तुलसी राउत कुर्मी र पियरिया देवीकी छोरा दशरथ पटेल हुन् । उनको जन्म वि.स. २०२५/०३/२१ गते र साविकको रामगढवा गाविस हालको विरगंजमहानगरपालिका वाड नं. २४ पर्सामा भएको हो । तिन दिदीका उनी एक्ला भाइ हुन् । उनको पढाइ गाउँ कै सामुदायिक विद्यायलय शारदा मा.वि. बहुअरीमा भएको उनले बताए । बाह्र बर्षबाट राजनीतिमा लागेका उनी नेपाली कांग्रेस पार्टीमा आबद्ध छन् । सामाजिक काममा पहिले देखि लाग्दै आएका वीरगन्ज महानगरपालिका वडा नं. २४ को वडा अध्यक्ष यति वेला उनै कुर्मी छन् । यो अंकामा उनै वडाध्यक्षसँग वडाको विकास निर्माण लगायतका बिषयमा गरिएको थप कुराकानी :-
१ं) वडा नं. २४ लाई समृद्ध बनाउने के–के योजना तपाईंसँग छन् ?
वडा नं. २४ लाई समृद्ध बनाउनको लागि ४० प्रतिशत कामहरु भइरहेको छ । बाटोकोे, नालाको काम हुदैछ । बाटो सानो भएकोले काम गर्न गाह्रो भएको थियो अहिले बढाउने कामहरु पनि हुदै विस्तारै हामी काम गदैछौं ।
२) वडावासीलाई घर घरमा सिंहदरबार आएको महसुस गराउन सक्नु भएको छ ?
अलिअलि महसुस गरेका छन् । बिस वर्ष पछि जनप्रतिनीधि आउँदा जनताहरु धेरै खुसी छन् । कामहरु भईरहेको छ । बालबालिकाहरु पढाई प्रति अलि आकर्षित हुन थालेका छन् । सबै समुह मिलेर लागेका छौ । सरसफाईको काम पनि समुदाय, विद्यायलयहरुमा गरिरहेका छौ । तथापि वडाबासीलाई एकै पटक सिंहदरबार आएको जस्तो त अलि भएको छैन । तर त्यो हामी महसुस गराउँछौं ।
३) नगर सभामा राखिएको योजना पारित गर्नलाई कतिको कठिनार्ई भयो ?
गाह्रै भयो । किनकी जुन योजना बनाएर गएका थियांै । नगरसभाबाट पारित भएन र बजेट पनि एकदमै कम आएकोले गर्दा काम गर्न गाह्रो भएको छ । गर्नु पर्ने कामहरु धेरै छन् । तर ६० लाख बजेट आको छ बाटोको काम भइरहेको छ ।
४) २४ वडा नंं. का महिलाहरुको लागि के के योजना ल्याउनु भएको छ ?
महिलादिदीबहिनीहरुका लागि सिलाई बुनाई तालिम, व्युटिसियन तालिम र महिलाहरुलाई सक्षरता बनाउनको लागि, आफ्नो श्रीमान्ले विदेशबाट पैसा पढाउदा आफैले हस्ताक्षर गर्ने र बैंकमा खाता खोल्दा हस्ताक्षर गर्न सक्ने जस्ता कुराहरुमा महिलाहरुलाई सशक्त बनाउनको लागि र महिलाहरु पनि सबै पढेलेखेको हुनु पर्छ भनेर प्रौढ कक्षा सन्चालन गर्ने योजना महिलाहरुको लागि बनाएका छौ ।
५) वडा नंं. २४ को शिक्षा क्षेत्रलाई कसरी हेर्नु भएको छ ?
शिक्षा क्षेत्रमा हामी सबैको एकदमै टिम लागि रहेको छ । यस वाड नं. २४ मा चार वटा विद्यालयमा अंग्रेजी मिडियमबाट पढाई यसै सालको शैक्षिक सत्रबाट सुरुवात गरेका छौं । त्यसै गरी विद्यालयहरु प्नि अनुगमन भइरहेको छ । विद्यालयहरुको सरसफाई कार्य, पढाई गुणस्तरीय तर्फ पनि हामी निगरानी राखी रहेका छौ । श्री शारदा मा.वि. बहुअरीमा टाई बेल्टको पनि नियम लागु ग¥यौ । साथै शिक्षा क्षेत्र हामी सबै लागिरहेका छौ । किनकी आजको बालबालिका भनेको भालीको कर्णधार हुन् । त्यस्तै हामीले उनीहरुलाई रेखदेख गर्नु पर्छ ।
६) वेरोजगार युवाको लागि के योजना बनाउनु भएको छ ?
