वीरगंज । उद्योग कलकारखाना देश विकासको मेरुदण्ड हो । तर त्यही उद्योगका कारण खोला नालाको अस्तित्व गुम्दै गएको छ । नाम चलेका उधोगी व्यवसायीहरु नदी नालाको अस्तित्व समाप्त पार्ने खेलमा लागेका छन् ।
वीरगंज पथलैया औधोगिक करिडोरमा सञ्चालित ३ दर्जन बढी उधोगहरुले सरकारको निती नियमलाई हावला दिदै प्रदुषण फैलाईरहेका छन् । तर कार्वाही गर्ने सम्बन्धीत निकाय नजराना बुझदै माफि दिदै आएका छन् । यस करिडोरमा सञ्चालित विभिन्न उधोगहरुले गर्दा जिव जन्तु, जलथर र त्यस क्षेत्रका वासिन्दाहरु समेत प्रभावित बन्दै आएको छ । वीरगंज मै कर्मथलो बनाई नाम र दाम कमाएका उधोगी मध्ये एक हुन बाबुलाल चाचान, चचानको उधोगदेखी व्यवसायमा बेग्लै नाम छ तर तीनले सञ्चालन गरेको उधोगका कारण सयौँ परिवार स्वास्थ्य जोखिममा छन् ।
वीरगंज पथलैया करिडोर अन्तर्गत संचालनमा रहेको सुकचैनाको चैनपुरस्थित नारायणी राईस मिल, नारायणी दाल मिल, नारायणी सिमेन्ट र नारायणी आयल रिफाइनरीबाट निस्किने प्रदुषणले यस क्षेत्रका वासिन्दा दशकौदेखी आजित छन् । उधोगी चचानले सञ्चालन गरेको यी उद्योगहरुबाट निस्किने धुलो, धुवा खरानी र छाई जस्ता प्रदुषणले जीवजन्तुदेखी मानव स्वास्थ्य समेत जोखिममा परेको छ ।
नेपाल सरकारको वातावरण शंसोधन ऐन २०५३ ले वातावरणलाई प्रतिकुल हुने गरि कुनै पनि उद्योगधन्धाले फोहोर मैला निस्काश्न गर्न नपाउने व्यवस्था गरेको छ । तर उद्योगी चाचानले सञ्चालन गरेको उधोगको फोहोर पद्धार्थको व्यवस्थापन नगर्दा प्राकृतिक सम्पदा समेत मासिदै गएको छ ।
उद्योगपति चाचान संचालक रहेको नारायणी आयल रिफाइनरी ब्राण्डलाई तताएर तेल बनाउने गर्छन । उक्त ब्रान्डलाई तताउन प्रयोग हुने धानको भुस जलेर बनेको छाईको व्यवस्थापन नगरि दिनहु सिर्सिया नदीमा फाल्ने गरेकाले नदी समेत प्रदुषण हुने गरेको पटेलनगर चिकनीका भानु पासवानले बताए । नारायणीसहित दर्जनौ उद्योगहरुबाट निस्केको फोहोर सिधै सिर्सिया नदीमा फाल्दा नदीको पानी समेत विषालु बनेर नदीको जलथर मरेको उनी बताउँछन् । ती उद्योगहरुले केमिकल युक्त पानी खसाल्नाले सिर्सिया नदी प्रदुषित बन्दै गएको छ ।
विगत सम्झिदै पासवानले भने, ‘‘पहिला नदीको पानीबाट भाडाकुडा समेत धुने गरिन्थ्यो, जन्म कर्म तथा दाह संस्कारपछि नदीकै पानीले नुहाएर चोखो पारिन्थ्यो तर अहिले नदीको पानीबाट खेती गर्ने किसान, घरपालुवा जनावर, बोटबिरुवा समेतलाई असर पर्ने गरेको छ ।’’
उद्योगपति चाचान मात्रै हैन् यस क्षेत्रका थुप्रै उधोगीहरुले सरकारको मापदण्डलाई पालना नगरि कलकरखानाबाट निस्कने छाई लगायतका फोहोरजन्य पदार्थ सिधै सिर्सिया नदीमा फाल्दा स्थानीय तथा जनावरहरुमा समेत आँखा पाक्ने, सास फेर्न अफ्ठयारो हुने, घाऊ, खटिरा जस्ता रोगको संक्रमण देखिने गरको स्थानीय बताउँछन् ।
