बारा । खुल्ला सीमानाकाको फाईदा उठाउँदै सिमावर्ति क्षेत्रमा तस्करहरुको राजगज कुनै नौलो विषय हैन् । सिमानाकाबाट हुने अपराधिक गतिबिधि तथा चोरी तस्करी नियन्त्रण गर्न नेपाल सरकारले ठाउँ ठाउँमा सशस्त्र प्रहरी र नेपाल प्रहरी परिचालन गरेको छ । तर भारतसंग जोडिएको बाराको सीमानाकाहरुबाट सशस्त्र प्रहरीकै संरक्षणमा तस्करी धन्धा मौलाएको छ ।
भारतसंग सीमा जोडिएको बाराको मटिअर्वा, छतवा बरैनिया, गोपालगंज, सिम्रौनगढ लगायतको नाकाहरु सशस्त्र प्रहरी मधेश प्रदेशका डिआईजी गणेश ठाडा मगरको संरक्षणमा तस्करी भईरहेको पाईएको छ । यी नाकाहरुको प्रयोग गरि लत्ता कपडा, हार्डवेयर, मोबाईल र मोबाईल पार्टस, औषधी, किराना पसल, ईलेक्ट्रिक लगायतका सामानहरुको तस्करी भईरहेको छ । बाराको मटिअर्वा, छतवा बरैनिया, गोपालगज, सिम्रौनगढ लगायतको नाकाहरुबाट तस्करी गर्ने तस्करसमुहसंग डिआईजी मगरले अघोषित घुमुवामार्फत तस्करी वापतको रकम असुल्ने गरेको स्रोतले जनाएको छ ।
भारतबाट अबैध रुपमा भित्रियाईने सामानहरु डिआईजी मगरकै संरक्षणले बाराको कलैया बजार, सिमरा, चन्द्रनिगाहपर, हैटौंडा लगायतको ठाउँसम्म जाने गरेको छ । डिआईजी मगरको संरक्षण भएपछि केही आर्थिक नजराना बुझी सीमानाकामा तैनाथ बिओपी इन्चार्ज तथा जिल्ला इन्चार्जहरुले तस्करहरुसंग साठघाट गर्ने गर्दछ । बारामा भईरहेको तस्करी वापतको रकम असुल्न डिआईजी मगरले आलम नामक अघोषित घुमुवा परिचालन गरेका छ्न ।
उनीसंगसंगै गण र बिओपीमा ड्युटि भएका दुईजना सशस्त्र प्रहरीका अन्य कर्मचारी पनि परिचालन भएको जनाईएको छ । अहिले बाराबाट मनाङ्ग मियाँ, सतरुधन लगायतकाले कपडाको तस्करी गरिरहेका छन् भने रामअयोध्या र मुकेश यादव कपडा र हार्डवेयरको तस्करी गर्न लाईन पाएका छन् । यस्तै बाराको पिपरपाती र बेलदारी नाकाबाट कपडाको तस्करी गर्ने मिश्रिलाल, खेना र लालबाबु लगायतका तस्करहरु सक्रिय भएका छन् ।
बाराको विभिन्न नाकाहरुबाट दिउँसो मोटरसाईकल, साईकल तथा भरियामार्फत तस्करी भईरहेको छ भने रातीको समयमा पिकअप, मोटरसाईकल लगायतका सवारी साधनहरुको प्रयोग गरि तस्करी भईरहेको पाइएको छ । तस्करी गर्ने यी विभिन्न तस्करहरुसंग असुली गर्न डिआईजीले अघोषित रुपमा घुमुवा परिचालन गरेको स्रोतको दाबी छ ।
सशस्त्र प्रहरी मधेश प्रदेशका डिआईजी मगरले अघोषित घुमुवा आलम बाराकै सशस्त्र प्रहरी बल १२ नम्बर गणमा ड्युटी गरिरहेको बताउँछन् । तस्करी नभएको दाबी गरे पनि डिआईजी मगरलले दिएको अभिव्यक्तिले समेत आलमसहित सशस्त्र प्रहरी जवान बारामै डयुटी गरेर अघोषित घुमुवाको रुपमा परिचालित रहेको खुलेको छ ।
नेपाल सरकारले घुमुवा राख्ने प्रावधान नै हटाएपनि यसअघि पनि आलम भन्ने प्रहरी जवान घुमुवाको काम गर्दै आएका छन् ।