मंसिर ४ गते प्रतिनिधी सभा र प्रदेश सभा सदस्यको निर्वाचनको मिति तय भएको छ । दलहरु चुनावी रणनिती बनाउने कार्यमा जुटेका छन् भने विभिन्न दलका नेताहरु आ–आफ्नो क्षेत्र तय गर्दै समाजिक संजालबाटै उम्मेदवारी घोषणा गरिरहेका छन् । यसैमा केन्द्रित रही पर्सामा पनि विभिन्न दलका नेताहरुको समर्थकले संमाजिक संजालबाटै उम्मेदवारी घोषणा गरि अहिलेदेखी नै जनताको घरदौलो र मतदाता फकाउने कार्यमा जुटिसकेको देखिन्छ ।
यी मध्येको एक हुन नेकपा एमालेका नेता राजकुमार गुप्ता । यीनले आफैले उम्मेदवारी घोषणा नगरे पनी गुप्ताका समर्थक र कार्यकर्ताले क्षेत्र नं. ३ बाटै चुनाव लड्ने घोषणा गरिसकेका छन् । २०७४ सालको निर्वाचनमा पनि गुप्ता क्षेत्र नं. ३ बाट संघीय निर्वाचन लडेका थिए । एकातिर पाँच दलिय गठबन्धन तर्फका उम्मेदवार छ भने अर्कोतर्फ नेकपा एमाले एक्लै मौदानमा हुनेछ । यस अर्थमा स्थानीय चुनाव जस्तै प्रदेश र संघको निर्वाचन रोचक बन्ने देखिन्छ । यसै विषयमा नेकपा एमालेका केन्द्रिय सदस्य रहेका नेता राजकुमार गुप्तासंग मध्य नेपालका लागी बलिराम यादवले गरेको कुराकानी जस्ताको त्यस्तै :-
१) नेकपा एमालेले विश्वास नगरेको अवस्थामा सरकारले चुनावको मिति घोषणा गरेको छ ? यसलाई तपाईले कसरी लिनु भएको छ ?
समयमै चुनाव हुनुपर्छ एमालेले भनेकै थियो । संबैधानिक हिसाबले पनि मंसिर ४ गते निर्वाचन हुनुपर्ने हो जुन घोषणा भएको छ । यसलाई एमालेले स्वीकार्दै स्वागत गरेको छ । यो राम्रै कुरा हो ।
२) स्वतन्त्र र निश्पक्ष निर्वाचन हुन्छ भन्नेमा एमाले कतिको विश्वस्त छ ? यसमा एमालेको भुमिका के रहन्छ ?
हाम्रो मांग हो स्वतन्त्र र निश्पक्ष चुनाव हुनुपर्छ । जुन सरकारले गराउनुपर्छ । तर सरकारको काम हो कि कति निश्पक्षता गर्छ ? जे होस् जनताले मत दिने हो । हामी चुनावबाट भाग्दैनौं, जनताबिच जान्छौं । अर्काे कुरा एमाले त प्रतिपक्षको भूमिकामा छ नि । कहि कतै केही गलत हुन्छ भने, सरकारको बिरुद्ध हामी आवाज उठाउन पछि हट्दैनौँ । सरकारले दमन गर्याे भने जनताबिच गई सरकारको रवैयाबारे कडा रुपमा प्रतिवाद गर्छौ ।
दलीय गठबन्धनसंग कुनै आधार छैन् । नेकपा एमाले एक्लै चुनाव लड्छ । जनताको साथ र सहयोग पाउँछौं भन्नेमा हामी विश्वस्त छौं । पाँच दलीय गठबन्धनलाई सबै नेपाली जनताले चिनिसकेका छन् । न कुनै भिजन छ न कुनै उदेश्य
३) पर्सामा एमालेलाई चिनाउने यहाँ नै एक मात्र नेता हो भनिन्छ ? दलीय गठबन्धनको सामना एमालेले कसरी गर्छ नी ?
