सामान्य परिवारमा जन्मिएकी रेखा जैसी पिता स्व. बुवा सचितानन्द सिंह र माता सुशिला देविको कोखबाट िजन्मेकी रेखा ५ सन्तान मध्य काइली छोरी हुन । उनले आफ्नो जीवनकालको २७ वर्ष शिक्षण पेशामै खर्चिसकेकी छिन् ।शिक्षिकाबाट शिक्षण पेशा सुरुवात गरेकी उनी हाल माउन्ट मकालु सेकेन्ड्री स्कूल सह प्रधानाध्यापकको रुपमा कार्यरत छिन् । वीरगंजको ठाकुरराम बहुमुखी क्याम्पसबाट स्नातक तहसम्म अध्ययन पूरा गरेको उनको भनाई छ । मध्य नेपालको यस साताको अंकमा उनै रेखा जैसीसंग मध्य गरेको कुराकानी :-
विगत कति वर्षदेखि यस विद्यालयमा कार्यरत हुनुहुन्छ ?
वि.सं.२०५३ सालदेखि नै यस विद्यालयमा एउटा शिक्षिका हुदै सह प्रधानाध्यापकको पदमा कार्यरत छु ।
पर्सा जिल्लाको परीपेक्षमा पहिला र अहिले विद्यालयहरुको पढाइमा के फरक पाउँनुभएको छ ?
समय परिवर्तन संगै शैक्षिक प्रणाली पनि परिवर्तन भएको छ ।अध्ययन र अध्यापन शैलिमा परिवर्तन आईसकेको छ ।पहिला सडक थिएन्, इन्टरनेट थिएन, विभिन्न विद्युतीय उपकरणहरु थिएन । तर अहिले शैक्षिक क्षेत्रपनि डिजिटलाई भइसकेको अवस्था छ । अहिलेत घरमै बसेर भर्चुअलि अध्ययन अध्यापन गराउन सकिने भएको छ । यो लकडाउनले पनि हामीलाई डिजिटलाई दुनियामा प्रवेश गर्ने एउटा ठूलो मौका दिएको छ । लकडाउन अवधिको केही महिना हामीले अनलाई कक्षा संचालन गराएरै विद्यार्थीहरुको पठनपाठनलाई निरतरता दियौ । यस मानेमा पनि पहिला र अहिलेको विद्यालय पढाई धेरै अन्तर छ भन्न सकिन्छ ।
आमा शिक्षित भईन भने परिवार शिक्षित हुन्छन भन्ने कुरालाई कत्तिको मान्नु हुन्छ ?
यो कुरालाई म पनि मनन् गर्छु । जसरी घरको एउटा केटा सदस्य पढ्यो भने उसैमा सिमित रहन्छ । तर त्यही घरमा केटी सदस्य पढ्छन भने उसले आफ्नो पुरै परिवारलाई शिक्षित बनाउँछ । म पनि आर्थिक स्थिति कमजोर भएकै परिवार थिए । मैले केही समय गैरसरकारी संस्थाद्धारा पनि विद्यालय संचालन गरेकी छु र बति वालवालिकाहरुलाई सरकारी विद्यालयमा अध्ययन गर्ने वातावरण बनाइदिएकी छु । आज उनीहरु राम्रै स्थानमा छन उनीहरुसंग भेट्दा मन प्रफुल्ल हुन्छ । शिक्षा ज्ञानको ज्योति हो त्यो ज्योतिलाई फैलाउन घरमा शिक्षित सदस्य हुनु आवश्यक छ ।
शिक्षण पेशामै २ दशक बिताई सक्नुभएको छ । महिलाले नै नेतृत्व लिएर काम गर्न सहज गाह्रो के छ ?
हामीले सोचे जतिको गाह्रो हाईन तर महिलालाई दोहोरो जिम्मेवारी हुने र घरभन्दा बाहिर निस्कन हुँदैन लगायतका सामाजिक तगारोहरुले गर्दा संकोच मान्ने प्रवृतिले महिला नेतृत्व गाह्रो लागेको हो । यदि अफू दृढ भएर लाग्ने हो भने असम्भव छैन् । तर त्यो वातावरण परिवारले वनाईदिनु पर्छ । अहिले देखिएको महिला सहभागिता यसैको एक् उदाहरण पनि हो ।
रेखा जी यहाँलाई घरपरिवारबाट कत्तिको सपोर्ट छ ?
