वीरगंजकै उत्कृष्ट होटलहरुमध्येको एक दियालो लर्ड्स प्लाजा २०७५चैत्र १९ गतेदेखी संचालनमा आयो । वीरगजंमा करिब एक अर्ब रुपैयाँको लगानीमा बनेको पहिलो चार तारे दियालो एर्ड्स प्लाजाको १० तले भवन रहेको छ ।
दियालो लर्डस् प्लाजामा पूर्णवतानुकुलति ६० वटा कोठामध्ये चार वटा स्वीट र ५६ वटा डिलक्स कोठा छन् ।यसैगरी होटलमा दुई वटा रेस्टुरेन्ट, एउटा बार, ब्याङकेट हल दुई वटा, स्वीमङिपुल, जीम हल पनी रहेको संचालनमा आएको वर्ष नवित्दै कोरोना भाईरस जस्ता विश्वमारीको प्रकोपले कयौं होटल व्यवसायहरु ध्वस्त भए । त्यसको मारमा यो पनि अछुतो रहेन ।दियालो लर्डस प्लाजा आधुनिक डिजाईमा बनेको यस होटलमा जाईनिज, जापनिजसहित विभिन्न प्रकारका फुड्ससंगसंगै स्वीमिङ्ग पुल, जिम, स्पा, मसाज, बेकरी शप लगायत सबैको कुराको व्यवस्था रहेको दियाोु लर्डस प्लाजा वीरगंजका महाप्रवन्धक शैलेज टेरीले बताउँछन् । बर्तमान समयमा होटल व्यवसायीको व्यवसायको अवस्था कस्तो रहेको छ भन्ने बिषयमा केन्द्रित रहि मध्य नेपालको लागि गरिएको कुराकानी जस्ताको त्यस्तै :
१) दर्जनौं होटल खुलेको वीरगंज शहरमा अझै पनि होटलहरु खुल्ने क्रम नै जारी छ ? यस्तो अवस्थामा दियालो लर्डस प्लाजा होटलको अवस्था कस्तो छ ?
पर्यटन व्यवस्थापन र सरकारी मापदण्डलाई पालना गर्दै यो होटेल फोर स्टार अपग्रेड भएको छ । कुनै पनि व्यापार व्यवसाय संचालन गर्न व्यवस्थापन र ग्राहकसंगको सम्बन्ध राम्रो हुनुपर्छ । होटलमा बस्ने, खाने लगायत पर्यटकहरुलाई चाहिने सम्पूर्ण सुविधाहरु उपलब्ध गराईएकोले हालसम्म होटल राम्रौ चल्दै आएको छ । कोरोना भाइरस महामारीको दोस्रो लहर यता लकडाउन खुलेपछि निरन्तर होटल राम्रै चल्दै आएको छ ।बर्तमान अवस्थामा हाम्रो होटलको अवस्था ठिकै छ ।
२) यस होटलमा कस्तो किसिमको ग्राहक बढि आउने गर्दछन् ?
वीरगंज औद्योगिक नगरी हो, काठमाडौं, भैरहवा, पोखरा जस्तो ठाउँ होईन जहाँ धेरै मान्छे घुम्न आउने गर्दछन् । यहाँ आउने सबै गेष्ट व्यवहारिक हुन्छन् । ग्राहकसंग होटलको राम्रो सम्बन्ध भएको कारणले भारतको बिहार, मध्यप्रदेश, हिमाञ्चल प्रदेश, चाईना लगायतका ठाउँबाट कुनै पनि कम्पनीका गेष्ट दियालो लर्डस होटलमा नआएको होईन्, सबै आएका छन् । किन भने ती गेष्टहरुलाई चाहिने हरेक किसिमको सुविधा हामीले पुरा गरेका हुन्छौं, चाहे चाईनिज, जापनिज फुड्स हो वा ओरियन्टल हो ।
३) वीरगंजमा संचालित अरु होटल भन्दा दियालो लर्ड्स होटलको के स्पेसल सुविधा छ त ?
दियालो लर्ड्स होटल यस्तो ठाउँ बनिसकेको छ हरेक चिज उपलब्ध भईसकेको छ । जस्तै, बेकरी, पेस्टी, केक, मल्टीग्रेन बेड, स्वास्थ्यको लागि जिम, स्वीमिङ्ग पुल आदी सबै सुविधा उपलब्ध छ । समयको अभावसंगै आजकल ग्राहकहरुले सबै सुबिधा एउटै ठाउँमा पाउन सकुन हामीले हाम्रो अतिथिको मन र विश्वास जित्न सक्ने किसीमको सुविद्या उपलब्ध गराएका छौ ।
हामी कहाँ ठुलो पार्टीको लागि दुई वटा हल छ भने सानो पार्टीको लागि चार वटा हल बनेको छ । बर्थडे लगायत अन्य सबै पाटीको लागि छुटै हल बनाईएको छ । अरु दुई गोड रुम पनि बनेको छ जहाँ २० जनासम्मको सहभागितामा सम्मेलन पनि हुन सक्छ । जहाँ विभिन्न कम्पनी, बैंक र उद्योगका सम्मेलन हुने गर्छ ।
४) यस होटलमा बाह्य र आन्तिरक पर्यटन को बढि आउने गर्छन ?
