वीरगंज । बाराको लिपनीविर्ता स्थित मल्टिनेशनल कम्पनी डाबर नेपाल प्रा.लि.ले उत्पादन गरेको मह खान आयोग्य रहेको पाइएको छ ।
नेपाली बजारमा विक्री वितरण भइरहेको डाबर नेपालले उत्पादन गरेको डाबर ुहनी महु खान अयोग्य रहेको पाइएको हो । दुई वर्ष पहिले नै चितवन र हेटौंडाबाट नमुना संकलन गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयले परिक्षण गर्दा त्यसको रिपोर्ट खान अयोग्य अर्थात दूषित पद्धार्थ रहेको भिटिएको हो ।
यस्तो रिपोर्ट त्यस यताको पनि क्लियर नभएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको रिपोर्टले पुष्टि गरेको छ । डाबरले उत्पादन गरेको डाबर हनीमा ुहाइड्रो अक्सिथाइमल फरफुलरु हुनु पर्ने भन्दा ५० मात्रा बढी रहेकाले खान अयोग्य दुषित पदार्थ रहेको रिपोर्टमा जनाइएको छ ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय चितवनले दुई
वर्ष अगाडी २०७७ भदौँ २५ गते भरतपुरको साह किराना तथा जेनरल स्टोर्स र ७ महिना अगाडी मात्रै हेटौडाबाट संकलन गरेको डाबर ब्राण्डको मह परिक्षण गर्दा दुषित अर्थात मिसावट भएको पुष्टि भएको हो । गुण नियन्त्रण विभागका अनुसार हाईड्रो अक्सिथाइमल फरफुलरको मात्रा ४० हुनु पर्नेमा झण्डै ५० मात्रा बढी अर्थात ९० मात्रा भेटिएको पनि जनाइएको छ । विभागले २०७७ मंसिर ७ गते नै दुषित खाद्य पदार्थ भनेर प्रमाणित गरेको डाबर हनीलाई नियामक निकायले अहिलेसम्म कुनै कार्वाही नगरेको पाइएको हो ।
खानै नहुने भनिएको डाबर हनी अहिले पनि बजारमा छ्याप–छ्याप्ती पाइरहेको छ । भरतपुर तथा हेटौंडाले डाबर कम्पनीलाई थप कार्वाहीका लागी पर्सामा रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयलाई पत्र पठाए पनि यहाँको कार्यालयले भने दुई वर्षदेखी कार्वाही अगाडी नबढाई गुपचुप राख्दै आफै महमा लशपससिंदै आएको खुलासा भएको छ । डिभिजन कार्यालय भरतपुरका खाद्य निरिक्षक प्रदिप काफ्लेको टोलीले मह नियन्त्रणमा लिदैं डाबर नेपाल लिमिटेडबाट उत्पादित डाबर ब्राण्डको महलाई आईपिके ४००४/०७७/०७८ कोड मार्फत संकेत दिएर परिक्षण गराएका थिए ।
डिभिजन कार्यालय भरतपुरले दुषित पदार्थ प्रमाणित भएको भन्दै थप प्रकृया तथा कार्वाहीका लागी २०७७ फागुन ९ गते खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पर्सामा पत्र पठाएको थियो । तर पर्साले भने अझै पनि कार्वाही प्रकृया अगाडी नबढाएको बुझिएको छ ।
बरु डिभिजन कार्यालय पर्साका प्रमुख विक्की राउतले मुद्दा चलाउने हद म्याद नभएकाले जतिसमय पनि लाग्न सक्ने प्रतिक्रिया दिएर आफै चोखो बन्ने प्रयास गरेका छन् । यस्तो पनि हुन सक्छ ? भनी प्रश्न गर्दा बल्ल डाबर नेपालसंग मुद्दा लड्ने वकिल खोजिरहेको प्रतिक्रिया दिए ।
डाबर नेपालमा विभिन्न समयमा निरिक्षण गर्ने गरेकाले खाद्य स्वच्छता लगायतको सम्पुर्ण काममा अग्रस्थानमा पर्ने दाबी गर्दै महमा देखिएको दुषित खाद्य पदार्थको बारेमा आफुहरुले जानकारी गराएर उपस्थित हुनका लागी प्रकृया अगाडी बढाएको उनको दावी छ । कुरा सम्बोधन गर्ने कुरामा प्रतिबन्ध रहेको कार्यालय प्रमुख विक्की राउतको तर्क छ ।
अन्तराष्ट्रिय मान्यता पाएको विभागको ल्याबले खानै अयोग्य भनिदिएको डाबर हनीको बारे राउतले भने फितलो जवाफ दिए । प्रमुख राउत भन्छन् हाईड्रो अक्सिथाइमल फरफुलरमा कैफियत देखिएको हो । अलिकति गडबड देखिएकाले यसबारेमा केही न केही कार्वाही प्रकृयामा आउनै पर्ने हुन्छु । तर प्राविधिक कठिनाईले डाबर नेपाल यहाँ नआएको डाबर नेपाल पक्षको भनाई उदृत गर्दै कार्यालय प्रमुख राउतले नै प्रतिक्रिया दिए ।
खानै अयोग्य भनिएको महबारे अझै पनि अनुसन्धानको पहिलो प्रकृया सकिएर दोश्रो प्रकृयामा लागेको बताए पनि अहिलेसम्म अदालतमा मुद्दा दर्ता भएको छैन । बरु दुषित खाद्य पदार्थको नाम लुकाउन विभाग नै तल्लीन रहेको खुलेको छ । गत आर्थिक वर्ष २०७७/०७८ मा २१ वटा मुद्दा दर्ता गरे पनि आर्थिक वर्ष २०७८/०७९ मा जम्मा एउटा मात्र मुद्दा दर्ता हुनुले पनि विभागको कार्यशैलीको पोल छताछुल्ल भएको हो । यस विषयमा खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग काठमाडौँका प्रवक्ता मोहनकृष्ण महर्जनले भने नेपाल सरकारको कुनै पनि एक प्यारामिटर पार गर्न नसके बेचविखन गर्न नपाइने दावी गरे । रिपोर्ट अनुसार मह पुरानो र ताप बढी भएर खान अयोग्य भएको हो ।
यस परिक्षणको नतिजा अनुसार नेपाल सरकारले भनेको मापदण्डभन्दा क्वालिटी खराब भएकाले कार्वाही प्रकृयामा ल्याउनै पर्ने उनको प्रतिक्रिया छ । काठमाडौँ विभागका अनुसार ८४ वटा उद्योगलाई मुद्दा प्रकृया अगाडी बढाउन पर्सा कार्यालयलाई पत्रचार गरि पठाइएको छ । तर खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले एक आर्थिक वर्षमा एउटा मात्रै मुद्दा दर्ता गर्दा हझै ८३ वटा मुद्दा प्रकृया अगाडी बढाउँन ८३ वर्ष लाग्न सक्ने कार्य सम्पादनको तथ्याँकले पुष्टि गरेको छ ।
स्वास्थ्यसंग प्रत्यक्ष सरोकार राख्ने खाद्य प्रविधि तथा गुण नियन्त्रण जस्तो कार्यालयको काम कार्वाही गैर जिम्मेवार बन्दा कतिपय दुषित खाद्य पदार्थ मिसिएको मह समेत उपभोक्ता खान बाध्य हुनु राम्रो संकेत नभएको सर्वसाधारणको भनाइ छ । यो बिषयमा डाबर नेपालले भने हनीमा कुनै कमजोरी नरहेको दावी गरेको छ ।