुझाव छ । स्वयम् आफ्नो निर्णय लिने क्षमता समय १८ वर्ष मानेर नेताको भोट बैंकका लागि मात्र युवाहरुलाई प्रयोग नगरी यौन सम्पर्कको सवालमा समेत १८ वर्ष कायम गरे उचित हुने युवावर्गको जोड छ । सहमतिका आधारमा हुने सम्बन्ध र नागरिक भई प्रयोग गर्ने अधिकारलाई समान बनाउन नबनाउँदा कानून देखाएर सयौं युवा फस्ने उनीहरुको तर्क छ ।
पर्सामा पछिल्लो समय उमेर नपुगी प्रेम विवाह गरेको र परिवारको सहमति नहुदाँ जबरजस्ती करणीको अभियोगमा मुद्दा चलेको संख्या कहालि लाग्दो छ । पढ्ने उमेरमा एक अर्का प्रति माया बस्ने र सहमति मै भाग्ने जीवन विताउने चाहनालाई पनि युवा युवतीका परिवारजनको तगारो बन्दा जल्दोबल्दो उमेरमा जेलको बास बनाउने ऐन आकर्षित हुँदा समस्या हुने गरेको केही अभिभावकहरुले पनि तर्क गरे ।
ऐनकै आधारमा मुद्दा अगाडी बढ्दा जिल्ला प्रहरी कार्यालय पर्सामा आर्थिक वर्ष २०७७/०७८ मा २८ जना युवती जबरजस्ती करणी उद्योगमा परेको भन्दै पीडित परिवारको उजुरीको अधारमा मुद्धा चलाएको छ । जसमा ६ जना पीडक पक्राउ परेर कारागार चलान भएका छन् भने बाँकी फारार रहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक प्रल्हाद कार्कीले बताए ।
त्यस्तै आर्थिक वर्ष २०७८/०७९ को हालसम्ममा ३० जना महिलाका परिवारजनले सोही ऐन अन्तर्गत जबरजस्ती करणी उद्योगमा मुद्दा दिएको पनि उनको भनाइ छ । सो मुद्दाका अधारमा पनि ४ जना पक्राउ परेका छन् भने बाँकी फरार छन् । खानपानको शैली, प्रविधिको प्रयोग र वर्तमान परिवेशले युवायुवती प्रेममा पर्नु र विवाह गर्नेको संख्या बढ्नु सामान्य जस्तै भए पनि उमेरको हदबन्दीले यस्ता घट्नाको मुद्दा संख्या भने हरेक बर्ष बढ्ने प्रहरी तथ्यांकले पुष्टि गरेको छ ।
पर्सा जिल्लामा मात्र जभई यो संख्या देशका प्राःय हरेक जिल्लामा बढ्दो छ । परिवारजनको उजुरी पश्चात स्वास्थ्य परिक्षण र काउन्सलिङका लागी जिल्लाको एकद्वार संकट व्यवस्थापन केन्द्र (इऋःऋ) ओसिएमसिमा आउँदा समेत महिलाले दुवै जना सहमतिमा भागेर विहे गरेको र जीवन निर्वाह समेत गर्ने बताउने गरेको भए पनि कानूनी उमेर हदबन्दीले युवा फस्ने र युवती उम्किने बाटो खुकुलो बनाएको देखिएको छ ।
पहिले विवाह गर्ने उमेर १८ वर्ष कटेको भनी ऐनल् भनेको थियो जसले गर्दा अहिले पनि विवाहको उमेर १८ वर्ष रहेको कति पयको तर्क छ । तर कानूनी परिवर्तनको अज्ञानता र नागरिकता बनाउने उमेर १६ वर्ष भई एकद्वार नीति नहुँदा धेरै जना अन्यौलमा परेको घटना पश्चात खुल्न आएको प्रहरी कार्यालयको शंकट व्यवस्थापन केन्द्रकी प्रमुख हेमा थापाले तर्क गरिन् । ऐनले २० वर्ष तोकेको छ । उमेर हदबन्दी छोरी मान्छेलाई मात्रै हैन छोरा मान्छेलाई पनि हुन्छ भन्ने शिक्षा दिनुपर्ने प्रमुख थापा बताउँछिन् ।
त्यसो त प्रेम र विवाह भिन्न कुरा हुन । प्रेम भनेको भावनाको मिलन हो भने विवाह सामाजिक मिलन । कतिपयले त विवाहलाई मिलनभन्दा पनि सम्झौता मान्छन् । पछिल्लो समय अधिकांश प्रेम सम्बन्धहरू विवाहमा परिणत त भैरहेका छन् । विवाहमा परिणत भएका प्रेम कहानीहरू सामाजिक दृष्टिमा सुन्दर पनि लाग्छन् । तर प्रेम जस्तो स्वतःस्फूर्त विषयलाई ऐनले तोकेको उमेरभन्दा पहिल्यै विवाहमा परिणत गर्दा प्रेम कति बाँच्छ र कति मर्छ भन्ने विषयमा चाहिँ अहिलेका युवा युवतिमा त्यति मनन् गरेको पाइँदैन । विवाह उमेरको हदबन्दी बारे संसदमा भने, यसको अवाज नउठेको भने होइन ।
ऐन कार्यान्वयनको ३ वर्षमै पछिल्लो २ वर्षमा ६० भन्दा बढी जबरजस्ती करणी उद्योगमा परेका छन् । सजाय पश्चात ती युवकले कस्तो जीवन निर्वाह गरिराख्लान् । युवती जसले प्रेमीसंगै जीवन विताउने सोच बनाएका त्यसपछि कस्तो जीवन यापन गर्दैछन् ? समाज कस्तो सन्देश प्रवाह गर्छ त्यो भने हेर्न पर्छ ।