साउनको महिना र भगवान शिवको पूजा–अर्चना एवं अभिषेक एकअर्काका पूरकको रुपमा लिइन्छ । केशरी वानामा सजिएका ‘बोलबम’को नारा घन्काउदै झुण्ड का झुण्ड का“वरियाहरु सर्वत्र वातावरणलाइ शिवमय बनाउदै हिडि़रहेका देखिन्छन ।
शिवालयहरुमा हुनत साउन महिनाभरि शिवलिड्डमाथि नित्य गंगाजलद्वारा अभिषेक, विल्वार्पण तथा पार्थिवार्चन हुने गरेको भए पनि यसकोलागि सोमवारको दिन ठूलो महत्व राख्दछ । पूmर्सत् नहुने तथा लामो यात्राको व्ययभार वहन गर्न नसक्ने शिवभक्तहरुले गंगाजी वा कुनै पत्रि जलाशयबाट जल भर्नुको साटो गंगाजीको प्रतिरुप स्थानिय नदी पोखरीबाट पनि जल भरेर स्थानिय शिवालयहरुमा जलाभिषेक गर्ने गरेको पाइन्छ ।
वीरगंजको अलखिया मन्दिर, पर्सा जिल्लाको रामभौरी भाठामा स्थापित रहेका दुधेश्वरनाथ महादेव, बारा जिल्लाको कलैयामा स्थापित रहेका सिद्धेश्वरनाथ महादेव, बारा जिल्लाकै काठघाटमा स्थापित रहेका सहजनाथ महादेव, रौतहट जिल्लाको शिवनगरमा स्थापित रहेको शिवलिड्ड, नूनथर नामक ठांउमा स्थापित रहेका शिवलिड्डहरुमा साउन महिनाभरि नै मेला लाग्ने गर्दछ तथा ती शिवलिड्डहरुमा प्रायः दैनिकी जलाभिषेक, विल्वार्पण तथा पार्थिवार्चन हुने गर्दछ तर सोमवार, त्रयोदशी वा प्रदोषको दिन भन्ने जलाभिषेकको निम्ति ठूलो घुंइचो लाग्ने गर्दछ ।
पुराणहरुमा द्वादश(बारह) ज्योतिर्लिड्डहरुको उल्लेख रहेको पाइन्छ–सौराष्ट्रे सोमनाथं च श्रीशैले मल्लिकार्जुनम् । उज्जयिन्यां महाकालमोड्ढारममलेश्वरम् । परल्यां वैद्यनाथं च डाकिन्यां भीमशड्ढरम् । सेतुबन्धे तु रामेशं नागेशं दारुकावने । वाराणस्यां तु विश्वेशं œयम्बकं गौतमीतटे । हिमालये तु केदारं घुश्मेशं च शिवालये । अर्थात् (१)सौराष्ट्र प्रदेशको कठियावाडमा श्री सोमनाथ, (२) श्रीशैलमाथि श्रीमल्लिकार्जुन, (३) उज्जैनमा श्री महाकाल, (४) ॐकारेश्वर वा अमलेश्वर, (५) परलीमा वैद्यनाथ, (६) डाकिनी नामक स्थानमा श्रीभीमशड्ढर, (७) सेतुबन्धमा श्री रामेश्वर, (८) दारुकावनमा श्रीनागेश्वर, (९) वाराणसीमा श्रीविश्वनाथ, (१०) गोदावरी नदीको तटमा श्रीœयम्बकेश्वर, (११) हिमालयको केदारखण्डमा श्रीकेदारनाथ तथा (१२) शिवालयमा श्रीघुश्मेश्वर गरि जम्मा बारह ज्योतिर्लिड्डको रुपमा शिवलिड्डहरु स्थापित रहेका छन ।
साउन महिनामा ज्योतिर्लिड्डमा जलाभिषेक, विल्वार्पण तथा पार्थिवार्चन गर्न सके ठूलो पुण्य प्राप्त हुनुका साथै शिवकृपाले शिवलोक पाइन्छ भन्ने जनविश्वास रहेको हुनाले पूmर्सत् हुनेहरु तथा लामो यात्राको व्ययभार वहन गर्न सक्ने श्रद्धालू शिवभक्तहरुले भने काठमाण्डौ स्थित पशुपतिनाथ, भारतको अरेराज भन्ने ठांउमा स्थापित रहेका सोमेश्वरनाथ महादेव, झारखण्डको देवघर भन्ने ठांउमा स्थापित रहेका बैद्यनाथ ज्योतिर्लिड्ड, काशीमा स्थापित रहेका विश्वनाथ महादेव(ज्योतिर्लिड्ड), उज्जैनमा स्थापित रहेका महाकालेश्वरनाथ महादेव(ज्योतिर्लिड्ड)को दर्शन, अर्चन गर्नकोलागि लामो का“वरयात्रा गर्ने गर्दछन ।
