यस पटक कतार विश्वकपमा सहभागि हुने टोलि अघिल्लो विश्वकपमा जस्तै धेरै पर बस्न पाउने छैनन् । फिफाले राष्ट्रिय टोलि घोषणा गरेको होटल र प्रशिक्षण स्थलको सुूचि अनुसार सहभागि हुने टोलि होटलमा बस्नुपर्ने छ, भने प्रतियोगिता अभ्यासको लागि एउटै मैदान प्रयोग गर्नुपर्ने जनाएको छ ।
फिफाका अनुसार सहभागि ३२ मध्ये २४ टिम राजधानि भित्रै एक अर्काको नजिक छोटो दुरिमा बस्नुपर्ने छ । ३२ राष्ट्रको खेलाडी र टिमका प्रशिक्षण एउटै क्षेत्रमा भेला हुनेछन् । फ्यानहरुले नजिकैको अलसामान स्टुडियोमा सजिलै पहँुच पाउने छन । यसले विश्वकप हेर्न कतार पुगेका समर्थक माझ अझ उत्साह थपिने देखिन्छ ।
कतार विश्वकपको लेआउट ४ वर्ष पहिले रुसमा प्रयोग गरेको भन्दा विपरित छ । जँहा टिमलाई १३ सय माइल भन्दा टाढा राखिएको थियो । जसका कारण खेल स्थान पुग्न टिमले हवाई यात्रा गर्नु परेको थियो । तर यस पटक टिमलाई छोटो दुरी मै राखिएको छ । छोटो दुरीमा बस्दा खेलाडीहरुसँग प्रतिश्पर्धाको समयमा प्रशिक्षण र आराम गर्न धेरै समय हुने फिफाको विश्वास छ । आवासको लागि फिफाले ५ तारे होटल देखि रिसोर्ट, गैर आवास होटल, खेल एकोडेमि आवास, स्कुल तथा विश्व विद्यालय आवास पनि प्रयोगमा ल्याइने भएको छ ।
सहभागि टोलिले आफ्नो पहिलो खेलको कम्तिमा ५ दिन पहिले होटल र प्रशिक्षण जाँच गर्नुपर्ने छ । डिफेन्डिङ च्याम्पीयन फ्रान्स नजिकैको रिसोटमा बस्ने छ । जुन मध्य पूर्वको सबैभन्दा ठुलो बिलासि रिसोटको रुपमा लिइन्छ ।
कतारि राजपरिवारकै सद्स्यको समित्वमा रहेको यो रिसोटमा एक कोठाकै प्रतिरात १० हजार डलरभन्दा बढि खर्च लाग्छ । उनिहरु इगल्यान्ड सोकलबाका होटलमा रहने छ । जहाँ अधिकारिहरुले ह्यारिकिङ र बाँकि सद्स्यहरुको लागि नजिकैको सार्वजनिक समुद्र टटको एक भाग बन्द गर्ने योजना समेत बनाएका छन ।
ब्राजिलले ब्यट्रेन सहरको केन्द्र छनोट गरेको छ । जुन अमेरिकन पर्यटनको मूख्य गन्तव्य हो । योनलमेसिको अर्जेन्टिना र पूर्व च्याम्पीयनद स्पेनले कतार विश्व विद्यालयको लगजरी आवास छानेका छन् । जहाँबाट उनिहरु हिडेर आफ्नो प्रशिक्षण आवास पुग्न सक्ने छन । प्रतियोगिताका दैरान कतारमा १२ लाख भन्दा सर्मथक पुग्ने अनुमान छ ।