वेरोजगार युवाहरुको लागि कुनै योजना छैन । किनकी हामी यहाँबाट लगेको योजना नगरसभाबाट आउन सकेन । बजेट पनि कमै भएकोले गर्दा युवाहरुका लागि केहि योजना छैन र हाम्रो यस वार्डमा कुनै फ्याक्टूी पनि छैन र कामगर्नका लागि र कुनै ठाँउमा खाली ठाउँ भयो भने त्यस ठाँउमा युवाहरुलाई अलि फोकस गरी सेटिङ्ग गर्ने प्रयास गर्ने छौं ।
७) तपाईले आफ्नो वडामा के कस्ता समस्याहरुको पहिचान गर्नु भएको छ ?
समस्याहरु त धेरै छन् । युवाहरुमा पनि जनचेतनाको कमी छ । पढ्दा पढ्दै बिचैमा पढाई छोड्ने । त्यसले गर्दा युवाहरुमा शिक्षाको कमी भएको छ । बाटो घाटो, नाला को एकमदै समस्या छ । त्यसै गरी सर्वसाधरणको लागि सार्वजनिक शौचालयको कमी रहेको छ ।
८) तपाईलाई यस वडामा काम गर्न कतिको सहज वातावरण छ ?
एकदमै सहज वातावरण छ कसैले पनि त्यस्तो टिका टिप्णी गरेका छैनन् । जनताहरुले बिसबर्षदेखि समस्या झेल्दै आएका थिए । अहिले समस्याहरु समधान पनि भइरहेको छ हामीले ल्याएको योजनाहरुमा पनि जनताहरुको सहयोग र साथ नै पाएका छौ । र म नहुँदा पनि उहाँहरु आफै काम यसरी गर्नुपर्छ भन्र्दै जनताहरु मिलेर काम गरिरेका हुन्छन् । त्यसले गर्दा पनि काम गर्न सहज भएको छ ।
९) यस वडाको अभिभावकको रुपमा हुनुहुन्छ । पहिले र अहिलेमा के फरक पाउनु भएको छ ?
पहिला र अहिले धेरै फरक छ । मलाई पहिले गाउँघरमा कुनै पंचायतिहरुमा गाँउका अग्रजहरु तथा वुद्धिजिवीहरुले एउटा काग्रेस पार्टीको मान्छे भनेर हेर्ने गर्नुहुन्थ्यो भने अहिले सबैको मान्छे भएको छु ।
म वाडाबासीहरुमाझ अहिले सबै समस्याहरु पनि बुझ्छु । संगसंगै आदर सत्कार मान समान पनि पाएको हुन्छु । र यस वडाको जिम्मेवारी व्यक्तिको रुपमा अहिले छु । मैले पनि अहिले यस वाड नं. २४ को हरेक क्षेत्रको विकासको लागि हेर्नु पर्ने हुन्छ । जिम्मेवारी पनि धेरै बढेको छ । सबैलाई मिलाएर हिड्ने प्रयास पनि गरिरहेको छु ।
१०) यस वडाको विकासको लागि तपाईले के कस्ता साथ र सहयोगको आवश्यकता महसुस गर्नु भएको छ ?
वडाबासीको साथ र सहयोग त पाइरहेको छु । यस्तै साथ र सहयोग सधैं पाइरहोस भेन्न आशा राखेको छु ।
११) अमुल्यमत दिएर जिताउनु हुने जनतालाई तपाई के भन्न चाहनु हुन्छ ?
मलाई अमुल्यमत दिएर जिताउनु हुने जनतालाई म धेरै धन्यवाद दिन चाहन्छु । वडाबासीहरुको सहयोगले गर्दा म यस ठाँउको वडा अध्यक्ष भएको छु । म पनि रातदिन नभनी बिरामी पर्दा राती राती पनि व्लड लिएर अस्पतालमा पुगेको हुन्छु र मलाई गर्नु भएको विश्वास म कहिले पनि उहाँहरुबाट हट्न दिने छैन । सधै उहाँहरु प्रति आभारी छु ।