चाडपर्व, धर्म, आस्था र संस्कृतिसंगै जोडिएर आएका मौलिक बाध्ययन्त्र यतिवेला लोप हुँदै गएका छन् । धर्म संस्कृति र आस्थाको महत्व झल्काउने यस्ता बाध्य यन्त्र आधुनिकतासँगै लोप हुदै गएका हुन् । दशैंको झल्को दिने टिका, जमरा, पिङसँगै दशैं भाकामा बजाइने बाध्ययन्त्र, तिहारमा गुञ्जने मादल र अन्य पर्वहरुमा थपिने हरेक आयाममा मौलिक बाध्य यन्त्रको उत्तिकै महत्व छ ।
दलितले मात्र बजाउने भनिएको नौमतिबाजा पछिल्लो समयमा बाहुनहरुले पनि मौलिकता बचाउन भनी बजाउन थाल्नु त्यसैको एउटा उदाहरण हो । हरेक पर्व, संस्कृति र परम्परामा गित, संगित गुञ्जन भएकै हुन्छन् । यतिसम्म कि मानिसका जन्म र मृत्युमा समेत मौलिक बाध्ययन्त्र बजाउनै पर्ने संस्कारलाई आधुनिकताले खण्डहर बनाउनेमा जानकारहरुले चिन्ता गरेका छन् । टेम्को, दमाहा, ढोलक, तारसा, बाँसुरी, मादल, सारङ्गी जस्ता सामान्य लाग्ने तर जनमानसलाई हरेक परिवेशमा आवश्यक पर्ने बाध्य यन्त्र बजाउने आधुनिक जनशक्ति नहुँदा यस्ता बाध्ययन्त्रहरुको अस्थित्व नै नरहने कलापारखीहरुको चिन्ता छ । स्थानीय गितकार सुधा यादवको चिन्ता पनि मौलिक बाध्य यन्त्रको अस्तित्व जोगाउन सकस भएको नै छ । अरुको नक्कल गर्नाले मौलिक बाजाहरु हराउँदै गएको उनले दुखेसो छ ।
आफैले रचेको ‘बडा सुन्दर बा हमरो नेपाल, तराई पहाड सजनी’ बोलको गितबाट चर्चा पाएका गायक यादवले भने, ‘हामीलाई चाहिने, समाजमा चल्ने बाजा बजाउँदा वा गित गाउँदा आगामी दिनमा कस्ले यस्ता बाध्ययन्त्र बजाइदिन्छ ? यसो भन्दा पत्याईदिने भएनन् । आज गाऊँ टोलमा के गाऊँपालिका मै तबला, ढोल, ढफली, ढोलक, हरमुनिया, हेला खुर्दी पाऊन मुश्किल छ । उनले थपे । यी बाजाहरुको धुनले मधेशमा चर्चित गित गाइने निरगुन, कुरबी, मलार, प्राति, सोहर गाऊँने पाउन छाडेको उनको भनाइ छ ।
पहिला अष्टयाम, भजन, किर्तन हुदाँ कहाँका गायकार ती गितहरु गाऊन उत्कृष्ट छन् भनी तिनीहरुलाई बोलाउन चलन थियो । तर अहिले ठ्याक्कै उल्टो भएको छ, कहाँका मण्डली नाच्ने छन् टिममा इलेक्टोनिक, बेन्जु, प्याड, र डिजेको बोलवाला भएको छ । मौलिक बाजाको अस्तित्व नाकाम जस्तो बनाइएको छ । युवा पुस्ताले कुनै कार्यक्रममा डिजे छ की छैन पहिले नै सोधेर मात्र हिड्ने चलनले मौलिक बाजाको अस्तित्व धरापमा पारेको छ गायक सुधा यादवले भने । बरु विधिपूर्वक गरिने धर्म संस्कृतिलाई अन्तै पठाएर डिजे रोकिन्न । न त नाच नै रोकिन्छ, मौलिकताको यो उपहास मात्र हो उनले थपे ।
‘जवन पहिले रहे बाउर उ अभि फैसन होगइल, इ देख देख के कलजुगके रिती टेनसन होगइल’ भन्ने गित रचें । म जस्ता धेरैले समाजको सर्लक्क परिकल्पना गितमा उतारेका छन् । त्यसमा मौलिक बाजागाजाको नै महत्व हुन्छ । जसको रस मन मस्तष्कि र समाजमा सन्देश दिन्थ्यो । ती अहिले हराए । पहिला जुन पाइन्ट च्यातिन्थ्यो त्यो फालिन्थ्यो, अहिले च्याती च्याती लगाइन्छ । पहिला कमलको पात, केराको पातमा खान्थ्यौ ति सबै शोभनीय लाग्थ्यो अहिले थाली लिएर लाइनमा उभिनुपर्ने जमाना आए ।
