जातीय विभेदका घटनासँग जोडिएका समाचारहरुको हेड लाईन बन्नु सामान्य जस्तै भएको छ । हरेक दिन बिहानै दिनचर्या सुरुहुँदा हुँदै संचारमाध्यम पत्रपत्रिका, रेडियो तथा टेलिभिजन र अनलाइनहरुमा आउने समाचारको हेड लाइन नै प्रायः यस्तै समाचारबाट हुने गरेको पाइन्छ ।
हाम्रो गाँउघर समाजसँगै शहरका हरेक गल्ली अनि भिडमा जातीय भेदभाव वा सोसँग सम्बन्धित समाचार पढिरहेका, सुनिरहेका र देखिभोगिरहेका हुन्छौं । तर यस्ता विभेदका समाचारहरुलाई खण्डन गर्ने तथा आज जातीय सहिष्णुताको उदाहरणीय कार्य गर्न निकै चुनौति बनेको छ । त्यसरी लेखिएका वा बोलिएका समाचार न्यून अथवा नगन्य रुपमा मात्र देखिन हामी र हाम्रो सामाजिक सोच अहिले पनि कहाँ रोकिएको छ भन्ने सजिलै अनुमान लगाउन सकिन्छ ।
तर प्रश्न फेरि पनि त्यही छोडिन्छ । जहाँ पिडकहरुको आँखाले न्याय खोजिरहेको आशावादी सहितको भिडमामा पश्न अनुत्तरीत हुन्छ । साक्षरताको पाटो अब कता र कस्तो हुनपर्दछ ? भन्ने बिषय चासोको बिषय बन्नुपर्दछ । गाउँ तथा शहरीया जनजीवनको हरेक पाईलामा हुने गरेका जातीय बिभेदका कारण उत्पन्न घटनाले शारीरिक एवंम् मानसिक रुपमा मानवीय सोच र क्षमतालाई कमजोर बनाउने वातावरणको सृजना हनुपर्छ ।
अहिलेको मानवीय जीवनशैली आउने पिढीहरुको लागि राम्रो निरन्तता होइन । हिजोको पुस्ता अर्थात आमा हजुरआमाको पुस्ताभन्दा हामी छोरा नातीसम्मको भोगाई र अबका हाम्रो सन्तानहरुले बुझ्ने मानशिकतामा फरक अनुभुति गराउने शिक्षा प्रणालीको विकाशमा सोचनीय भुमिका हुनु जरुरी छ ।
जातीय मानसिकताकै कारण पीडित
नेपाल जस्तो विकान्सोन्मुख मुलुकमा राजनीति परिवर्तनले छलाङ्ग मारिसकेको सन्दर्भमा समेत कानुनी कुनै किसिमको विभेद नरहेको तर व्यावहारतः दृष्टिकोणमा निश्चित जाती तथा समुदाय, मुल्य मान्यता र परम्परागत कुरितीहरुको जराले निक्कै गहिरो सतह समातिसकेको छ । अहिलेको एक्काईसौ शताब्दीमा आईपुग्दा पनि कतिपय विभेदकारी सोचका कारण नेपाली समाजमा तल्लो जात अथवा दलित भन्ने शब्द प्रहार भइरहेको छ ।
यति मात्रै कहाँ हो र ? दुःखको कुरा त के भने दलित भनिनेहरुकै बिचबाट पनि आपसमा अन्तरसंघर्ष हुनु छुवाछुतको प्रथालाई हामी सानो जातको हौं छुनु हुँदैन भन्ने मानसिकता बोक्नु जस्ता विद्यमान पक्षहरुले स्थान पाउनु पनि जातीय विभेदको अन्त्य हुनमा रोकावट आउनु हो । दलितहरु बीचकै सम्बोधन, बोलीचाली र व्यवहारले यस्ता कुरीतिलाई बढावा गर्ने कार्य गर्न हुँदैन । हुन त जातीयताको अनौठो छाप बसिसकेको मानवीय सोचाई र भोगाईको पीडाले बिक्षिप्त बनेको मन कस्तो हुन्छ ? ती दण्डितहरुलाई थाहा छ । एकै समाजमा बस्ने, एकै कार्यालयमा काम गर्ने एकै बस्तिमा पनि फरक व्यवहार भोग्नेहरुलाई यो जातीय विभेदको साङ्गलोले कसरी कसिएको छ भनेर ।
बोली र व्यवहारको प्रहारकै कारण आज जाती तथा समुदायले आफूलाई आफ्नो नाम र नामसँग जोडिएको थर भन्न केहिबेर घोरिने गरेका थुप्रै उदाहरण छन् । आजको शिक्षित भनिएको समाज र ती शिक्षित भनिनेहरुले गरेका व्यवहारले कहिँ कतै जातीय मुल्य र मान्यतालाई सम्बोधन गरेता पनि अधिकांश बस्ती तथा शहरहरुमा अहिले पनि जातीय वितण्डा जहाँको त्यहिँ रहेको पाइन्छ ।
