वीरगंज महानगरपालिका वडा नम्बर १५ साविकको १८ लक्षुमनवामा २०४० सालमा जन्मिएका ईश्वर यादव वीरगंजवासीका लागि नयाँ नाम होइन । २०५६ सालमा सिद्धार्थ स्कुलबाट एस एल सी पास गरी बीबीए सम्मको अध्ययन गरेका यादवको राजनीतिक यात्रा भने २०५८ सालदेखि भएको खुलासा गरे । उनले राजनीति सुरु गरेको पार्टी फोरम नेपाल हो । नारायणी यातायात व्यवसायी संघ क्षेत्रिय कार्यालय वीरगंजमा १४ वर्ष कार्यरत रही हाल कार्यालय प्रमुखको पदमा रहेका उनी चार दाजुभाइ मध्येका कान्छा हुन् । यादव अहिले फोरम नेपालको वीरगंज महानगरपालिका नगरकार्य समितिका अध्यक्ष हुन् । उनै यादवसँग मध्य नेपालका लागि समसामयिक बिषयमा गरेको कुराकानी :
१) वीरगंज महानगरपालिकामा हालसम्म के के काम भईसकेको छ ?
वीरगंज महानगरपालिकाको कार्य प्रस्तुति हरेक वडामा वडास्तरीय, नगरस्तरीय बजेट छुट्याएर विभिन्न सडक र नाला बनाउने काम भइरहेको छ । यसलाई मुख्य प्राथमिकतामा राखिएको छ ।
२) वीरगंज महानगरपालिकाको पहिले र अहिलेको विकास निर्माणको कार्यमा के के परिवर्तन भएको पाउँनु भएको छ ?
वीरगंज महानगरको परिवर्तनको हिसाबले पहिलाको र अहिलेको कानुनी संरचनामा फरक छ । धेरै लामो समयसम्म नभएको कामलाई गर्न अलि समय लाग्छ नै तर अहिले धेरै ठाउँमा विकासको काम भईरहेको छ । सडक, नाला, बृक्षारोपण, सरसफाई लगायतको कामलाई अगाडी बढाईएको छ ।
३) वीरगंज महानगरपालिकालाई स्मार्ट सिटी बनाउने घोषणा गरिएको थियो ? वीरगंज महानगरपालिकालाई स्मार्ट सिटी बनाउने हो की, ग्रेटर वीरगंज या की स्याटेलाइट सिटी ?
वीरगंजलाई उत्कृष्ट सहरको रुपमा हेर्ने यहाँको जनताको चाहना हो । र त्यही अनुसार वीरगंज महानगरपालिकाका मेयरले पनि कार्य गर्ने योजना बनाउनु भएको छ ।
वीरगंज एउटा स्मार्ट सिटीको रुपमा स्थापना हुन्छ । तर त्यसमा अलि समय लाग्छ । भन्ने वितिकै त कुनै पनि काम हुने सम्भावना हुँदैन । विगतको नगर सभामा नै विभिन्न योजना राखिएको थियो । बोर्डमा हाम्रो बहुमत नभएकाले वीरगंजको विकासको लागी जुन योजना प्रस्तुत भएको छ, त्यसले मिडिया तथा जनताले पक्कै पनि देख्न सक्नु हुनेछ ।
४) तपाई फोरमको तर्फबाट वीरगंज महानगपालिकाको नगर अध्यक्ष भईसकेपछि व्यक्तिगत रुपमा वीरगंज महा नगरपालिकाको लागी के के गर्दै हुनुहुन्छ ?
वीरगंज महानगरपालिकाको नगर अध्यक्ष भएको तीन महिना भएको छ । जनताको चाहना अनुसार जनतासंग समन्वय गरेर योजनाबद्ध तरिकाले जनताको भलो हुने खालको कार्य भईरहेको छ ।
यो पौष मसान्तमा हुने नगरसभामा पनि हामी प्रस्तुत गर्ने छौ । जुन नगवामा फोहोर डम्पीङ्ग साइड निर्माण भईरहेको छ । त्यस्तै विभिन्न कार्यहरु महानगरपालिका भित्र गरिने योजना पार्टीको बनेको छ । त्यसलाई अगाडी बढाउँछौँ ।
५) वीरगंज महानगरपालिकामा रहेको बेरोजगार युवा तथा महिलाको रोजगारीको लागी यहाँहरुको योजना के छ ?
