वीरगंज । वर्षातको मौसम सुरु भएसंगै मधेश प्रदेशमा सर्पदंशका विरामीको संख्या ह्वातै बढ्को छ । वीरगंजस्थित नारायणी अस्पतालका अनुसार असार महिनामा मात्रै ३ जनाको मृत्यु भएको छ भने २ सय ६६ जना सर्पदंशका विरामी उपचार गराएका छन् ।
जेठ, असारको गर्मी संगसंगै बर्षातको मौसम सुरु हुनै लाग्दा मधेश प्रदेशमा सर्पदंशका विरामीहरु बढ्दै गएको हो । बारा, पर्सा रौतहट, सर्लाही र सप्तरी सम्मका सर्पदंशका विरामीहरुको घुईचो अहिले नारायणी अस्पतालमा लागेको छ । वैशाख र जेठ महिनामा दिनको २/३ वटासम्म आउने सर्पदंशका विरामी असार महिनाको अवधिमा प्रत्येकदिन ५ देखी ७ जनासम्मको विरामीहरु भर्ना हुने गरेका छन् । यस अस्पतालमा मात्रै २ सय ६६ जना विरामीहरु उपचार गराएका छन् भने ३ जनाको मृत्यु भएको नारायणी अस्पतालका अकास्मिक विभागका प्रमुख डा. प्रहलाद प्रसाद साहले बताए ।
मृत्यु हुनेमा पर्सा जिल्लाका ११ वर्षीय बच्चा, ५२ वर्षकी महिला र बाराको रमैली निवासी ७ बर्षीय बालकको उपचार गराउँदा गराउँदै मृत्यु भएको हो । पछिल्लो २ वर्षयता हामीले प्रायः सबैको सफल रुपमा ठिक गरेर पठाउने गरेका थियौँ तर समयमै आउन नसकेकाले दुईजनाको मृत्यु भएको डा. साहले बताए ।
गर्मी सुरुभएसंगै नारायणी अस्पताले वैशाख महिनामा ६० जना पुरुष र २६ जना महिला गरी ८६ जनाले उपचार गराएका थिए भने त्यसबखत ३ जनालाई एन्टीभेनम दिनु परेको थियो । त्यसैगरी जेष्ठमा २८ जना पुरुष र ३६ जना महिला गरी ६४ जनाले उपचार गराउँदा ४ जनामा एन्टीभेनम दिइएको थियो । त्यस्तै असारमा २ सय ६६ जनामध्ये १३ जनालाई एन्टीभेनम दिइएको थियो । अहिले साउनको ६ दिनको अवधीमा २ जनालाई एन्टीभेनम दिइएका उपचारमा संलग्न नारायणी अस्पतालका अकास्मिक विभागका प्रमुख डा. साहले बताए ।
वर्षातले सर्प बस्ने ठाउँहरु भरिएर र त्यसैगरी गर्मीले खुल्ला हावामा सर्प निस्कने गरेकाले सर्पदंशका विरामी बढेको देखिन्छ । चुरे विनासका कारण जंगली जीवजन्तुको बासस्थान नष्ट भएकाले उनीहरु ज्यान जोगाउन र वासस्थान खोज्दै पानीसंगै गाउँ, खेत खलिहान पसेपछि पनी जोखिम बढेको छ ।
सर्पदंशका लागी मधेस प्रदेशकै मुख्य केन्द्रको रुपमा रहेको वीरगंजको नारायणी अस्पतालमा ८ वटा बेड सर्पदंशकै लागी छुट्याइएको छ । भने, भेन्टिलेटरदेखी आवश्यक पर्ने सम्पुर्ण प्रबन्ध मिलाइएको छ तर सर्पदंशको विरामी बढेपनि संघ सरकारको उचित समन्वयका कारण एन्टिभेनम मगाउन समस्या भईरहेको नारायणी अस्पतालले जनाएको छ । पटक पटकको ताकेताले बल्ल तल्ल एन्टिजेन पठाउने प्रतिबद्धता जनाएको नारायणी अस्पतालका प्रवक्ता डा. उदयनारायण सिंहको भनाई छ । सर्पले टोकेका विरामीको संख्या दिनानुदिन बढ्दै जादाँ यसको पुर्व तयारी गर्नुपर्नेमा संघ सरकारको उदासिन्ताका कारण सर्वसधारणले अकालमै मृत्युवरण गर्नुपरेको छ ।
मनसुन भित्रिनै लाग्दा जङ्गलको पानीसंगसंगै सर्प नदी, नहर हुदैँ गाऊँ खेतसम्म पुग्ने र कतिपय अवस्थामा मानिसको लापरवाहीका कारण सर्पदंशका विरामी बढ्ने गरेको चिकित्सकहरुको भनाई छ । रातिमा होसियारी नअपनाई हिँुल गर्ने, सुत्दा ओच्छ्यान राम्ररी नहेरेर सुत्ने गरेका कारण करेत जस्ता सर्पले टोक्ने गरेको डा. साहको भनाई छ । मधेश प्रदेशको परिपेक्ष्यमा तराईमा बढी विषालु सर्प गोमन र करेत हुन् यी सर्प सुख्खा ठाउँमा बस्न रुचाउँछन् भने, करेत घरको छानामा बस्ने र ओच्छ्यानमै पनि लुकेर बस्ने गरेकाले राति सुत्दा राम्ररी नहेरेर झुल राम्ररी नलगाएर सुत्ने बानीले कतिपय विरामीलाई ओच्छ्यानमै सर्पले टोक्ने गरेको पाइएको चिकित्सकको भनाई छ ।
कोब्रा र करेत सर्पले न्युरो टक्सिन विष फाल्ने गर्दछन् । जस्ले नशामा असर गर्ने हुँदा विषको प्रभाव छिटो देखिने गर्दछ । करेत सर्पले टोकेका विरामी ४–५ घन्टासम्म अस्पताल आउँदा पनि उपचार हुन सक्ने चिकित्सकहरु बताउँछन् । तर गोमन सर्पले टोकेको खण्डमा भने एक डेढ घन्टामै झार फुखमा नलागी सर्पदंशको उपचार भएका अस्पताल पुग्नुपर्ने चिकित्सकहरुको सुझाव छ ।
सर्पले टोकेपछि पेट दुख्ने, बान्ता हुने, टाउको दुख्ने लक्ष्ण देखिन्छ । यस्ता लक्ष्ण देखे नजिकैको सर्पदंश स्वास्थ्य संस्थामा गए निःशुल्क रुपमा उपचार हुने भएकाले अस्पतालमा पुग्नुपर्दछ ।