सार्वजनिक शिक्षाको समस्या र चुनौती अनेकौ छन् । विद्यार्थि भाईबहिनीहरुको लागि मात्रै नभएर आम अभिभावकहरुको समस्या लगभग साझा जस्तै जस्तै छन् । शिक्षा निती तथा कार्यावन्यनको सम्बन्धमा विभिन्न चुनौति तथा कारणहरुको चाङ्ग देखाएर सामुदायीक विद्यालयहरुको शिक्षा प्रणालीलाई अपर्याप्त लगानी ।
श्रोतसाधनको अभाव राजनिती तथा प्रशाशनिय कारण लगाएतका चुनातिलाई औल्याएर समय सापेिक्षत शिक्षा प्रणालीलाई कमजोर बनाउने कार्य हुनु भनेको लाखौ विद्यार्थि भाईबहिनीहरुको भविष्य अन्धकारको तर्फ धकेलिनु जस्तै हो ।
विद्यालय बालबालिकाहरुको शिक्षा आर्जन मात्र गर्ने स्थान होईन, आफ्नो भविष्य सँगसगै आफ्ना अभिभावकत्व समेत काधमा बोकेर आशा र भरोसाको केन्द हो जहाँबाट प्रवेश गर्दे गर्दा सानो झोला लिएर प्रवेश गरेपनि त्यहाँबाट निस्कदै गर्दा आफ्नो भविष्यको बाटो समातेर निश्किने मन्दिरलाई कसरी व्यवस्थित बनाउन सकिन्छ आम नागरिकको चासोको बिषय बन्नु आवाश्यक छ । शिक्षा मानव विकाशको सबै भन्दा महत्वपूर्ण तत्व भएकोले यसको विकाशलाई देशको समस्याको रुपमा मिलेर सावधान गर्नपर्दछ ।
बालबालिकाले बिभिन्न व्याक्ति। सँध सस्था, समुदायबाट पाएको शिक्षा अर्थात अनौपचारिक तरहले पाउने शिक्षा र औपचारिक तरहले लिईने शिक्षाको महत्व वास्तविक व्यावहारिकोत्वले दर्शाउनेछ । शिक्षा निरन्तर चरिरहने प्रक्रिया मात्रै होईन शिक्षा समाज असन देश परिवर्तनको प्रमुख कारक हो जो समय सापेक्ष मानविय स्वभावलाई चलायमान बनायदछ ।
विद्यालय संचालनको जिम्वेवारी केवल सरकारको होईन : अक्सर हाम्रो बुझाईमा सामुदायिक विद्यालय भन्ने बितिकै सरकारको दायित्व भनेर बुझ्ने गरेका छौ । सरकारी भन्ने बितिकै कार्यलय होस्,संघसस्था होस् सरकारी ओहोदाका कुनैपनि कार्यालयहरु र सो कार्यालयमा कार्यरत कर्मचारीहरुलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ । यहिँ फरक सोच, फरक वयाबहार र अपनत्व कमिको कारण शिक्षा जस्तो संवेदनशिल बिषयमा अत्याधिक लापरवार्हि झल्को जतातते देखिनु पक्ष होईन ।
सामाजिक विकाशमा शिक्षालाई सहि ढंगले कार्यकोशलको प्रयोग गर्दे शिक्षातर्फ आकृष्ट गर्ने भरमग्दुर प्रयत्न गर्न आवाश्यक छ । लाखौ विद्यार्थिहरुको भरोसा मानिएको शिक्षण पेशालाई मर्यादित बनाउन,शिक्षालाई मन्दिरको रुपमा हेर्ने दृष्टिगामी सोचमाथी विश्वसनिय हुन, सरकार अनि सरकारी मुल्य र मान्यतालाई केवल सरकारको मात्र जिम्बेवारी हो भन्ने सरकारी सोच पर राखेर आम सरोकारवालाहरुले आफ्नो मुख्य जिम्वेवारीलाई बहन गर्न सके । सरकारको तर्फबाट भईरहेको लगानि तपाई हामीले नै सरकारलाई बुझाएको करको प्रतिशत हो भनेर बुझे सायद प्राईभेट अनि सरकारी बिचको संतुलनिय व्याबहारमा परिवर्तन हुने थियो । शिक्षा जस्तो संवेदनशील बिषयमा हामी सबैको अपनत्व झल्किन जरुरी छ ।
