शिक्षा भन्ने साथ सामान्य अर्थमा स्तरीयजीवन यापनका लागि चाहिने गुणस्तरीय सीप र ज्ञान भन्ने बुझिन्छ । वर्तमानमा त्यो जीवनोपयोगी शिक्षालाई प्राविधिक शिक्षा पनि भन्ने चलन अझै व्यापक हुँदै गएको छ । व्यावहारिक, व्यावसायिक र सीपमूलक शिक्षा दिनु नै वर्तमानको आवश्यकता हो । यो कुरा भित्र नैतिक शिक्षा पनि नपर्ने कुरा हुँदैन । राजनीतिको तीव्र परिवर्तन र पश्चिमा शैलीले छोपेको नेपालमा गाउँ–गाउँमा प्राविधिक शिक्षालय पनि खुल्दै गएका छन् । शिक्षाको मापन डिग्रीका लागि मात्र ठानियो भने त्यसले व्यवहारिक पक्षलाई उच्चतम विन्दुमा पु¥याउन सक्दैन । जुनसुकै काम गर्दा पनि सफलतालाई भेट्न गुणस्तर शिक्षाकै आवश्यकता पर्दछ ।
देशभित्र रोजगारी नपाएका युवा खाडी मुलुकमा जाँदा चर्को मूल्य तिरेर पनि न्यून पारिश्रमिकमा श्रम बेच्न बाध्य भएका उदाहरण पनि आवश्यक सीप र स्तरीय ज्ञानको कमिले नै हो । शिक्षा गुणस्तरीय भए त्यो देशमा मात्र नभई देश बाहिर पनि उत्तिकै कामयावी हुन्छ । त्यसैले अहिलेको शिक्षा प्रणाली परिमार्जन गरी प्राविधिक विषयलाई जोड दिएको पनि यसै कारण हो । अनुत्पादक शिक्षालाई व्यवहारिक र उन्नत बनाउन नेपाल सरकारले प्राविधिक शिक्षालाई जोड दिनु पनि यसै कारण हो । नीतिगतरूपमै शिक्षामा सुधार गर्न थालिएको प्राविधिक शिक्षाको महत्व र आवश्यकताका सन्दर्भमा स्थानीय सरोकारवालको प्रतिक्रियाः-
पुरातनवादी, शिक्षाका कारण हामी पछाडी परेका छौं । राजनीतिका अनुत्पादक कुरा गरेर महत्वपूर्ण समय खर्चिरहेका पनि छौं । आफ्नो व्यवसाय गरेर खाने संस्कृतिको विकास गर्न पनि प्राविधिक शिक्षा आवश्यक छ । प्राविधिक ज्ञान भएका कोही पनि मानिस यतिकै बस्न परेको छैन । आजको प्रमुख आवश्यक्ता भनेको व्यवहारिक, व्यवसायिक र सीपमूलक शिक्षा नै हो । पछिल्लो समय विद्यार्थी व्यवहारिक तथा व्यवसायिक शिक्षा आर्जन गर्न उत्साहित छन् । यसबाट छिट्टै आर्थिक तथा सामाजिक विकास गर्न पनि बल पुग्छ । आवश्यक ज्ञान सीप भए मेहनत गर्दा नेपालमा पर्याप्त कमाइ गर्न सकिने उदाहरणहरु प्रशस्त छन् । व्यवसायिक तरिकाले जुनसुकै काम गर्दा पनि सफल बन्ने उदहारण पनि नयाँ पुस्ताका युवाले दिएकै छन् । नेपाली युवा जनशक्ति खाडी मुलूकमा तल्लोस्तरको कामका लागि चर्को मूल्य तिरेर न्यून मूल्यमा श्रम बेच्न बाध्य भएको प्राविधिक ज्ञान सीप र शिक्षाको कमीले नै हो । कपडा सिलाउने, कपाल काट्ने र होटल व्यवसाय सञ्चालन गर्न समेत नेपालीको पहुँच बाहिर छ । यस्ता सामान्य कुरामा पनि व्यावहारिक ज्ञान नपुगेर अर्थ पलायन हुने कुरा सामान्य जस्तो लाग्छ । तर बार्षिक हिसाब निकाल्ने हो भने यसले ठूलो अर्थतन्त्रमा फरक पार्न सक्छ । पछिल्लो समय प्राविधिक कलेज खुल्ने क्रमसँगै विद्यार्थी तथा अभिभावकको ध्यान प्राविधिक शिक्षातर्फ केन्द्रित हुन थालेको छ । विद्यार्थीका लागि पहिले ‘आइरन गेट’ मानिने एसइई परीक्षा उत्तीर्णसँगै भविष्यमा के बन्ने भन्ने मार्गचित्र तयार गरी व्यावसायिक तथा प्राविधिक शिक्षा लिन सके त्यो धेरै हितकारी हुन्छ । अभिभावकहरुले पनि आफ्ना छोराछोरीको ईच्छा अनुसार उपयुक्त शिक्षा प्रदान गर्न सरिक हुनुपर्छ । अब दबाबमा होइन, विद्यार्थीको क्षमता र ईच्छाअनुसारको व्यवहारिक शिक्षा आर्जन गर्नु गराउनु पर्छ । अनि दक्ष युवा विद्यार्थी र वेरोजगार युवाहरुलाई विदेश पलायन हुनबाट रोक्न पर्छ ।
