भोजपुरी प्रदेशमा ग्राम देउता (ब्रह्म बाबा, सातो माई तथा जाठ जाठीन) को पूजा सम्पूर्ण ग्रामवमासीले गर्नु पर्ने अनिवार्य हुन्छ । ग्राम देउता भनेको सम्पूर्ण ग्रामवासीका साझा देउताको रुपमा लिइन्छ ।
घरमा कुनै शुभ उपलक्ष्य वा कुनै किसिमको दैविय आपत्ति आइ परेको बेलामा ग्रामवासीहरुले ग्राम देवतालाइ गुहार्द छन भन्ने कुल देवता प्रत्येक कुलकोलागि नितान्त व्यक्तिक वा निजी देवताको रुपमा पूजित रहेको पाइन्छ । आफ्नो कुल को परम्परा अनुसार कुल देउता रोजिएर रहेका हुन्छन । जसलाइ प्रायः प्रत्येक गृहस्थको घरमा पूजा कोठा वा घर बनाइ स्थापित गरिएको हुन्छ । पूजा कोठामा स्थापित रहेका देवताको पूजा आजा घरमूलीले प्रायः दैनिक रुपमै गरिएको पाइए पनि कुल देउताको बिशेष पूजा बार्षिक वा अवशर बिशेषमा गर्ने गरिन्छ ।
कुल देउता प्रत्येक कुलमा पारम्परिक रुपमा पहिले देखि नै पूजित रहेका पाइन्छन । विवाह आदि अवशरहरुमा जाति,थर, गोत्रका साथै कुलद्वारा पूजित कुल देउताको पनि सोध खोज गर्ने परम्परा रहेको हुन्छ । हिन्दूहरुको धार्मिक मान्यता अनुसार पूजनिय देउताहरुलाइ प्रायः तीन रुपमा बिभक्त गरिएको पाइन्छ– वैष्णव, शैव तथा शाक्त । यहि मान्यता अनुसार कुल देउताहरुको चयन तथा पूजन कुल बिशेषले गर्ने गरेको पाइन्छ ।
यस मान्यता अनुसार कुनै कुलको देवता शिव हुन्छन, कुनै कुलमा शक्ति स्वरुपा माता भगवती को पूजा हुन्छ भने कुनै कुलद्वारा भगवान विष्णु वा रामको पूजा भएको पाइन्छ । गौरी गणेशको पूजा प्रायः प्रत्येक मतावलम्बीको घरमा निश्चिय नै हुने गरेको पाइन्छ । अग्रपूजाका अधिकारी,विघ्नहर्ता तथा गणनायक गणेशको पूजा अनिवार्य मानिन्छ भने सिद्धीे समृद्धीकी दातृ गौरीलाइ लक्ष्मीस्वरुपमा पूजन गरिन्छ । त्यस्तै शङ्गटमोचक हनुमान जीको महाविरी ध्वज पनि प्रत्येक कुलको आ·नमा गाडिएको पाइन्छ ।
यस बाहेक आआफ्नो कुल परम्परा अनुसार विभिन्न देवी देवताहरु कुल देवताको रुपमा प्रतिष्ठित रहेका हुन्छन । शोखा बाबा, गोरेया बाबा, महावीर जी, पुरुष देवको रुपमा पूजित रहेका हुन्छन भने बन्नीमाता,शीतलामाता तथा कुलमा पूर्व कालमा सती वा अन्य कुनै देवत्व प्राप्त गरेकि छोरी बेटीहरु स्त्री देवीहरुको रुपमा पूजित रहेका हुन्छन । शोखाबाबालाइ तान्त्रिक देवको रुपमा पूजा गरिन्छ भने गोरेयाबाबा का साथमा बन्नी वा बन्दी माताको पूजा गरिन्छ । को हुन त यी गोरेयाबाबा र बन्नीमातातिर विचार गर्दै जादा गोरेया बाबा भनेको गोरा बाबा हुन कि जस्तो लाग्दछ । गोराबाबा भनेको गोरा अर्थात् समाज वा परिवारका कुनै विशिष्ट व्यक्ति ।
गोरेयाबाबालाइ सु·रको बली दिने प्रथा रहेको छ । यस प्रकारले गरिने पूजा गर्नु भित्रको तात्पर्य खोतल्दै जादा वास्तवमा पूर्वकालको मुसलमानी आक्रमणबाट बच्नको लागि हिन्दूहरुले गोरेयाबाबालाइ देवताको रुपमा मान्नु पर्ने बाध्यता आइपरेको हो कि जस्तो लाग्दछ । यहा स्मरणिय कुरा के छ भने सु·ुरको बली दिने वा पाल्ने कुललाइ मुसलमानी आक्रमण्कारीहरुले अछुत मानेर आक्रमण गर्दैन्थ्ये । बन्नीमाताको पकिल्पना शायद बन्दी अवस्थामा नै कुनै सती नारीको अवसान भएकोले गरिएको होला । यो एक अलग अनुसन्धानको बिषय हुन सक्दछ । शीतलामाताको पकिल्पना निश्चयतः त्यति बेलाको भयानक बिफर रोगको महामारीबाट त्राण पाउनको लागि गरिएको हो ।