पर्सामा एमाले चिनाउन म होईन् । धेरै पहिलादेखी नै हाम्रा अग्रज नेताहरुको मेहन्तले पर्सामा एमाले चिनिएको हो र म त्यसमध्येको एक जुनियर कार्यकर्ता मात्रै हुँ । धेरै पहिलादेखी नै अग्रज नेताहरुले मिहिनेत गरेर बनाएको पार्टी हो । हामी त पछि आएका हौँ ।
२०७४ मा नेकपा एमाले र माओवादीको गठबन्धन भएको थियो । हामी दुईटै एउटै बिचार समूह र कम्युनिष्ट भएर गठबन्धन गरेका थियौँ । तर यो गठबन्धनको रवैया हेर्नुस् न त यसमा कम्युनिष्टको विचार छ, न त कांग्रेसको छ अरु त अरु यो देशमा संघीयता हुनु हुँदैन् त्यो धार बोकेका चित्रबहादुर केसीको पनि पार्टी छ ।
अर्काे दलीय गठबन्धनसंग कुनै आधार छैन् । नेकपा एमाले एक्लै चुनाव लड्छ । जनताको साथ र सहयोग पाउँछौं भन्नेमा हामी विश्वस्त छौं । पाँच दलीय गठबन्धनलाई सबै नेपाली जनताले चिनिसकेका छन् । न कुनै भिजन छ न कुनै उदेश्य भएका गठबन्धनले देशको विकास गर्नुभन्दा पनि मन्त्रालयको भागबण्डा मिलाई देशलाई लुट्ने खाने र आफ्नो सिट कसरी सुरक्षित राख्ने मै ध्यान छ ? त्यसैको लागि यो गठबन्धन बनेको छ । विश्वकै कुरा गर्ने हो भने बामपन्थी र दक्षिणपन्थीको कही पनि गठबन्धन भएको छैन् । तर नेपालमा सत्ता स्वार्थको लागि गरिएको छ । सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाले प्रचण्डसंग साटघाट गरेका छन् जबकी त्यही प्रचण्डको टाउकोको मोल तोक्ने प्रधानमन्त्री शेरबहादुर देउवा नै हुनुहुन्छ । तर पनि गठबन्धन गर्नु भएको छ ।
गठबन्धन त दुई÷तिन वटा दलसंग मन, बिचार मिल्नेसंग गर्नुपर्छ । जसरी २०७४ मा नेकपा एमाले र माओवादीको गठबन्धन भएको थियो । हामी दुईटै एउटै बिचार समूह र कम्युनिष्ट भएर गठबन्धन गरेका थियौँ । तर यो गठबन्धनको रवैया हेर्नुस् न त यसमा कम्युनिष्टको विचार छ, न त कांग्रेसको छ अरु त अरु यो देशमा संघीयता हुनु हुँदैन् त्यो धार बोकेका चित्रबहादुर केसीको पनि पार्टी छ । कुनै हिसाबले बिचारको मेल खादैन् । देशमै बलियो रहेको नेकपा एमालेलाई हराउने उदेश्यले मात्र गठबन्धन बनेको छ । यो गठबन्धन भन्दा पनि ठगबन्धन धेरै कुरामा छ ।
४) स्थानीय तहको परिणामबाट संघीय र प्रदेश निर्वाचनले गठबन्धन भन्दा एमाले कुन अवस्थामा पाउनु भएको छ ?
पर्सामा वीरगंज महानगरमा त गठबन्धन छदै थियो । तैपनि पर्सामा एमाले एक्लै लड्दा पहिलो दल बनेको छ । स्थानीय निर्वाचन जातीबाद, नाताबाद र स्थानीय मुद्दामा हुन्छ । तर अब हुने संघीय र प्रदेश निर्वाचन मुलुकलाई विकासको गतिमा बढाई देश बनाउने चुनाव हो । र त्यो जिम्मेवारी असलपूर्वक निर्वाह गर्ने एक मात्र राजनेता पूर्वप्रधानमन्त्री केपी शर्मा ओली मात्र हुन् । सबै आम नेपाली जनता मुलुकमा सशासन, समृद्धिसहितको दिर्घकालिन विकासको लागि नेकपा एमालेलाई एकल बहुमत दिन्छन् जस्तो मन बनाएका छ । र हामी त्यसको तयारी गरिरहेका छौँ ।
५) मधेश प्रदेश वा पर्सामा एमालेले अन्य दलसंग चुनावी गठबन्धन गर्छ की गर्दैनन् ?