म स्थापना कालदेखी नै यस विद्यालयमा अध्यापन गराईरहेकी छु । वैवाहीक जीवनमा बाँधिएपछि परिवार र कामलाई संगै लैजान केही असहज भने पक्के भएको थियो तर असम्भव लागेन । सुरुमा श्रीमान् र सासु अलि संकोच मान्नु हुन्थ्यो पछि उहाँहरुकै साथ सहयोगले मैले काम र परिवार दुवैलाई सहज तरिकाबाट निरन्तरता दिन सके ।
अहिले विद्यालयको अवस्था कस्तो छ ?
अन्य क्षेत्र जस्तै विद्यालयको अवस्था पनि खासै राम्रो छैन् । लकडाउनले गर्दा विद्यालयको व्यवस्थापन निकै असहज भयो । त्यसमाथि सुरक्षाको चुनौति उत्तिकै ।हाम्रो विद्यालयमा न्यून आर्थिक स्थितिका वालवालिकाहरु पनि अध्ययनरत छन् । साना व्यावसाय र ज्याला मजदुरी गरी आफ्ना वालवालिकालाई पढाउने अभिभावको समस्या पनि कम थिएन । हामीले न्यून शुल्कमै अध्यापनन गराएका थियौ ।
किन अभिभावकहरुले पठनपाठनको लागि बोडिङ्ग स्कूल नै रोज्छन् ?
सामुदायिक विद्यालयमा राम्रो तलब भत्ता लगायको सुविधा भएपनि शिक्षकहले राम्ररी अध्यापन नगराउने, विद्यार्थीहरुको ख्याल नराख्ने, विद्यालय समयमा नपुग्ने, लगायतका कारणले गर्दा त्यसले गर्दा अभिभावकले बरु शुल्क तिरेरै पनि नीजि विद्यालय रोजिरहेको अवस्था छ । नीजि विद्यालयमा कम तलबमा पनि शिक्षकहरुले आफ्नो शतप्रतिशत दिएका हुन्छ । यहाँका शिक्षक र विद्यार्थीहरुमा अनुशासन हुन्छ । हुन सामुदायिक विद्यालयमा पनि हाई क्वालिफईड शिक्षकहरु हुनुहुन्छ तर जिम्मेवारी र जवाफदेहीताको कमी छ उहाँहरुमा त्यसैले पनि दुई गाँस काटेरै भएपनि हरेक अभिभावको पहिलो रोजाई नै नीजि विद्याय बनेको हो ।
अन्त्यमा शिक्षाको बारेमा केही बताइदिनु न ?
शिक्षा एउटा यस्तो साँचो हो जसको सही प्रयोगले जस्तो सुकै अज्ञानताको ताला खोल्न सकिन्छ । हाम्रो पहिला पाठशाला हाम्रो घर हो पहिलो गुरु आमा हुन । आजको समयमा शिक्षाको महत्व सबैलाई सर्वविधितै छ । बरु कम खाएरै भएपनि छोराछोरीलाई विद्यालय पठाउनु पर्छ र गुणस्तरीय शिक्षा दिर्नु पर्छ । अहिले विद्यालयहरु टोलै पिच्छे खुलेका छन् हरेक क्षेत्रमा प्रतिस्पर्धा भएजस्तै यस क्षेत्रमा पनि प्रतिस्पर्धाबाट अछुतो छैन् । सबैले आफ्नो आफ्नो तरिकाले चलाईरहेका छन् । तर महंगो विद्यालयमा नै आफ्नो बच्चालाई पढाउनु पर्छ भन्ने छैन । सानो विद्यालयले पनि गुणस्तरीय शिक्षा दिन्छन् । आफ्नो क्षमता अनुसार पठनपाठ्न गराउनुस । भन्न चाहान्छु ।