बोलबमको नाराका साथमा हुनत माघे औंशीको दिन गंगाजी अथवा अन्य पवित्र जलाशयबाट जल भरेर आफूलाइ पायक पर्ने कुनै पनि शिव मन्दिरमा माघशुक्ल पञ्चमीको दिन शिवलिड्डमाथि जलाभिषेक गर्ने गरिन्छ । त्यसलाइ ‘बडका–कान्हा–का“वर’ भन्दछन तथा साउन महिनाको का“वरलाइ ‘नन्हका–कान्हा–का“वर’ भन्दछन । दुइटै का“वरको आफ्नो भिन्ना भिन्नै धार्मिक महत्व रहेकोहुन्छ ।
‘बडका–कान्हा–का“वर’मा यात्रा गर्ने क“वरथुवाहरुका विभिन्न खाले वर्जना, नियम तथा अनुशासन रहेको हुन्छ भने ‘नन्हका–कान्हा–का“वर’मा यात्रा गर्ने क“वरथुवाहरु धेरै कुरामा स्वतन्त्र हुन्छन । एक गांउका दुइ वा सोभन्दा बढी अथवा एकल यात्रा गर्ने क“वरथुवाहरु पनि भेटिन्छन । साउन महिनामा गरिने क“वरथुवाका सदस्यहरुलाइ ‘बम’ भनिन्छ । बम दुइ प्रकारका हुन्छन–साधारण तथा डाकबम । बमहरु यात्रा गर्ने बेलामा विशेषगरि पवित्र जलाशयबाट जल बोकिसकेपछि पूर्ण ब्रहमचर्यको पालना, शुद्ध शाकाहार भोजन, सूचीता तथा सौहार्दपूर्वक व्यवहार गर्नु पर्ने बाध्यता रहन्छ ।
पैदल हिडने बेलामा नाड्डो खुट्टा हुनु आवश्यक हुन्छ । बमहरुसित एउटा कपडाको झोला, एकसरो गंजी र हाफपाइण्ट तथा हाथमा टेक्ने एउटा बांसको लट्ठी मात्र रहन्छ । साधारण बम आपूmखुशी गनतव्यसम्म सक्ने जति समयसम्म बोकेको गंगाजलले शिवाभिषेक गर्दछन भने डाकबमले जल बोकेको चौबिस घण्टा भित्रै गनतव्यमा पुगी शिवाभिषेक गर्नुपर्ने बाध्यता रहन्छ । डाकबमहरुकालागि शिवालयका सम्बन्धित प्रशासनको विशेष व्यवस्था गरिएको हुन्छ ।
डाकबमहरु आसिन–पसिन हुदै चौबिस घण्टा मात्रमा पनि साउनमहिनाको प्रचण्ड गर्मी आफ्नो जीउमाथि झेल्दै शिवाभिषेक गर्नमा सफल हुनेगरेका पाइन्छन । विगत दुइवर्षसम्म ‘कोरोना’ महामारीको कारणले सम्पूर्ण शिवालयहरुमा प्रवेश निषेधित थियो, कोरोना प्रोटोकौलको कारणले निकै प्रतिबन्धहरु लागु रहेका थिए । भगवान शिवजीकै कृपाको कारणले हालका दिनहरुमा सो प्रतिबन्धहरु फुकुवा भएको स्थिति छ तथा यसको फाइदा उठाउदै शिवभक्तहरु यस साउन मिहिनामा पुनः काँवर यात्रामा प्रफुल्लित भएर शिवार्चनकोलागि बोलबमको नारा घनकाउदै काँवर यात्रामा लागि परेका छन ।
धर्मशास्त्रहरुमा शिवजीले स्वयं भन्नु भएको छ–प्रीयेय तोयेन नृणां प्रपद्यतामहो त्वयाऽऽत्मा भृशमद्र्यते वृथा । (श्रीमद्भागवत, स्क. १०, अ.३८, श्लोक २०) अर्थात् म आफ्नो भक्तहरुद्वारा जलचढाउना मात्रले पनि संतुष्ट भएर प्रसन्न भइ हाल्दछु । विनसित्तै आफ्नो शरीरलाइ कष्ट न देउ । शिवजीको यस प्रकारको वचन बारेमा न जानेका भक्तहरुले अन्धभक्तिको रुपमा शरीरलाइ नाना कष्ट दिएर पनि भक्तिमार्गमा तत्परताका साथ अग्रशर रहेकाहुन्छन ।
वस्तुतः यस प्रकारका का“वर यात्रा निसन्देह धार्मिक भावनाले ओत–प्रोत भइ शुरु गरिएको होला तर वत्र्तमान समयमा यो यात्रा धार्मिक भावनाले थोरै तथा पर्यटकीय भावननाले धेरै गर्ने गरिएको रुपमा लिन सकिन्छ । अर्काको देखासिकीमा परेर होस वा शिवप्रति स्वयं श्रद्धाले होस अथवा भेडियाधसानको सिकोमा उत्प्रेरित भएर होस पुरानो समयभन्दा वत्र्तमान समयको का“वरयात्राको गरिमा दिनानुदिन उल्लासमय भए पनि, विभिन्नखाले विसंगतीवाहकको रुपमा अनुभव गर्न थालिएकोमा दुइमत न होला ।