त्यसतो सम्भावना छैैन् । एक्लै लड्छौं भनेर हामीले पनि पार्टीमा भनेका छौं । केन्द्रिय कमिटिको बस्ने बैठकमा पनि यो कुरा राख्छौं । तर सम्भवतः देशैभरी नेकपा एमाले गठबन्धनबिरुद्ध एक्लै चुनाव लड्छ । वीरगंज महानगरमा लोसपासंग चुनावी गठबन्धन भएको थियो । त्यसको परिणाम पनि हामीले हेर्याै । एमालेका मेयर उम्मेदवारले २६ हजार मत पाउँदा लोसपाका उपमेयर उम्मेदवारले ८ हजार मात्रै मत पाउनु भयो । त्यसको आधार कुनै लोसपाका नेता कार्यकर्ता छैनन् जो लोसपासंग गठबन्धन गर्छन् । त्यो गर्नुभन्दा राम्रो हामी एक्लै चुनाव लड्छौं ।
कांग्रेसको १९/२० सालको कार्यकाल सरकारमा पनि रहयो । तर त्यो क्षेत्रमा २०७४ भन्दा पहिला एक मिटर पनि कही पक्की सडक थिएन् । पुल पनि थिएन् । तर २०७४ मा हारेर पनि नेकपा एमालेको ३८ महिनाको सरकारमा विभिन्न योजना ल्याएर कहि ढलान सडक त कही पिच सडक बनाउन लगाएको छ ।
६) पर्सामा एमाले नै जित्ने आधार के देख्नुहुन्छ ? र खास गरि यहाँलाई नै जनताले किन जिताउने ?
मलाई त नभनौं । नेकपा एमालेको उम्मेदवारलाई भनौं । अहिले म उम्मेदवार बनि पनि सक्या हैन् । पार्टीले आवश्यकता ठान्यो भने म पनि उम्मेदवार हुन सक्छु । तर पर्सा क्षेत्र नं. ३ मा विगतमा एउटै व्यक्तिले बारम्बार चुनाव जितेर सरकारमा गई दुई÷तिन पटक मन्त्री पनि भए । कांग्रेसको १९/२० सालको कार्यकाल सरकारमा पनि रहयो । तर त्यो क्षेत्रमा २०७४ भन्दा पहिला एक मिटर पनि कही पक्की सडक थिएन् । पुल पनि थिएन् । तर २०७४ मा हारेर पनि नेकपा एमालेको ३८ महिनाको सरकारमा विभिन्न योजना ल्याएर कहि ढलान सडक त कही पिच सडक बनाउन लगाएको छ ।
स्थानीय सरकारको पैसामा ढलान र पिच सडकको विकास भएको छ । नेकपा एमालेको एउटै मुद्दा हो देशलाई कसरी समृद्ध बनाउने । त्यसका लागी ‘‘सुखी नेपाली, समृद्ध नेपाल’’ को अवधारणा लिएर एमाले हिडिरहेको छ । देशको प्रगतिको लागि एमालेलाई जनताको मत चाहिन्छ । र पर्सेली जनताले कांग्रेस र जसपालाई मत दिएर आजित भईसकेका छन् । त्यही भएर आम जनसमुदायमा एउटै लहर छ कि पर्सा क्षेत्र नं. ३ मा नेकपा एमालेबाट जोकोही उम्मेदवार बन्नुहुन्छ । त्यसैलाई जिताउने जबर्जस्त किसिमको चर्चा छिडिसकेको छ ।
७) पर्सा क्षेत्र नं. ३ बाट यहाँ नै लड्ने संकेत पनि दिईसकनु भयो, यहाँको कार्यकता र समर्थकले पनि घोषणा गरिसकेका छन् ? निर्वाचनमा कति रकम खर्च गर्ने सोच्नु भएको छ ?
