ज्ञानी र सरल स्वभाव भएकी १० वर्षीय अरुमा श्रीवास्तव वीरगंज महानगरपालिका वडा नं २७ मा रहेको ज्ञ्यान्दा एकेडेमी विद्यालयमा कक्षा ५मा अध्ययनरत छात्रा हुन् । उनको घर इन्डिया गोरखपुरमा रहेको र हाल ८वर्ष देखी वीरगंजमै बसोबस गर्दै आएको उनले बताइन । उनको बुवाको नाम राकेश कुमार श्रीवास्तव आमा बिजेता श्रीवास्तव दुई सन्तान मध्यकी पहिलो सन्तान हुन् । उनको बुवा शिवशक्ति प्यकेजीङ उद्योगको प्रवधक निदेश्क हुन् । उनकी आमा घरगृहणी हुन् ।
उनको घरमा आमा, बुवा ,भाइ सहित ४ जनाको सानो परिवारमा बस्ने गरेको बताइन । सानो परिवारमा रहेको अरुमा पढन लेख्नमा निकै रुची रहेको पनि बताउँछीन । पढाइसँगै खेल्नमा पनि रुची रहेको उनले तर्क गरिन । पढेर भविष्यमा वायू प्रदुषण विज्ञ बन्ने उनको आफनो चाहना रहेको तर्क गरे । उनलाई परिवारको भन्दा पनि देश विकासको लागि वायू प्रदुषण विज्ञ प्रति आफनो झकाव आकर्षित भएको विस्तृतमा उनले खुलासा गरिन । मेरो बाबाले पनि वायू प्रदुषण विज्ञ बन्नु पर्छ भनेर सुझव दिनुभएको उनले बताइन । त्यसैले मैले भविष्यमा वायू प्रदुषण विज्ञ बन्ने लक्ष्य लिएको उनले हास्दै भनिन ।
उनले आफनो देश इन्डियालाई अझै राम्रो बनाउने चाहना भएकोले उनले यस लक्ष्यलाई छवि राखेको उनले बताइन । उनको घर परिवारमा सबैले राम्रो पढ भन्नु भएको पनि खुलासा गरिन । मिलनसार र मेजासिलो स्वभाव भएकी अरुमा विद्यालयमा राम्रो छवि बनाउने सक्षम विद्यार्थी रहेको विद्यालयका शिक्षकहरु तथा प्रधानाध्यापक सिवि जदलीको भनाइ छ । धेरै समय स्कूल बस्न मनपराउने अरुमा साथीहरुसंग बसेर आफनो गृहकार्य गर्न र साथीहरुसंग खेल्न रमाइलो लाग्ने गरेको तर्क गरिन । सबै विषय सजिलो लाग्ने भए पनि धेरै पढन मन लाग्ने विषय विज्ञान र गणित रहेको उनले बताइन ।
सबै शिक्षकहरु मन पर्ने तर प्रधानध्यपक सिवि जदली शिक्षक एकदमै सम्झाई बुझाएर सामाजिक विषय पढाउने शिक्षक हुन र विज्ञान विषय पढाउने अमृता शिक्षक पनि हुन् । सबै साथीहरु मनपर्ने तर आफनो हरेक कुराहरु सियर गर्ने मेरो आमा बिजेता उनको मिल्ने साथी रहेको उनले हास्दै बताइन । उनलाई पढाइ संगसंगै नृत्यमा पनि रुची उति नै रहेको उनले थपिन ।
विद्यालयमा हुने गरेको क्रियाकलापहरुमा अत्यनतै खेल्न मन लाग्ने ब्यडमिन्टर र बास्केटबल खेल मनपर्ने रहेको उनले भनिन् । बाहिरको खानामा मम मनपर्ने अरुमाले बताइन । घरमा आमाले पकाको खानामा दाल भात र पनिरको तरकारी एकदमै मानपर्ने उनको भनाइ छ । घरपरिवार सबैको माया लाग्ने तर धेरै माया मामाघरको आमाको लाग्ने अरुमाको भनाइ छ ।
एकदमै ज्ञानी सबैले भनेको मन्ने सबैसंग हासेर कुरा गर्ने सबैलाई माया गर्ने पढाइ पनि राम्रो रहेको उनको परिवारले बताए । भविष्यमा पढेर जे बन्ने इच्छा गर्छिन हामीले त्यही बनाउने हो उनको परिवारका सदस्यले तर्क गरे ।