नेपाल एउटा विकासशील देश हो । यसका हामी असल तर पिछडिएको जनता छौं । सबैभन्दा ठूलो कारण हो देशको अनुत्पादक अनि पुरातनवादी शिक्षा । हालको खस्किँदो अवस्थाको जिम्मेवार अहिलेको शिक्षा नै हो भनेर हामीले बुझ्न जरुरी छ । देश विकासमा धेरै पछाडी हुने मुख्य कारण यहि हो । शिक्षा नीतिमा अब ठूलो परिवर्तनको आवश्यकता देखिएको छ । यसले बेरोजगारी समस्याको सामाधान गर्न साथै देश विकासमा पनि ठूलो टेवा पु¥याउँछ । विदेशमा पलायन भएको हाम्रा दाज्यू भाइहरू चर्को मूल्य तिरेर तल्लोस्तरको काम गर्न बाध्य छन् । कारण उनीहरूमा प्राविधिक ज्ञानको अभाव र सीपको कमी छ । सानोभन्दा सानो उदहारण लिने हो भने देश भरी छरिएका हजाम, दर्जी, मोची, मिस्त्री, आदिहरुले घुमी–घुमी एउटा सरकारी कार्यालयको हाकिमभन्दा दोब्बर तेब्बर बढि पैसा कमाइरहेका छन् । तराई होस या पहाड़ यहाँ सञ्चालन हुँदै आएका प्रायः उद्योगहरुमा भारतीय मुलुकका कामदारहरु बढी हुने कारण पनि नेपाली युवाहरुमा प्राविधिक ज्ञान सीपको कमी भएर नै हो । जति नै मिहिनेत गरेर शिक्षा हासिल गरे पनि युवाहरु विदेशिने गर्दछन्, यो वाध्यता किन ? यो कुनै पनि देशको आर्थिक दृष्टकोणले राम्रो संकेत होइन । देश निर्माणमा युवाहरूको सक्रिय तथा रचनात्मक भूमिका रहन्छ । त्यसैले नेपाल सरकारले प्राविधिक शिक्षा अर्थात रोजगारीमूलक शिक्षा दिनु जरुरी छ । नीतिगतरूपमै शिक्षा प्रणालीमा सुधार हुनु आजको आवश्यकता हो ।
नेपालमा बेला मौकामा कस्तो खालको शिक्षा प्रणाली बनाउने भनेर सरकारी तथा गैरसरकारी तहबाट छलफल भएको देखिन्छ तर औपचरिकता प्रदान गर्न सकेको छैन । शिक्षा जनचासो र जनसरोकारको बिषय हो । शिक्षामा जनताको स्वामित्व स्थापित गर्ने कुरा निकै महत्वपूर्ण छ्र । संविधानले शिक्षालाई मौलिक हकको रूपमा स्वीकार गरेको छ । प्रत्येक नागरिकलाई राज्यबाट आधारभूत तहसम्मको शिक्षा अनिवार्य र निशुल्क दिइनु पर्छ । माध्यमिक तहसम्म निशुल्क पाउने हक छ । तर विद्यालय तहसम्मको शिक्षा राज्यको दायित्व भित्र पर्दछ । हरेक नागरिकलाई कक्षा १२ सम्म वा प्राबिधिक शिक्षा निःशुल्क दिने बेवास्था गर्नु पर्छ । वर्तमान समयमा प्राबिधिक शिक्षाको महत्व धेरै छ । त्यसैले प्राविधिक शिक्षालाई अत्यन्त महंगो बनाइनु हुँदैन । यसलाई सरल र निःशुल्क बनाइनु पर्दछ । पहिलो कुरा विज्ञानका अविश्कार वैज्ञानिक खोज र प्रविधिमा विकास गर्ने कुरा मानव विकाशसंग जोडिएको हुन्छ । यी खोज र अविस्कारहरु देश र जनताको लागि हुनु पर्दछ्र । नेपालमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिमको महत्व बढ्दै गएको छ । प्राविधिक शिक्षा र व्यावसायिक तालिमले रोजगारीको अवसरहरु सिर्जना गर्नुका साथै सीप सिकेका मानिसहरुलाई सिर्जनशील बन्न समेत मद्दत गरिरहेको छ । प्राविधिक शिक्षालाई अझ ब्यापक वृद्धि गरी प्रयोगात्मक, गुणस्तरीय र रोजगार उन्मुख बनाउँदै लैजान सके मात्र कोशेढुंगा सावित हुन्छ ।