साथीहरुले घोषणा गर्नु भएको छ । मैले गरेको छैन् । पार्टीभित्र छलफल भई क्षेत्रिय कमिटिले कति साथी उम्मेदवार हुनुहुन्छ अनि मात्र टुङ्गो लाग्छ । तर अहिले नै म उम्मेदवार हो भने भन्न मिल्देन तर उम्मेदवार मध्ये मेरो पनि चाहना चाँही हो । पार्टीले आवश्यक ठान्यो भने मलाई पनि लडाउन सक्छ वा मभन्दा कोही उपयुक्त हुनुहुन्छ भने वहाँलाई पनि लडाउन सक्छन् । तर पार्टीले जसलाई टिकट दिन्छ उसैलाई हामीले जिताउने हो ।
व्यक्ति हार्ने जित्ने होईन नेकपा एमाले सुर्य छाप जित्ने वा हार्ने हो । तर म नै चुनाव लडे निर्वाचन आयोगले कतिसम्म खर्चको मापदण्ड तोक्ने त्यही परिधीमा रहेर नियमानुसार खर्च गर्ने हो । त्यो भन्दा बढि गर्न हामीसंग पैसा पनि छैन र त्यो कानुनी अपराध पनि हो ।
८) तर क्षेत्र नं. ३ बाटै लड्ने निलम्बित भएका सांसद हरिनारयण रौनियारका समर्थकले पनि घोषणा गरिसकेका छन् ? यति पैसाले रौनियारको सामना गर्न सक्नुहुन्छ त ?
हामी जनताको सामना गर्ने पैसाको सामना गर्ने होईन । जनताले चाहे जिताउँछन् जनताले चाहे हराउँछन् । हरिनारायण रौनियारको घोषणा पनि राम्रै कुरा हो । वहाँ फरक बिचारधारा पार्टीका नेता हुन् । उनको पैसाको तुलना हामी गर्दैनौं । रौनियारले कति खर्च गर्छन् उनको कुरो हो ? हामी रातदिन जनताको दुःख सुखमा काम गरेका छौं । त्यही भएर ढुक्क छौं । जनताले परिवर्तन खोजिरहेको छ र परिवर्तन गरेर हामीले देखाउँछौँ ।
९) निर्वाचन केन्द्रित मतदातालाई रिझाउन यहाँको एजेण्डा के हुनेछ ?
नेकपा एमालेको एउटै नारा छ ‘‘सुखी नेपाली, समृद्ध नेपाल’’ । समग्र क्षेत्रको विकासको अवधारणा लिएर नै हामी जनताको बिचमा जान्छौं । जो सधैदेखी पिछिडिएको छ । विकासका गतिहरु न्युनतम रुपले अगाडी बढेको छ । नेकपा एमाले जित्यो भने त्यसता क्षेत्रमा समस्त विकासको अनुभुति गाउँ टोलदेखी पालिकासम्म गराउँछौं । यही नै मुख्य उदेश्य रहन्छ ।
धेरै खर्च गर्ने सबै उम्मेदवार हारेका छन् र थोरै खर्च गर्नेहरु जितेका छन् । बढि पैसा खर्च गर्नेहरुलाई स्थानीय निर्वाचनमा जनताले हराएर त साबित नै गरिदिएका छन् कि खर्चिला उम्मेदवारको अवस्था कस्तो हुन्छ ।
१०) टिकट बाँडफाँडमा पार्टीभित्र योगदान गरेकालाई दिनुहुन्छ कि बढि खर्च गर्ने खर्चिला उम्मेदवारको खोजीमा हुनुहुन्छ ?
पैसा नै खर्च गरेर चुनाव जितिन्थ्यो भने यसैपालिको स्थानीय निर्वाचनमा अधिक खर्च गरेका उम्मेदवारहरुले नराम्ररी हार व्यहोरेको सबैलाई अवगत भएको कुरा हो त्यसरी हार्दैन्थ्यो । धेरै खर्च गर्ने सबै उम्मेदवार हारेका छन् र थोरै खर्च गर्नेहरु जितेका छन् । बढि पैसा खर्च गर्नेहरुलाई स्थानीय निर्वाचनमा जनताले हराएर त साबित नै गरिदिएका छन् कि खर्चिला उम्मेदवारको अवस्था कस्तो हुन्छ ।
११) पर्सामा एमालेबाट चुनाव लडने को को उम्मेदवारको चर्चा चलिरहेको छ ?