उद्योगबाट निस्केको छाई आँखामा पर्दा आखाँ पाक्ने रोग लागेर पछि आँखाको ज्योति नै गुम्न सक्ने सम्भावना रहन्छ । वीरगंज सामुदायिक आँखा अस्पतालका नेत्र विशेषज्ञ महेश सिंह धामी भन्छन् कलकारखाना वरपरका वस्तीमा गरिने आखाँ शिविरमा थुप्रै व्यक्तिको आखाँबाट छाई निकालेका छौँ । आखाँ मै टासिने भएकाले आखाँ चिलाउदाँ छाई आखाँको नानिमा गई आखाँलाई पछिसम्म हानी पुर्याउन सक्ने धामी बताउँछन् ।
कृषिकर्ममा प्रयोग हुने पैनी(कुलो) पनि चाचानको कब्जामा
एक दशक पहिले कृषिकर्ममा सिचाईकोे लागि प्रयोग हुँदै आएको पैनी (कुलो) पनि उद्योगपति बाबुलाल चाचान सहितका उद्योगीहरुले कब्जामा लिई विषालुजन्य फोहोर पद्धार्थ सिर्सिया नदिमा फाल्न प्रयोग गर्दै आएको स्थानीयहरु बताउछन् । चिकनी, चौनपुर, मनियारी, प्रसौनी लगायतका गाउँका किसानहरुले खेतमा पानी पुर्याउन प्रयोग गर्दै आएको पैनी (कुलो) को पनि नारायणीसहितका उद्योगहरुले कब्जामा लिई उद्योगबाट निस्किने फोहोर पदार्थ फाल्न प्रयोग गर्दै आएको वीरगंज २३ प्रसौनीका कृषक कालिका प्रसाद यादवले बताए ।
पहिला त्यही पैनी (कुलो) मा आउने पानीले यस क्षेत्रका किसानहरु कृषिकर्म गर्थे उनले भने, विगत एक दशकदेखी उद्योगीहरुले उद्योगबाट निस्किने केमिकलजन्य प्रदुषण फाल्न प्रयोग गर्दा कृषकहरुसमेत प्रभावित भएको कृष्क यादवले बताए । नारायणी, छाला लगायतका उद्योगहरुले उक्त कुलोमार्फत उद्योगबाट निस्कने फोहोजन्य पदार्थ गण्डक, चिनीमिल हुँदै प्रसौनीस्थित सिर्सिया नदीमा फाल्ने गरेको अर्का स्थानीय मिनिता देवीले बताईन् । विगत सम्झिदै उनि भन्छीन्, ‘‘पहिला गाई भैसी, बाख्राहरुले यही कुलोको पानीले नुहाउथे पानी खान्थे तर अहिले त्यो अवस्था छैन् ।’ विषालुजन्य पदार्थ मिसिएको पानी बग्दा गनहाउनाले यस वरपर उब्जिने घासपातसमेत गाईभैसी बाख्राहरुले खान मान्दैनन् । कुलोमा बग्ने पानीेले उद्योगदेखी नदीसम्मको वातावरणलाई प्रदुषित गरेको उनको बुझाई छ ।
लिखित उजुरी दिए आफूहरुले अनुगमन गर्ने ः सहायक जि.प्र.का. पौडेल
२०७४ सालमा सिर्सिया नदी प्रदुर्शन मुक्त बनाउन विभिन्न संघ संगठनको अगुवाईमा अनुगमन गरि प्रतिवेदन तयार पारेको थियो । उक्त प्रतिवेदनले समेत ३ दर्जन बढी उधोगले प्रदुर्षन फैलाएको दोषि देखाउँदै जिल्ला प्रशासन कार्यालयलाई बुझाएको थियो । तर झण्डै ५ वर्ष वितिशक्दा पनि उक्त प्रतिवेदनको कुनै सुन्वाई भएको छैन् ।
उल्टै जिल्ला प्रशासन कार्यालय पर्साका सहायक जिल्ला अधिकारी भिम पौडेलले कारखानाहरुले गर्ने प्रदुर्शन रोक्न छठपर्वको बेला अलि अलि अनुगमन गरिएको भन्दे उजुरी आए छानविन गर्ने बताउँछन् । फोहोर व्यवस्थापनको विषयमा महानगरको सरोकार हुनुपर्ने भन्दै आफ्नै जिम्मेवारीबाट पन्छिन खोज्दै, सहायक प्र.जि.अ. पौडेलले नदीलाई सफा सुगर बनाउनुपर्ने तर्क गरे । कोरोना महामारी, चुनाव लगायतको कुरालाई देखाएर अनुगमन गर्न नभ्याईएको भन्दै लिखित उजुरी आए आफूहरुले अनुगमन गर्ने बताए । प्रदुषण गर्ने उद्योगलाई अगुनमन गरि नियमन गर्न सकिने उनको भनाइ छ ।