सुधा यादव भन्दा सुनिल पंडितको तर्क फरक छ । आधुनिक जमाना भए, पहिला लाइभ म्यूजिक रेकर्ड हुन्थ्यो, त्यसपछि सिक्वेन्स म्यूजिक आए अहिले चलन चल्तीमा डिजे भरेर काम चलाउने गरिन्छ । गायक सुनिल पंडीतले भने, आधुनिक जमानामा आधुनिक स्रोत साधनले मुट्टुुको समस्या, सुगर र कान नसुनिने लगायतको समस्याहरु निम्तिएका छन् । यता कसैको ध्यान छैन उनले भने ।
उतिबेला ‘रे गोरीया तोहरे विना ना लागे मनवा कइसे जाइरे विदेशिया’ जस्ता एभरग्रिण गित गाएका उनले पछिल्लो समय सुन्नै पर्ने अर्थ केलाएर गाएको ‘सजनवा के प्यार ना मिलल’ बोलको गित उति बजारमा चार्चित भएन । तर यी गित सधै उस्तै हुन् म नरहे पनि यी गित मेरो सन्तान पछिकाले समेत सुन्छन् ।
बाराको बारागढी गाउँपालिका वडा नम्बर १ पिप्राकी ७४ वर्षिय देवमतिया देवी lश्रीमति नै विंडो धान्दै
पुरुष प्रधानदेशमा पुरुषको अभावमा बाराको बारागढी गाउँपालिका वडा नम्बर १ पिप्राकी ७४ वर्षिय देवमतिया देवी यतिवेला आफै श्रीमान्को बिंडो धान्दै आएकी छन् । उनीपछि ति बाजा ढोलक, तारसा कसले बजाउँनेमा भन्नेमा उनी चिन्तीत छन् । गाऊँ टोलमा हुने मेलापात, ब्रहमपूजा, छठघाट, गोधन कुट्न, विवाह, पुजा, अष्टयाम लगायतमा उनी विगत ५ वर्षदेखि तारसा बजाउदै आएकी छन् । श्रीमान् वितेपछि केही पर्व बाजा विनै सुनसान विते पछि गाऊँटोलका अगुवाहरुको आग्रहमा आफूले बजाउन थालेको देवमतियाले बताइन् । बाजा विना गाउँमा कुनै पर्वको रैनक नै नलागे पछि आफूले श्रीमान्को विराशत पनि धानिने ठानेर गाउँका अग्रजहरुको आग्रह स्वीकारेको उनको भनाइ छ ।
मौलिक बाध्ययन्त्र जोगाउने जिम्मा स्थानीय सरकारको
लोप हुनै लागेको बाजा, लोक संगितलाई स्थानीय सरकारले जोगाउनु पर्ने जिम्मेवारी आएको स्थानीय भोजपुरी भाषाका विद्धानहरुले बताए । धर्मलाई जोड्ने मौलिक गित संगित, बाजा स्थानीय सरकारले संरक्षण सम्बद्र्धन नगरे अब अरुबाट हुँदैन । यो जिम्मेवारी अब स्थानीय सरकारले बहन गर्नुपर्छ गायक सुनिल पंडित बताउँछन् । हामीले आफ्नो तर्फबाट समाजलाई दिने मौलिक किसिमका गितहरु मौलिक बाजा, बजाए दिंदै आएका छौं । यसमा स्थानीय सरकारले मनोबल नबढाए कस्ले बढाउँछ उनले थपे । समाजमा हरेक रिति रिवाजको आफ्नै मौलिकता छ, त्यसैले विकास र समृद्धिको कुरा गर्दा परम्परा, धर्म संस्कृतिलाई चटक्कै छोड्न पनि हुँदैन । अझ स्थानीय गित संगितलाई संरक्षण तथा सम्बद्र्धन गरी अरुलाई लोभ्याउन सक्नु त्यहाँको पहिचानको कुरामा साथ दिनु पनि हो गायक पडितले भने ।