वीरगंज । पर्साको वन कर्मचारी तथा जनप्रतिनिधीहरुको मिलोमतोमा नै वनको सयौ बिगहा जग्गा अतिक्रमण गर्न लागीएको छ । वन मन्त्रालयको जिम्मेवारी सम्हालेका वन मन्त्री प्रदिप यादवकै जिल्लामा वनका कर्मचारी र स्थानीय जनप्रतिनिधिको मिलोमतोमा वनको जग्गा हडपने काम भइरहेको पाइएको छ ।
पर्साको पर्सागढी नगरपालिका वडा नं. ३ अन्तर्गत पर्ने बढनियार चोकको पुर्वपटि रहेको वनको जग्गालाई अतिक्रमण गर्न नगरपालिकाकै स्काभेटर प्रयोग गरि वनमा उम्रेका स–साना रुख, पात पतिङ्गरहरु सफाई गर्ने काम भईरहेको पाइएको हो । विग्त दुईदिन देखि पर्सागढी नगरपालिकाको ना १ ग ७६१ नम्बरको स्काभेटर प्रयोग गरि वनको जग्गालाई कब्जा गर्ने उदेश्यले माटो पुर्ने र बस्तीको सडकको बहाना बनाएर बाटो तथा नाला निकाल्ने काम भइरहेको पाइएको छ । जग्गालाई सम्य पार्दै गर्दा समाचार सम्प्रेसनका लागी संचारकर्मी पुगेको खबर पाए लग्तै स्काभेटर चालक भने, फरार भएका थिए ।
वनको जग्गालाई समाजिक तथा धार्मीक काममा प्रयोग गरिने बहाना बनाई पहिलो चरणमा सो ठाऊँ सफा गर्ने पछि टहारा बनाउदै पक्कि घर समेत बनाउने गाउँलेहरुको योजना रहेको पाइएको हो । नजिकिदैँ गएको जनैपुर्णिमाको मेला लगाउने उदेश्यले वनको जग्गा अहिले अतिक्रमण गर्न लागेको छ । वनको जग्गाको उत्तर तर्फ मेला लगाउन वनकै खुल्ला जग्गा हुँदा हुँदै वस्ती पछाडी वनको जग्गामा भएको रुख, विरुवा उखेलेर जग्गा हत्याउन उदेश्यले नगरपालिकको स्काभेटर प्रयोग गरि जग्गा सामसुम पार्न लागिएको छ । हरेकवर्ष मेला हुने ठाऊँमै मेला लगाइएपनि नव निर्वाचित मेयर गोकर्ण पाठक आए लग्तै वनको जग्गामा स्थानीयको आँखा लागेको छ ।
मेला लगाउने ठाउँमा नाला खनिएसंगै ग्रेभल बाटो बनाउन पर्सागढी नगरपालिकाको कार्यलयले आफै बनाउन थालेपछि उनको उदेश्य स्पष्ट देखिन्छ । सो जग्गालाई अतिक्रमणका लागी सरकारी समयन्त्र नै सहयोग गरिहेका कारण सरकारी स्काभेटर पठाएको देखिन्छ । बढनियार बजारको पुर्वपटि रहेका ठुल्ला ठुला पक्कि घरपनि उतीबेला यसै अनुसार कब्जा गरिएको थियो । ३ धुरदेखी ५ धुर नम्बरी जग्गा रहेका यस चोकमा अहिले यहाँका घर धनीहरुसंग प्रतिघर १० कठासम्म वनको जग्गा अतिक्रमण गरिएको छ । सोही वडाको पहाडी टोलमा पनि ५० बिग्हाभन्दा बढी जग्गा केही महिना अगाडी अतिक्रमण गरि अहिले बगुरको खोर बनाईएको छ । पछि खोर हटाई घर बनाईने निश्चत नै देखिन्छ ।
वनको जग्गा अतिक्रमणका लागी स्थानियहरुले सरोकारवालाहरुलाई चुप राख्न ठुलै रकम समेत संकलन गरिएको छ । स्थानियले यसअघि पनि सो जग्गा अतिक्रमण गर्न खोजेपनि पहिलाका मेयर लोकनारायण यादवको ठाडो आदेशमा काम रोकिएको थियो । तर अहिले निर्वाचित नगरप्रमुख गोर्कण पाठक आउनसाथ सो जग्गा अतिक्रमण गर्न लागीएको छ । बढनियार रेन्जपोष्ट नजिक रहेको उक्त जग्गा स्थानियद्धरा अतिक्रमण भईरहेता पनि संरक्षणकर्ता आफै अतिक्रमणका लागी साथ दिईरहेको देखिन्छ ।