अनुगमन गर्ने निकाय कै लापर्बाही : अध्यक्ष गुता
वीरगंज उद्योग बाणिज्य संघ पर्साका अध्यक्ष सुबोध गुप्ताले बढि फोहोर उत्पादन हुने लगभग सबै उद्योगहरुसंग फोहोर व्यवस्थापन गर्ने मेसिन रहेको झुठो दाबी गरे । निरन्तर प्रदुषण गर्ने उद्योगमाथि नियमन गर्ने निकायले नियमित अनुगमन नगर्दा धेरै प्रशोधन प्लानटहरु बन्द भएको तर्क पनी गरे । फोहोर प्रशोधन गर्ने प्लान्ट संचालनले एक त सिर्सिया नदीलाई प्रदुषणमुक्त बनाउन सकिन्छ भने अर्काे बायु प्रदुषण, ध्वनी प्रदुषण हुनबाट जोगाउन सकिने उनको विश्वास छ । तर उधोग व्यवसाय नियमन तथा उधोगीको हकहितका कुरा गर्ने संस्थाका अध्यक्ष गुप्ताले भने यस क्षेत्रका जनताको समस्या भन्दा उधोगीलाई जोगाउने गरी प्रतिक्रिया दिए ।
नारायणी तेल मिल लगायतका उद्योगहरुबाट निस्किने छाईले प्रदुषण फैलाएको विषयमा अध्यक्ष गुप्ताले उद्योगहरुले कमाएको मुनाफाबाट सरकारलाई तिर्ने राजश्वको कुरा देखाउँदै छाई तताउने एउटा ड्याम्पिङ्ग साईट पनि नबनाएको भन्दै उल्टै सरकारलाई नै दोष दिए । उद्योगहरुको प्रदुषणले आम नागरिकलाई प्रत्यक्ष हानी हुने गरेको अध्यक्ष गुप्ताले स्वीकारे पनि प्रदुषण नियन्त्रण हुन नसक्नुमा नेपाल सरकारलाई मात्र दोषी देखाए । जब की ऐनमा फोहर प्रशोधन वा डम्पीङ्ग साइट उधोगीले नै बनाउनुपर्ने व्यवस्था रहेको छ ।
ऐन कानुन कार्यन्वयन नहुँदा उम्कदै उद्योगी
वातावरण संशोधन ऐन २०५३ ले वातावरणलाई प्रतिकुल हुने गरि कुनै पनि उद्योगधन्दाले प्रदुषण निस्काशन गर्न नपाउने व्यवस्था गरेको छ । मापदण्ड पुरा नगरे ५० हजारदेखी एक लाखसम्मको जरिवाना र बैकल्पिक उपाय नअपनाएसम्म उद्योग बन्द गर्ने समेतको व्यवस्था ऐनले दिएको कानुन व्यवसायीहरु बताउँछन् । उद्योगहरु खोल्नका लागि सर्वप्रथम वातावरणीय प्रभाव मुल्यांकन गराएर मात्रै खोल्न पाईन्छ । यदि यो नगराई वा नियम विपरित संचालन गरिएको पाईएमा उधोगलाई कारबाही हुने व्यवस्था रहेको छ । तर नियमन गरि कारबाही गर्ने सरकार मातहतका निकाय मौन बसिदिदा दशकौँदेखि समस्या ज्यूका त्यू रहेको छ ।
यता, चाचान ग्रुपका नारायणी आयल रिफायनरीसहितका उद्योगहरुको संचालकमध्येका एक निखिल चाचानले उद्योगले प्रदुषण नगरेको दाबी गर्दै यस विषयमा आफ्ना म्यानेजरसंग कुरा गर्न भन्दै पन्छीन खोजे । उद्योगका म्यानेजर नवलकिसोर यादवले कुनै किसिमको प्रदुषण नफैलिएको दाबी गरे । उद्योगबाट निस्किने छाई लगायतका प्रदुषण उद्योगभित्र नियन्त्रण गरेको मेसिन नै राखिएको दाबी गरे । तर उनले भने बमोजिमको मेसिन सञ्चालन नै नगरी झुक्याउने काम गरेका छन् ।