वीरगंज । काठमाण्डौ स्थित कालिका इन्टरप्राइजेजको एक्जिम कोड सुख्खा बन्दरगाह भन्सार कार्यालय वीरगन्जले रद्द गरिदिएको छ । कालिकाले भन्सारको बाटोबाट आयात निर्यात गर्दाे भन्सारमा मालबस्तु छुटाउन प्रयोग गर्ने व्यवसायीको ुएक्जिम कोडु नै सुख्खा भन्सार कार्यालयले कालिकाको रद्द गरिदिएको हो ।
तेस्रो मुलुक यूएईबाट कालिकाले मुँगको दाल भन्दै स्वः घोषणा गरी ुयल्लो च्यानलु प्रयोग गरी भन्सारमा जाँचपास गराउँदा उसको अवैध कार्य गएको जेठ १३ गते खुलेको थियो । यसको प्रकृयागत कार्वाही अनुसार नेपालको पहिलो सुख्खा बन्दरगाह ( ड्राइपोर्ट ) भन्सार कार्यालयले कालिकाको व्यवसाय गर्ने फर्मको एक्जिम कोर्ड नै कारोवार गर्न नमिल्ने गरी रद्द गरिदिएको छ ।
आयातकर्ता व्यवसायीले प्रयोग गर्ने ुयल्लो च्यानलुको मतलब आयातित मालबस्तु भौतिक रुपमा नहेर्ने र कागजपत्र मात्र हेरेर भन्सार पास गराउने भन्ने हो । तर भन्सारका जाँचकी वा कर्मचारीलाई शंका लागेमा चाही ुयल्लो च्यानलु बाट आयात भएका मालबस्तु पनि भौतिक रुपमा जाँच गर्न सक्छन् । कालिकाको दालको कन्टेनर चेक भएको पनि यसरी थियो ।
काठमाण्डौको कालिका इन्टरपाइजेजले युएईबाट आयात गरेको भनिएको मुँगको दाल पनि स्वःघोषणा गरेको यल्लो च्यानल अन्तर्गत ड्राइपोर्ट सम्म आइपुगेको सुख्खा भन्सार कार्यालय वीरगन्जका प्रमुख जय बहादुर भण्डारीले बताए । ुयुएईबाट खासै नआउने दाल कालिकाले ल्याएकोमा शंका त्यहि उब्जियो । थप अनुसन्धान गर्न ४० फुटे कन्टेनर प्रयोग पनि अर्को आधार भएको उनको भनाइ छ । ठूलो राजश्व माथि असर पुग्ने गरी स्वः घोषणा गरिएको यल्लो च्यानलमा भारी परिमाणको अवैध चुरोट फेला परेपछि आयातकर्ताको व्यवसायी कोड रद्द गरिएको उनको भनाइ छ ।
यसको साथै सामान जफत, विगो र जरिवाना सहित कुल १० करोड ७२ लाख कायम गरी सम्बन्धित पक्षलाई ताकेता, सम्बन्धित पक्षको एजेन्ट एजेन्सी पनि निलम्बन र उचित समय दिएर जरिवाना र विगो बुझाउन ताकेता गर्दा समेत नआएपछि व्यवसायीलाई पक्राउ पूर्जी पनि जारी गरिएको सुख्खा बन्दरगाह ( ड्राइपोर्ट ) भन्सार कार्यालयका प्रमुख भण्डारीले बताए ।
भन्सार ऐन २०६४ दफा ५७ को उपदफा १८ अनुसार आयातित मालबस्तुको फरक घोषणा, परिमाण बस्तु फरक र चारित्रिक बिशेषता पनि फरक पाइएपछि विगो कायम गरी ३ सय प्रतिशत जरिवाना कायम गरिएको भन्सार कार्यालयका प्रमुख भण्डारीले बताए ।