वर्तमान अवस्थामा प्राविधिक शिक्षा अति नै आवश्यक छ । अहिलेको टेक्नोलोजी यूगमा विभिन्न प्रविधि र माध्यहरुबाट पढाइ हुने गरेको छ । अझ टेक्नीकल क्षेत्रमा काम गर्नका लागि प्राविधिक शिक्षाको बढि जरुरी पर्छ ।
सबै कामहरु कम्प्यूटरबाट नै गर्न पर्ने भएकोले पनि कम्प्यूटरको ज्ञान मात्र नभई सफ्टवेयरको ज्ञानको पनि आवश्यकता उत्तिकै पर्दछ । सफ्टवेयर बनाउने पनि एउटा प्राविधिक ज्ञान नै हो । अहिलेको सन्दर्भमा प्राविधिक शिक्षालाई श्रमसँग गाँसेर हेर्नु अत्यावश्यक भइसकेको छ । जुन विषय अध्ययन गरिन्छ, त्यो सिर्जनात्मक श्रमशक्तिको उत्पादक पनि हो ।
परम्परागत शिक्षाले न त कुनै व्यक्तिलाई गरिबीको दलदलबाट बाहिर निकाल्न सक्छ न त देशमा दक्ष जनशक्ति नै निर्माण गर्दछ । तसर्थ प्राविधिक शिक्षा आजको आवश्यकता नै भएको छ । प्राविधिक शिक्षालाई अझै व्यापक बनाउदै नयाँ सिप सिकाउने विषयलाई नयाँ शिक्षा नीतिसँग जोड्नु पर्छ । जसले गर्दा हाम्रा विद्यार्थीहरु यसको खोजीमा ठूलो रकम तिरेर विदेश जानु पर्ने बाध्यता पनि हटेर जान्छ । देशमा प्राविधिक ज्ञानको अभावले गर्दा विदेशी मुलूकका नागरिकहरू अधिक रुपमा आर्थिक चलखेल गर्न सफल भएको देखिन्छ ।
सबैभन्दा ठूलो आवश्यकता भन्नु नै प्राविधिक तथा उत्पादनमुखी शिक्षा हो । देश विकासमा धेरै पछाडी हुने मुख्य कारण यहि हो । यदि युवाहरुलाई प्राविधिक शिक्षा दिन सक्यो भने परनिर्भरताको अन्त्य र देश विकासको यात्रा सुरु हुन्छ ।
अहिलेको टेक्नोलोजी यूगमा विभिन्न प्राविधि माध्यहरुबाट पढाइ हुने गरेको छ । अझ टेक्नीकल क्षेत्रमा काम गर्नका लागि प्राविधिक शिक्षाको
अझ बढि जरुरी देखिन्छ । त्यसैले
देशमा प्राविधिक शिक्षाको अति नै आवश्यक छ ।
अहिले भनेको प्राविधिक युग हो । वर्तमानमा प्राविधिक शिक्षा पढ्दामात्रै आजका नानीहरु भोलीका कर्णधार हुन् ।
प्राविधक शिक्षा आफैमा सीपमुलक शिक्षा हो । देशमा बेरोजगारीको स्थिति छ । आफै काम गर्दै पढ्दै गर्न पाउँदा त्यसले नतिजा पनि नराम्रो दिंदैन । देश पनि विस्तारै अग्रगमन तर्फ लम्किन सक्छ । यदि युवाहरुलाई प्राविधिक शिक्षामा जोड दिन सके मात्र परनिर्भरताको अन्त्य र देश विकासको यात्रामा पनि सकारात्मक मान्न सकिन्छ ।
शिक्षा देशको आर्थिक विकासको प्रमुख आधार हो । देश विकासमा प्रविधिक शिक्षाको भूमिका ठूलो छ । अहिलेको समयमा एकेडेमीक शिक्षा भन्दा पनि प्राविधिक शिक्षाको आवश्यकता निकै महत्वपूर्ण छ । यसले थारै पढ्यो समात्यो हल धेरै पढ्यो छोड्यो थलो भन्ने नेपाली उक्तिलाई गलत बनाई धेरैमै स्वरोजगार प्रबधन गर्नमा महत्वपूर्ण भूमिका रहन्छ । प्राविधिक शिक्षाको महत्व र आवश्यक्तालाई मध्यनजर गरी महानगरपालिकामा पनि दुई दारका प्राविधिक शिक्षा संचालित छन् ।