वीरगंज महानगरपालिकाले कृषि सामाग्री कम्पनी लिमिटेड वीरगंजको गोदामबाट ४ वटा ट्रक र एकवटा ट्रयाक्टर रासायनिक मल नियन्त्रणमा लिएको हो ।
पर्साका कृष्कहरुलाई मल नबाटेर अन्यत्र जिल्लामा पठाउन लागिएको भन्दै कृष्कले रोक लगाएपछि वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले मल नियन्त्रणमा लिएर महानगरपालिकामा राखेको छ ।
पर्सा जिल्लाकै लागी मात्रै ८ हजार मैट्रिक टन आवश्यक्ता भएपपनि जम २७ सय बोरा पर्सा जिल्लाका लागी छुट्याइएको भन्दै कृष्कहरुले गोदाम अगाडी नै नाराबाजी गरेका थिए । वीरगंज महानगरपालिका वडा नं. १६ स्थित भुटनदेवि माई मन्दिरस्थित गोदाममै पुगेर स्थानीय वडा अध्यक्ष तथा मेयर समेतले पहिले मल पर्सा जिल्लाका कृष्कहरुले पाउनुपर्ने माग राख्दै केहि बेर प्रदर्शन समेत गरेका थिए ।
वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले पर्साका जनताले धुलो माटो खाने र यहीँका कृष्कहरुले मल नपाउनु दुर्भाग्यपुर्ण रहेको भन्दै मल नियन्त्रणमा लिएको बताए ।
उनले मलको समस्या केन्द्र सरकारको भएपनि स्थानीय सरकारलाई दबाब थेग्नै नसक्ने गरी परेकाले बाध्य भएर ट्रक नियन्त्रणमा लिएको प्रतिक्रिया दिए । स्थानीय सरकारको दायित्व अन्तर्गत यहाँका समस्या पर्ने भएकाले जबसम्म यहाँका कृष्कहरुले मल पाउँदैनन् तबसम्म ट्रक जान नदिने प्रतिक्रिया दिए ।
(बाईट १ राजेशमान सिंह, मेयर, वीरगंज महानगरपालिका)
कृषि समाग्री लिमिटेडले ८ सय बोरा पर्सा जिल्लाका लागी मल छुट्याएको कृषि समाग्री लिमिटेड वीरगंजका प्रमुख चन्द्र प्रसाद चौलागाईले बताए । जिल्लाबाट हामीले आवश्यक्ता अनुसारको रिपोर्टीङ्ग गरेपनि यहाँका कृष्कहरुलाई उपलब्ध नगराएकाले यस्तो समस्या आएको प्रमुख चौलागाईले बताए । किसानले कृषि सामाग्री कम्पनी लिमिटेडको प्रादेशिक कार्यालयको भुटनदेवीस्थित गोदामबाट मल नियन्त्रणमा लिएका हुन् ।
नियन्त्रणमा लिएको मल पर्वत, पोखरा, बारा, ढलकेबर र मकवानपुरका लागी पठाउन लागिएको मल नियन्त्रण लिएको हो । यता महानगरपालिका प्रमुख मेयर सिंहले मल नियन्त्रण लिएकोमा यहाँका कृष्कहरुले राम्रो काम भएको प्रतिक्रिया दिएका छन् ।