पर्सा क्षेत्र नं. ४ बाट संघीय सांसदमा लड्ने एमाले पर्साका अध्यक्ष जयप्रकाश थारुजी हुनुहुन्छ भने अर्काे जालिम मियाँजीको पनि चर्चा चलिरहेको छ । क्षेत्र नं. ३ मा मेरो पनि चाहना हो तर भोली अर्काे साथीले पनि उम्मेदवारी दिन सक्छन् । क्षेत्र नं. २ मा एमाले पर्साका जिल्ला इन्चार्ज प्रभु हजराले इच्छा जनाउनु भएको छ । र क्षेत्र नं. १ मा बिचारी यादव र बसरुद्दिन अंसारी लगायतका साथीहरुको नाम चर्चामा छ । तद्यापी एमाले पर्सामा खासै विवाद छैन् । सहमति मै छलफल गरेर कोही प्रदेशमा लड्नुहुन्छ भने कोही संघमा ।
उतिबेला मधेश आन्दोलनको रापताप हुँदा म हारे । तर अहिले म राम्रो तयारी गरेको छु । पार्टीले टिकट दिए म क्षेत्र नं. ३ बाट लड्छु । र त्यस क्षेत्रको विकासको लागि मैले मास्टर प्लान पनि बनाएको छु ।
१२) यहाँ संविधान सभा सदस्य पनि हुनुहुन्छ ? यहाँले आफ्नो क्षेत्रबासीको लागि गरेको मुख्य उपलब्धी के के हुन् नी ?
२०७० सालमा जित्दा २ वर्ष संविधान बनाउन मै रहयौ । त्यपछिको डेढ वर्ष मधेश आन्दोलनको रापताप हुँदा खासै काम गर्न सकेनौँ । विकास निर्माणका काम अलि अलि गरेपनि मुख्य संविधान बनाउनेतर्फ नै लागिरहयौं । तर त्यो कार्यकाल पनि एकदमै छोटो साढे ३ वर्षको मात्रै थियो । त्यसपछि २०७० सालमा भएको निर्वाचन क्षेत्र पनि बाँडफाँड भयो । केही गाविस क्षेत्र नं. २ मा पर्याे भने केही क्षेत्र नं. ३ मा ।
अब मेरो जनाधार भएको सबै गाबिस क्षेत्र नंं. २ मा पर्याे र मेरो गाउँ क्षेत्र नं. ३ मा पर्याे । २ मा लडु कि ३ मा गर्दागर्दै अन्नतः क्षेत्र नं. ३ बाटै लड्े । उतिबेला मधेश आन्दोलनको रापताप हुँदा म हारे । तर अहिले म राम्रो तयारी गरेको छु । पार्टीले टिकट दिए म क्षेत्र नं. ३ बाट लड्छु । र त्यस क्षेत्रको विकासको लागि मैले मास्टर प्लान पनि बनाएको छु । यस क्षेत्रको जर्जर अवस्थालाई समाधान गर्छु । जनताको सबै दुःख, पिडा, मर्का दुर गर्ने प्रयासमा हुन्छु ।
१३) अन्यतमा के भन्नु हुन्छ ?
देश बनाउन र देश बचाउन गठबन्धनलाई हराउन एकदमै आवश्यक छ । जनादेशबाट बनेको सरकारलाई परमादेशबाट हटाएर त्यती बेलादेखी देशमा जुन स्तिथि बनेको छ त्यसलाई अन्त्य गर्नको लागि राजनेता केपी शर्मा ओलीलाई देशको प्रधानमन्त्री बनाउनु जरुरी छ । त्यसको लागि अत्याधिक मतले पर्सामा नेकपा एमालेका उम्मेदवारलाई जिताउनु जरुरी छ ।