दिगो विकाश अनि समृद्विको बाहक मानव साधकः शिक्षा चेतना बिस्तारका साथ सामाजिक मुल्य मानयता साथै समाजमा सकारात्मक अनि नकारात्मक चेतनाहरुलाई केलाउने विश्वसनिय श्रोत केन्द« हो । नेपालको संविधानले शिक्षालाई वैज्ञानिक , प्राविधिक, व्यावसायिक, सिपमुलक, रोजगारमुलक,एव्म जनमुखी बनाउन राज्यलाक्षर्् निर्देशानत्मक भुमिका खेलिएको छ ।
नैतिक एवम् राष्ट्रिय हितप्रति समर्पित नजशक्ती तयार पार्ने र राज्यको तर्फबाट विभिन्न योजनाहरु ल्याउने गरेको छ । जतिसुकै विकाशका योजना प्रयोजनाका आका बनेपनि मानव जिवन शैलि नै हो ।
विषयगत अन्तर सहजै देखिन्छ निजी तथा सामुदायीक विद्यालयमा : समय सापेक्षित शिक्षामा विकाश हुन नसक्नु भनेको समय भन्दा पछाडि तर्फ धकेलिनु हो जो आजको प्रतिष्प्रदाको युगमा प्रत्यक्ष रुपमा असर पर्दछ । एक्काईसौ शताब्दीको शैक्षिक चुनौतिलाई सम्बोधन गर्ने सत्र भनेकै शैक्षिक सत्र हो ।
सान्दर्भिक पाठ्यक्रम, असल र क्षमतावान् शिक्षक, कठोर भन्दा कठोर मिहनेति छात्र छात्रा, अनुशासित तथा व्यावस्थित वातावरण, कडा प्रतिष्प्रदालाई आधार बनाएर शिक्षा निती तथा प्रणलीलाई अग्रसरतामा राखने हो भने चाहे सामुदायकि होस् वा निजी कुनैपनि स्थानको पाठ्यक्रमलाई कमजोर वा बलवान्को दृष्टिले हेर्न सकिदैन । तर सामुदायिक तथा निजी स्कुलमा अध्यनरत बालबालिकाको प्राप्ताङ्गलाई आधार मान्ने हो भने बिषयगत नतिजाको अन्तर प्रसस्तै देखिन्छ । जस्तो बोलिचालीको प्रभाव शब्द उच्चारण गर्ने शैलि लगाएत विषयगत अर्थात सामुदायिक विद्यालयमा अध्यनरत विद्यार्थिहरुको अग्रेजी बिषय र निजी विद्यालयमा कार्यरत विद्यार्थिको नेपाली विषयमा स्पष्ट अन्तर देखिनु स्वभाविक हो तर अन्य विषय जस्तै गणित,सामाजिक, विज्ञान जस्ता विषयमा समेत असामान्य अन्तर देखिनुले विद्यार्थिहरुको मानशपटलमा असर पक्कै पर्ने गर्दछ जो आजको मानविय मानशिकताको उपज हो ।
अन्त्यमा, दिगो विकाश र लक्ष्यको कुरा गरिरहँदा संयुक्त राष्ट्रिय संघले सन् २०३० सम्मको लागि भनेर विश्वव्यापीरुपमा लक्ष्य लिएको छ । १ सय ९३ सदस्य राष्ट्रियहरुले हस्ताक्षर मार्फत साझा प्रतिवद्वता समेत जाहेर गरेकाछन् । जस मध्ये विकाशका १७ लक्ष्यहरु मध्येपनि ४ लक्ष्य शिक्षामा केन्दि«त छन् । ति चार लक्ष्यमा सान्दर्भिक र प्रभावकारी सिकाईका उपलब्धी निशुल्क समतामुलक र गुणस्तरिय माध्यमिकतहसम्मलाई सुनिश्चित गर्ने , गुणस्तरिक बाल विकाश स्याहार र पुर्व प्राथमिकताको पहुँचमा सुनिश्चत गर्ने, रोजगारी मर्यादित काम तथा व्यावसायिक सिप लगाएतका सान्दर्भिकतालाई प्राथमिकता दिने, शिक्षामा लैगिक, असमानता उन्मुलन गर्ने दिगो जीवन शैलि मानव अधिकार लैङ्गिक असमानताको अन्त्य गर्ने जस्ता कुरामा जोड दिन आवाश्यक छ ।
जिविकोपार्जन, पेशा, वयावसाय सिप तथा रोजगारलाई अन्त्य गर्ने महत्वपुार्ण पाटो शिक्षा नै भएको हुँदा चाहे सामुदायिक होस् चाहे निजी विद्यालय होस् शिक्षाको प्रभावलाई कुना कुनासम्म जिवीत बनाउन आवाश्यक छ । गाँउ, समाज,अनि देशको विकाशको निमिक्त दिगो लक्ष्य, दिगो कार्यावन्यन, दिगो समृद्विको निमिक्त दिगो शिक्षा प्रणाली हुन आवाश्यक छ ।