यस अघिका कुनै पनि उम्मेदरहरुको काम राम्रो लागेन । सबै पैसा कमाउने दाउमा हुनुहुन्छ । जस्तो लाग्यो । विकास प्रेमी कोही छैन । नत्र हाम्रो वीरगंजको राजधानी किन जान्थ्यो जनकपुर अहिले हाम्रो पर्सा जिल्लाको स्थिती हेनुहोस् न केही परिवर्तन भएको छैन । अब परिवर्तन हुनुपर्यो । नयाँ यूवालाई अगाडी वढाउनु प्र्यो । नयाँ भिजन ल्याउनुपर्छ । वीरगंजलाई टुरिजम क्षेत्र बनाउन जरुरी छ । केही परिवर्तन हुन्छ । वीरगंजको विकासको लागि बाहिरवाट मान्छेहरु आउनुपर्छ ।
साँच्चै भन्नुपर्दा मधेसी जनताले जुन विश्वासका साथ मधेसी पार्टीलाई जिताएर मधेसको भविष्य सुम्पेको थियो । त्यो सपनामा कुठाराघात भएको छ । जनप्रतिनिधिहरू पूर्णतया भ्रष्टाचारमा लिप्त भएका छन् । विकासको ठाँउमा बिनासले जरो गाडेको छ । सस्तो लोकप्रियताका लागी ठाँउ ठाँउमा शिलान्यास गरीदिएको भएपनि केहि काम नभएपछि जनता आक्रोशित छन् । विकासको ठाँउमा आफ्नै विकास गरेका छन् ।
मलाई राम्रो लागेको योजनामा तपाइको अहिले सम्म क्षेत्र नं. एकका हाम्रो माननिय प्रदिप यादव ज्यूको काम प्रति मलाई राम्रो लाग्यो । उहाँले जनताको मन बुजेर काम गर्ने भएको छ । अरुमा हेर्दा त्यस्तो काम गरेको जस्तो लाग्दैन । त्यस कारण कामको कुरा धेरै बाँकी छ । नयाँ नयाँ गेटहरु बनी नाम राखेर बनाउने । अधुरो पुल निमार्ण हुने बाटोघाटो अधुरो बनेको छ । त्यसकारण त्यो भन्दा पनि देख्ने काम चाहि कमै भएको छ । हामीले हेरेका छौ । मन्दिर र मजिंद तिर नै काम भएको धेरै छ । त्यो भन्दा पनि हस्पिटल र स्कुल प्रति बढि विकास हुदा राम्रो हुन्थ्यो । शिक्षा र स्वास्थ्य सबलाई चाहिन्छ तर यसमा उक्ति बढी जोड दिएको देखिन्न ।
यसभन्दा अघि जति पनि उम्मेदारहरु जितेका छन यतिसम्म्की प्रदेश नं. २ का मुख्यमन्त्रीले समेत पर्सा जिल्लाबाट नै जितेर जनताको भावना र मर्म बुझेर काम गरेका छैनन । सबैले आफ्ना कार्यकर्ता पाल्ने काम गरेका छन् । विभिन्न ठाँउमा आफ्ना मान्छेहरुलाई राख्ने तर निमुखा र गरिब जनताको वास्तविक आवश्यकता बुझेर काम नगर्ने देखेको छु । त्यसकारणले अब हामीले नँया जोस र जागर भएका युवा साथिहरुलाई ल्याउन चाहन्छौँ ।
प्रदेश र संसदिय निर्वाचनको ५ वर्ष अवधिमा वहाँहरुले खासै जनताको मन जित्ने र साधरण जनताहरुको दैनिकी जीवनमा सकारात्मक प्रभाव पार्ने केही पनि काम गर्नुभएको जस्तो मलाई लाग्दैन । नेताहरु चुनाव आउन थालेपछि जनताको जी हजुरी गर्न कुनै कसर बाँकी राख्दैनन् तर, जितेर गएपछि जनताको गुनासो, पिरमर्काहरुलाई कान बातै लगाउँदैनन् । पर्सा जिल्लाको सन्दर्भमा भन्नु पर्दा पनि, केही सांसदको नाममा गाउँगाउँमा स्वागतद्वार बने, केही सांसदका गाऊँ जाने रोडहरु पिच पनि भए तर कुनै पनि निर्वाचित सांसदहरुले जनताको जीवनस्तर उकास्ने कुनै योजना ल्याएर त्यसलाई कार्यान्वयन गराएको थाहा भएन । प्रदेश सरकारको “बेटी पढाओ, बेटी बचाओ’’ कार्यक्रम राम्रो लागेको थियो तर सुरुमा निकै तामझामका साथ अगाडि बढाईएको यो कार्यक्रम अहिले सुस्त भएको जस्तो छ । छोरीहरुको वीमा बारे के भयो ? वीमा मात्रै गरे कि त्यसलाई निरन्तरता दिईराखिएको छ, सरकारले प्रष्ट पार्नुपर्छ । झन, साइकल खरिदमा करोडौं भ्रष्टाचार भएको र अख्तियारले मुद्दा चलाएको सुन्दा, यस्तो पबित्र कार्यक्रम पनि बदनाम भयो, भ्रष्ट नेता र कर्मचारीहरुले छोरीहरुको भाग पनि लुछेर खान पछि परेनन् । अरु, ब्यक्तिगत रुपमा कुन उम्मेदवारले के के कार्यक्रम ल्याए र त्यसलाई कार्यन्वयन गरे कि गरेनन् – खासै जानकारी भएन । साधरण विकाशका कामहरु त जुनसुकै अवस्थामा नि भई नै रहन्छ, तर नेताहरु जो जनताबाट निर्वाचित भएका हुन्छन् उनिहरुले जनमुखी विकासका कार्यक्रमहरु ल्याउनुपर्छ र त्यो खाली चुनाव जित्नको लागि मात्रै नभई यथार्तमा जनसहभागिता मुलक हुनु पर्दछ । जनताहरुले पनि, हरेक चुनावमा मात्रै विभिन्न कार्यक्रम÷योजना ल्याएर प्रलोभनमा पार्ने नेताहरुलाई चिनेर, अब आउने चुनावमा त्यस्तालाई दोहो¥याउने गल्ति गर्नुहुँदैन । जनताले हरेक पुराना उम्मेदवारलाई आजसम्म सम्झन योग्य कति राम्रा काम गर्नुभयो भनेर सोध्नुपर्छ भने, नयाँ उम्मेदवारलाई तपाईंले जित्नुभयो भने के कस्ता कामहरु गर्नुहुन्छ यो क्षेत्र र देश कै लागि भनि प्रतिप्रश्न गरी राम्रा र सच्चा व्यक्ती छानी भोट हाल्नुपर्दछ ।
विगत ५ बर्षमा पर्सा जिल्लामा निर्वाचित ४ जना प्रतिनिधि सभा सांसद र ८ जना प्रदेश सभा सांसदहरुले आ आफ्नो योजनाहरु छनौट गरि काम गर्नु भएको छ तर त्यो काम चाहिँ आ आफ्नो कार्यकर्ताको पेट पोस्नमा लगाउनु भएको छ । जनताको लागि लायक कुनै त्यस्तो राम्रो गरेको मैले महसुस गरेको छैन । विकासको नाम माननिय सांसदहरुले खाली आ आफ्नो गोजि भर्ने काम गर्नु भएको छ ।