अतिक्रमण गर्ने ठाँउमा काम गराई रहेका बजार समितीका अध्यक्ष श्यामलाल चौधरीले सो ठाँउमा काम गर्ने वनले लिखीत पत्र नदिएपनि गोप्य हिसाबले काम गर्न वनका कर्मचारीहरु भनेपछि आफुहरुले काम गराई रहेको प्रतिक्रिया दिएका छन् ।
‘वनको जग्गा हामीले खाई नै हालेका छैनौँ, मेलाका लागी रुख विरुवा हटाएर ग्रेभल बाटो तथा नाला सहितको बाटो बनाउन लागेको मेला समितिका अध्यक्ष श्यामलाल चौधरीले बताए । वनकै जग्गा भएपनि अरुहरुले सयौँ विग्हा हडपिदा कसैले केहि गरेनन् हामीले गर्दा सोधखोज किन भन्दै मेला समितिका अध्यक्ष चौधरीले उल्टै प्रतिप्रश्न गरे ।’
नगरपालिकाले स्काभेटर, इन्धन र मेलाका लागी बजेट दिने प्रतिबद्धता जनाएको मेला समितिले जनाएको छ । स्थानियका अनुसार स्कलन गरिएको रकमध्ये डिभिजन वन कार्यलय वीरगजका प्रमुख लगाएत केही कर्मचारीले आफनो भाग पाएका छन । जग्गा अतिक्रमण रोक्न आफुले वन कार्यलयका प्रमुखलाई जानकारी गराएपछि कारवाही गर्नुका सटा उजुरी दिनेको नाम सार्वजनिक गर्ने गरेको कारण कार्यलय प्रमुख सुवाष चन्द्र दास पनि प्रभावमा परेको देखिन्छ ।
यस बिषयमा सव डिभिजन वन कार्यालयका प्रमुख सहायक वन अधिकृत रामप्रवेश साहसंग बुझदा आफु विदामा रहेको प्रतिक्रिया दिए । कार्यालयमा भेट भएका जमदार अर्जुन प्रसाद चौधरीले भने खाली रहेको सो ठाउमा स्थानियहरुले कब्जा गरिहेको बारे आफुलाई जानकारी भएको बताए । तर यो कार्यलाई तत्काल रोक्न हाम्रो तागतको विषय नरहेको प्रतिक्रिया दिए ।
आफुले पटक पटक भन्दापनि कोही नमानेको उनको जवाफ थियो । अहिले पर्सागढी नगरपालिका र स्थानीयहरुको सहयोगमा भइरहेको भएपनि कालोपत्रे सडक भन्दा उत्तर तर्फमा रहेको ५/१० धुर मात्रै जग्गाहरु व्यक्तिको नाममा रहेको छ, बाँकी रहेको १०/१५ बिगहा उक्त जग्गाहरु सबै वनको रहेको उनको प्रतिक्रिया थियो ।
मेला लगाउन भनि कब्जा गर्न लागिएको वनको जग्गा नजिकै हाल नव निर्वाचित पर्सागढि नगरपालिकाका मेयर गोकर्ण पाठकका नातेदार र नजिकका परिवारहरु रहेकाले वनो जग्गा कब्जा गर्न लागिएको बुझिएको छ । यस बिषयमा नव निर्वाचिन नेकपा एमालेका पर्सागढी नगरपालिकाका मेयर मेयर गोर्कण पाठकले भने, स्थानीयहरुको अनुरोधमा स्काभेटर पठाइएको प्रतिक्रिया दिए ।
मेला समिति र स्थानीयहरुले बाटो तथा सडक बनाईन लागेको कुरा गलत भएको प्रतिक्रिया दिए । परम्परागत मेला लगाउनका लागी सरसफाई गर्न स्काभेटर पठाइएको उनले बताए । रोडका लागी अलग्गै डिजाईन हुन्छ । मेयर पाठकले वनको जग्गा भएपनि मेला लगाउन स्काभेटर पठाइएको बताए । सार्वजनिक सम्पती संरक्षण गर्नु स्थानीय सरकारको कर्तव्य भएपनि संरक्षणको सट्टा जग्गा हडपने काम गरिरहेको देखिन्छ ।