बेरोजगार युवा तथा महिलाको लागी महानगरपालिकाको कार्यालय, महानगर समिति र प्रदेश सरकारले पनि कर्मचारीहरुको करार भर्ना खोलिरहेका छन् । त्यसमा गाउँदेखि वडास्तर लगायत हरेक ठाउँमा महिला तथा युवाहरुले रोजगारी पाउँनुहुन्छ भन्ने म विश्वास दिलाउन चाहन्छु । किन कि सरकारले केन्द्र, प्रदेश र स्थानीय स्तरमा नगर प्रहरी, कम्युटर अपरेटर जस्ता धेरै ठाउँमा अबका युवा तथा महिलाहरुले रोजगारी पाउँछन् । त्यस्तै महिला तथा युवाहरुको लागी सिलाई कटाई, व्युटिसियन, युवाहरुको लागी खेलकुद, मोबाईल टेक्निसियन, विद्युत सञ्चालन लगायत धेरै सिपमुलक तालिमहरु वीरगंज महानगरपालिकाबाट नै दिईएको छ ।
वीरगंज महानगरपालिका अन्तरगर्त रहेको माईराम पोखरी ग्रिन पार्क पोखरीमा परिणत भएको छ । झण्डै अतिक्रमित भईसकेको पोखरीलाई निकै संघर्षपछि अहिले उक्त स्थानमा ग्रिन पार्क पोखरी (चिल्ड्रेण पार्क) निर्माण भएको छ ।६) वीरगंज नेपालको आर्थिक हब हो, नेपालको प्रवेशद्धार वाईपास सडकको अवस्था अझै दयनिय छ ? गाडी आवत जावत गर्नमा समेत कठिनाई भईरहेको अवस्था छ, यसतर्फ तपाईहरुको ध्यान गएको देखिन्न् ?
पहिलाको विकासको योजना र अहिलेको विकास कार्यको संरचनामा धेरै फरक छ । सरकारले अहिलेको काम गर्ने जुन मापदण्ड बनाएको छ त्यो अनुसार काम गर्न अलि समय लाग्छ । तर त्यो पुरा हुन्छ । केही दिनमै जनताको अगाडी त्यो कुरा देखिन आउँछ । अरु धेरै गाउँमा सडक, नालको काम भईसकेको छ र अरु ठाउँमा हुदैंछ । त्यो सबै जनताले देखे कै हो ।
७) गाउँबाट महानगरमा समेटिएका वडाहरुमा अहिले पनि सडक, बिजुलीको अभाव नै छ ? गाउँबाट समेटिएका वडाको आधारभूत सुविधा पुरा गर्न महानगरको योजना के छ ?
वीरगंजमा पहिला १९ वटा वडा थियो । अहिले थप गरेर ३२ वटा वडा भएको छ । केही गाउँका भू–भाग पनि महानगरमा समेटिएको हुँदा पहिलादेखि आउँन जान त गाह्रो नै थियो । झन अहिले कम बजेटमा पनि महानगरपालिका ठूलो भयो । त्यसमा बजेटको हिसाबले केही कमी भएको छ । आएको बजेटबाट नै गाउँदेखि बजारसम्म सडक, बिजुली लगायत हरेक कुराको सुविधा भएकै छ । र जुन हिसाबले हामी योजना बनाएर काम गर्दैछौ त्यो हिसाबले आउदो दिनमा गाउँबाट समेटिएका सबै वडाले महानगरको अनुभूति पाउँनेछ भन्ने कुरामा म पूर्ण विश्वस्त छु ।
८) वीरगंज महानगरपालिकाको सम्भावना र चुनौतिहरु के के छन् ?
बीस वर्षपछि चुनाव भएको हुनाले जनताको चाहना धेरै छ । तर जनचाहना अनुसार स्रोत साधन उपलब्ध छैन ।
जिल्ला भरीको संरचनालाई नेपाल सरकारले स्थानीय तहमा लगेको अवस्था छ । त्यसकारण यसलाई पनि सुव्यवस्थित तरिकाले सञ्चालन गर्न महानरपालिकालाई अलि समय लाग्दैछ । सुब्यवस्थित तरिकाले सञ्चालन गराई जनतासमक्ष हरेक सेवा सुविधा सहजै पु¥याउने कार्यमा वीरगंज महानगरपालिकाको मेयर जी लाग्नु भएको छ ।
९) अन्य स्थानीय तहमा कम्पयुटर शिक्षा र अंग्रेजी माध्यमबाट पढाई सुरु भईसकेको छ ? वीरगंज महानगरपालिकाको अवस्था के छ ?
नेपाल सरकारको योजना अनुरुप नै प्रावि तहको स्कुल होस् वा मावि सबै स्कुलमा कम्युटर, अंग्रेजी माध्यमबाट पढाएर शिक्षाको स्तरलाई बढाउने काम भइरहेको छ । र बाँकी रहेको विद्यालयमा पनि बिस्तारै बिस्तारै शिक्षामा सबैको पहँुच सहज हुने कार्य पनि भइरहेको छ ।
१०) अन्त्यमा पत्रिका, अनलाईन, रेडियो के लाई यहाँ बढी प्राथमिकता दिनुहुन्छ ?
अहिले इन्टरनेटको जमाना भइसकेको छ । गाउँघरमा नेटको पहँुच सहज छैन । वीरगंज सहरमा विभिन्न किसिमका नेटको विकास भईसकेको हुनाले रेडियो पनि अनलाईनमा सुन्न सकिने हुनाले मलाई अनलाईन नै बढि पढ्न मन लाग्छ ।