नेपालले २०१५ मा वेलायतमा भएको अन्तर्रा्ष्ट्रिय सम्मेलनमा सन् २०२० भित्र वालविवाह अन्त्यका लागि सार्थक प्रयास गर्ने र सन २०३० भित्र बालविवाह अन्त्य गर्ने सहमति पत्रमा हस्ताक्षर गरेको छ । यसै अनुसार लक्ष्य प्राप्तिका लागि कार्यक्रम अगाडि बढाएको पनि छ ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार अहिले पनि नेपालमा वार्षिक १३ हजार बालविवाह हुँदै आएको छ । पारिवारिक समस्या, आफै विवाह गर्नुले बालविवाहलाई बढावा दिइरहेको देखाएको छ । बालविवाहका कारण पारिवारिक समस्या उत्पन्न हुने, विद्यालय छाड्नु पर्ने, स्वास्थ्यमा समस्या तथा लैंगिक हिंसा समेत बढ्ने गरेको देखिन्छ । वालविवाह र यसैसंग जोडिएर आउने दाईजो प्रथाका कारण कयांै महिलाहरु जलाईन्छन् मारिन्छन् ।
मातृ शिशु मृत्युदरको कारक मानिने बालविवाहको अवस्था नेपालमा अझै नाजुक रहेको पाइएको छ । बालविवाहबिरुद्धको चेतनास्तरमा बृद्धि भएपनि यसको क्रम भने घटेको छैन । नेपालमा बालविवाहको अवस्था अझै नाजुक रहेको छ । नेपालमा ४१ प्रतिशत केटीको बालविवाह हुँदै गर्दा ११ प्रतिशत केटाको बालबिवाह हुने गरेको तथ्याँक छ । अझै पनि तराई र सुदुर पश्चिमका जिल्लामा बालविवाह बढिरहेको पाईन्छ । बालविवाह सम्बन्धी उजुरीहरु पनि कम हुने गरेको पाइन्छ ।
वालविवाह गराइदिने, वालविवाहका लागि दवाव दिनेलाई कानुनले तीन वर्ष कैद र जरिवाना तोकेको छ, त्यसलाई कार्यान्वयन गराउन सके पनि बालविवाहमा नियन्त्रण गर्न सकिन्छ । तर कार्यन्वयन हुन सकिरहेको छैन । नेपालमा बनेका कानुनहरु विश्वमा पनि उदाहरणीय छन तर कार्यन्वयन पक्ष उतीकै फितलो रहेको छ ।
यहाँ जनतादेखि नेतासम्म कानुन तोडनुलाई नै आफनो शतिm ठान्दछन त्यसैले त भनिन्छ नेपालको कानुन पशुपतिले जानुन् । वालविवाहका कारण अनेकौ समस्या भए पनि यो क्रमम रोकिएके छैन आखिर कहिले सम्म हाम्रा चेलीहरु यसको सिकार बन्ने ? कसले रोक्नका लागि पहल गर्ने ?
वालविवाहका घटनाहरु केहि मात्रमा मात्र दर्ता भए पनि त्यस भन्दा बढी वालविवाहका घटना घटेको पाईन्छ । बाल विवाह दुई परिवार विचको कुरा हो भनेर यसको वारेमा मान्छेले थाहा पाए पनि यसको वारमा प्रहरीमा उजुरी गर्दैन । समाजिक परम्परा, सानो उमेरमा कन्यादान गर्नाले बढी पुन्य हुने जस्ता सोचका कारण पनि एकले अर्काको बाल विवाहमा सहयोग गर्दै आईरहेको देखिन्छ । विवाह दर्ताका लागि उमेर पुगेको हुनुपर्ने हुँदा उमेर बढाएर दर्ता गर्ने चलन बढ्दै गएकोले पनि बालविवाहका घटना बाहिर नआएको बताइएको छ । गाविस स्तरमा बनाईने बिवाह दर्ताको प्रमाण पत्रमा उमेर बढाएर बनाउने चलन पनि यदि यो चलनलाई पनि रोक्न सकिने हो भने पनि कतिपय बालविवाह रोक्न सकिन्छ तर यो रोक्ने कसले ? यो चलनमा सहयोग गर्नेलाई कार्वाही गर्ने कसले ?
नेपालमा बालविवाह मध्ये ६१ प्रतिशत मागी विवाह हुने गरेको तथ्यांक पाईन्छ । त्यस्तै ६ प्रतिशत वालविवाह परिवारको दबाबबाट भएको तथ्यांकले देखाएको छ । ३३ प्रतिशत बालविवाह केटा केटी भागेर हुने गरेको उनले पाईन्छ । यसरी विभिन्न बहानामा हुने गरेको बाल बिवाहका कारण बाल बालिकालाई मात्र होईन घर परिवारलाई समेत यसले असर पारिरहेको हुन्छ । बाल विवाहका कारण महिलाहरुलाई बिभिन्न किसिमले असक्षम बनाईहेको हुन्छ भने समाजमा केटी प्रति नकारात्मक सोच उत्पन्न भईरहेको छ । बालविवाहलाई रोक्नका लागि सरकारले मात्र कानुन बनाएर पुग्दैन ।
कानुन कार्यन्यन तथा बाल विवाह रोक्नका लागि हामी सवैको तर्फबाट सकारात्मक पहलको खाचो देखिन्छ । हरेका घर घरबाट बाल विवाह रोक्नका लागि पहल गर्नु पर्छ । समुदायमा यदि कुनै ठाउमा बाल विवाह भईरहेको छ भने प्रहरीमा खवर गरि सचेत नागरिकको परिचय दिनु पर्छ । वाल विवाहको बारेमा आजैबाट सोचौ र महिला हिंसा रहित समाजको निर्माणमा जुटौ ।