तर समय र परिस्थिति अनुसार पीडितहरुले खुलेर जातीयताको बिरुद्ध आवाज उठाएर जातीको नाउँमा हुने गरेको मानसिक एवंम शारीरिक कष्टलाई बिरोध गर्न हिच्किचाएको कारण पनि कतिपय स्थानमा दबिएर नै बाच्नु पर्ने स्थिति रहेको छ । मानवीय चेतनाको अभाव पहिलो कारण हो भने जातीय सोच तथा मानसिकताको कारण पनि जातीय विभेदको बाधक मध्येको एउटा कारण हो ।
अबको शिक्षा प्रणाली
सबैजसो कुरा मागेर मात्रै प्राप्त हुदैन । राज्यले यो गरेन त्यो गरेन भन्दा पनि आफ्नो हक र अधिकारको लागि आफै जिम्मेवार बन्न पर्दछ । आफ्ना शोषित समुदायलाई जनचेतनाको मार्ग प्रशस्त गर्ने, विचार र व्यवहारलाई समानता प्रदान गर्ने हेपिएको, ठगिएको र ओजेलमा परेका समुदायको खोज गरी उनीहरुको मनोभावनालाई समेट्ने आफ्नो जात, आफ्नो थर प्रति गर्भ महशुस गर्ने ।
हाम्रो समाजले जसरी बाहुनलाई बाहुन, क्षेत्रीलाई क्षेत्री नेवारलाई नेवार भन्दा केही फरक नहुने । तर कामीलाई कामी, दमाईलाई दमाई सार्कीलाई सार्की भन्दा दलित भनेर बोलाएको मानसिकता किन विकास हुन्छ ? यो एक सोचाइको कुरा हो । के भो त दमाई कामी भनेर चिनिदाँ किन तल्लोजातको भन्ने महसुस भएको र साघुरिएको ? यस्ता मानसिकताबाट बाहिर आउन जरुरी छ ।
जातीय सम्मान र जातीय विभेदको मनोदशाबाट छुट्कारा पाउन सबैभन्दा पहिले त पहिले नामसँग जोडिएर आएको आफ्नो थरसँग गर्व गर्न सक्नु पर्दछ । एक जाती समुदायले अर्काे जाती समुदायलाई हेर्ने सोच्ने र बुझ्ने वातावरणको निमार्ण गर्ने हो भने केही हदसम्म आको शिक्षा तथा शिक्षाको प्रणालीले कार्य गर्न सहज वातावरण बनाउँछ ।
अन्त्यमा, प्रत्येक व्यक्ति स्वतन्त्र जन्मन्छ । तर समाजमा विस्ताारै विस्तारै अन्धविश्वासाको नामले गलत धारणा र संरचनात्मक मान्यताले नागरिक नागरिक विभेदकारी व्यवहार सिकाइरहेको हुन्छ । मानव अधिकारको विश्वव्यापी घोषणा पत्रले जातजाती वर्ण, लिङ्ग, भाषा, धर्म वंश जन्म वा कुनै पनि प्रकारका भेदभाव गर्न हुँदैन ।
राज्यले भेदभाव रहित व्यवस्था सुनिश्चित गरेर मात्रै समस्याको समाधमा हुदैन । हिजोसम्म गाँउमा कोहि मर्दा मलामी मलामी मात्रै आयर अन्त्यष्टि गर्ने घाटसम्म फरक फरक रहेको अवस्थाबाट समाज निक्कै बाहिर आइसकेको छ । शहरमा मनमा जे जे लागे पनि एउटै धारा पानीको मुहान प्रयोग बन्चितबाट बाहिर आइसकेको छ ।
जातीय कारण खुलेआमको हेपाईको अन्तर घटेको छ भने जातीय कारण नै समाज बन्चितको वातावरण अन्त्य भएको यस्था थुप्रै थुपै परिवर्तन भइसकेको कारण अब जातीय मानसिकताबाट बाहिर आउन जरुरी छ ।
जबसम्म हामीले आफुले आफुलाई सम्मान गर्न जान्दैनौ, आफुले आफैलाई चिनाउन हिच्किचाउँछौं तबसम्म परिवर्तनको बढि चर्का कुरा गरेर मात्र समग्रमा परिवर्तन सम्भव छैन । त्यसैले हरेकले आफ्नो जन्मदैको जातको थर उचारण गर्दैमा अतालिनु पर्ने हुँदैन । आफूले गर्व गर्न सक्नु पर्छ ।