चैत्र कृष्ण अष्टमीको दिनलाइ शीतलाष्टमी पनि भनिन्छ र त्यस दिन शीतला माताको पूजा गर्ने चलन रहेको छ । शीतलामाताको पूजन सामग्रीमा नीमको स्याउलाले प्रमुखता पाएको हुन्छ । शीतला माताको पूजन पछि रात्रिमा पूजा कोठाबाट घर बाहिर सम्म माटोले बनाइएको बिफरको फोका जस्तो आकृतीले यस प्रकारको मान्यतामा बिशेष बल पु¥याउछ । प्रायः शीतलामाताको पूजा गर्ने प्रत्येक कुलमा रात्रिमा खाना पाक्दैन, त्यस राती तथा अर्को दिन बासी खाने कुराको चलनले पनि यस कुरालाइ साबित गर्नमा थप पुष्टी गर्दछ । खाना पकाउनलाइ चुल्हो बाल्दा दाह उत्पन्न हुने र त्यो दाह बिफरकी देबी शीतलामातालाइ सह्य नहुने भएकोले नै सो दिन चुल्हो नबाल्ने परम्परा चलेको हो ।
भोजपुरी भाषी क्षेत्रको गा“उहरुका गृहस्थहरुको घरमा कुल देउताको पूजा गर्ने तिथी प्रायः एकसमान हुदैन तर कुल देउताको पूजा गर्ने महिना प्रायः निश्चित हुन्छ । साउन महिनाको कृष्ण सप्तमी, नवमी तथा एकादशी तिथीमा आआफ्नो कुल परम्परा अनुसार कुलदेउताको पूजा गरिन्छ । प्रत्येक गृहस्थको घरमा कुल देवताको पूजा दैनिकी गरिएको भए पनि साउन महिनाको पूजा बिशेष पूजा मानिन्छ । पूजामा आफ्नो कुलपरम्परा अनुसार कुल देउतालाइ वस्त्र, यज्ञोपवित तथा नैवेद्यको रुपमा रोट, महियाउर, खुर्मा, रसियाव,तथा पुडी चढाइन्छ ।
महावीरजीलाइ रोटीको टुक्रालाइ गुडमा मुछी लड्डु बनाएर अर्पण गरिन्छ भने शाक्तहरुको कुल देवतालाइ कुभिण्डो, हा“स, परेवा, सु·ुर तथा बोकाको बली दिने प्रथा पनि रहेको पाइन्छ । यस भेगका ब्राह्मण क्षेत्री जस्ता जातीहरुको पूजाघरमा देव पञ्चायतन पनि बनेका हुन्छन । पञ्चायतनमा विभिन्न पा“चवटा देउताहरुको पूजन हुन्छ । पञ्चायतन पनि पा“च किसिमका हुन्छन ।
गणेश– पञ्चायतन, शिव–पञ्चायतन, देवी–पञ्चायतन, सूर्य–पञ्चायतन तथा विष्णु–पञ्चायतन । यस प्रकारका पञ्चायतनहरुमा जुन देवी देउताको पञ्चायन हो ती देवी देउता केन्द्रमा हुन्छन तथा बा“कि चारवटा देवी देउताहरु वरिपरि दा“या बा“या रहेका हुन्छन । उदाहरणको लागि देवी पञ्चायतनमा दुर्गा देवीको स्थान केन्द्रमा हुन्छ तथा पाश्र्व भागमा विष्णु र शिव तथा अग्र भागमा सूर्य र गणेश स्थापित रहेका हुन्छन ।
यस प्रकारले स्थापित पञ्चायतनको दैनिक अराधना अनिवार्य हुन्छ । गृहस्थको घरमा कुनै मा·लीक अवशरमा कुल देउताको पूजनको साथै नवग्रह, पञ्च लोकपाल, दश दिग्पाल, सप्तघृतमातृका,षोडशमातृका तथा चतुःषष्टियोगिनी देउताहरुको पनि बिशेष पूजा गर्ने परम्परा रहेको पाइन्छ । नान्दी श्राद्धका साथै तिन पुस्ते पितृपूजन पनि हुने गरेको पाइन्छ ।