हामी कहाँ ७५ प्रतिशतभन्दा बढि मानिस हेटौंडा, सिमरा, चितवन र वीरगंजबाट आउने गर्दछन् । प्रायः ग्राहकहरु यहाँको खाना खाने र मनोरन्जन गर्न आउने गर्दछन् । खाना खानुको साथै बस्न पनि त्यतिकै आउँछन् । यो होटल संचालनमा यस क्षेत्रका ग्राहकहरु पनि धेरै सहयोग रहेको छ ।अप्रिलपछि सेप्टेम्बरसम्म वीरगंजमा यति न गर्मीहरु कि पर्यटकहरुलाई बाहिर घुम्न धेरै नै कठिनाई हुन्छ ।
यस्तो बेला पर्यटकलाई होटलभित्रै सम्पूर्ण सुविधा उपलब्ध हुन्छ भने ग्राहक त आउँछ नि । होटलभित्रै पेस्टी लगायत अन्य फुड्स खाने, स्वीमिङ्ग गर्ने, जिम गर्ने, स्पा गर्ने, मसाज गर्ने, टप टैरेसट होटलमा बसेर खुल्ला हावा लिने सबै सुविधा उपलब्ध हुने हुँदा यस होटलमा पर्यटकहरु आउने संख्या बढ्दो छ ।
५) दियालो लर्डस प्लाजा होटलमा सबैभन्दा बढि कस्तो किसिमको पार्टी हुने गर्दछ ?
मैले गरेको दुई सालको अनुभव अनुसार हरेक किसिमको पार्टी हुने गरेको छ । चाहे केटाकेटीहरुको विवाहको देखसुन, इङ्गेजमेन्ट, बिवाह वा वर्थडे पाटी सबै हुन्छ यहाँ ।
६) पर्यटन प्रवद्र्धनको लागि नेपाल सरकारले के गर्नुपर्छ जस्तो यहाँ लाग्छ ?
म विगत ७ वर्षदेखी नेपालको होटल व्यवसायमा कार्यरत छु । मैले देखे अनुसार पर्यटन प्रवद्र्धनमा पर्यटन मन्त्रालय लगायतका सम्बन्धीत संस्थाहरु धेरै नै महत्वपूर्ण योगदान रहेको छ । पोखरादेखी सिमरा वा काठमाडौं लगायत अन्य ठाउँमा आवागमन गर्नेमा पर्यटन मन्त्रालयले धेरै नै सहयोग गरेको छ । तर सरकारसंग के आग्रह छ भने बोर्डर टु बोर्डर पनि फ्लाईट चलाईयो भने धेरै सुबिधा हुने थियो ।
जस्तै, सिमरादेखी नेपालगंज, नेपालगंजदेखी महेन्द्रनगर आदी जस्ता ठाउँमा चल्ने व्यवस्था गर्नुपर्छ ।जस्तै, नेपालगंजदेखी वीरगंज आउनु छ भने सिधै सिमरा आयोस्, नकी काठमाडौं गएर त्यहाँबाट सिमरा आउनु परोस् । यसरी नहुँदा काठमाडौंमै पुरै समय व्यर्थ भईरहने समस्या छ ।
७) यस होटलबाट कति जनाले रोजगारी पाएका छन् ? ग्राहक ल्याउन मार्केटिङ्ग पनि गर्ने गरिएको छ कि ?
यहाँ ९० जना कर्मचारी छन् । सबैजनाको आपसी मेलमिलाप र सद्भावले होटल राम्ररी चलिरहेको छ । अर्काे दियालो लर्ड्स ब्राण्डको भारत र नेपाल गरि ६० वटा होटल छ । यसरी ६० वटा सेल्सको मान्छे यस होटलसंग जोडिएका छन् । उनीहरु सधै एकअर्काको मार्केटिङ्ग गरिनै रहन्छन् । काठमाडौंको सेल्स टिम यहाँको होटलको लागि मार्केटिङ्ग गर्छ भने यहाँका अर्थात वीरगंजका टिम काठमाडौंको सेल्स टिमको लागि काम गरिरहेको हुन्छ ।
यसरी हामी एकअर्कासंग कनेक्टिङ्ग भएर मार्केटिङ्ग गरिरहेका हुन्छौं । एक ठाउँबाट ६० वटा होटलका ठाउँ बताउने गरिन्छ । जस्तै, काठमाडौं, जयपुर, वीरगंज, जोतपुर, पोखरा, जम्भुकश्मिर, राजस्थान लगायतको ठाउँमा पनि बस्न सकिने जानकारी गराईन्छ ।