अनुहार मानिसको परिचय र पहिचानको प्रमुख भाग हो । अपवादबाहेक अनुहार वस्त्रले नढाकिने भाग पनि हो । त्यसैले हरेक मानिस आफ्नो अनुहार सुन्दर बनाउन चाहन्छ । चिसो मौसममा धेरैको अनुहार फुट्ने तथा चाउरीपन देखिने गर्छ । यो मौसममा अनुहारमा सुक्खापन देखिने समस्याले धेरैलाई सताइरहेको हुन्छ ।
केही कुरामा ध्यान दिन सके यस्ता समस्याबाट छुटकारा पाउन सकिन्छ। छाला चम्किलो बनाउने होस या चाउरी पर्न नदिने या त छालालाई आवश्यक भिटामिन, मिनेरल्स र अन्य तत्व बढाउने नै किन नहुन् । आजकल त छालाका लागि घरेलु प्रसाधन बनाएर सुन्दरता बढाउने लहड पनि चलेको छ । उमेर छिप्पिदैं जाँदा छालामा चाउरीपन देखा पर्नु स्वाभाविक प्रक्रिया हो । कसैकसैको छालामा उमेर भन्दा अगाडि नै चाउरी देखिन थाल्छ ।
चाउरीपन रोक्न र यसलाई घटाउन सर्वप्रथम सफा पानीले अनुहार धुनु होस् । दैनिक बिहान–बेलुका गुणस्तरीय फेसवास, बेसनको पिठो या दुधको तरले मुख सफागर्दा चाउरीपन कम हुँदै जान्छ ।जब तपाईं आफ्नो छाला सफा गर्नुहुन्छ, त्यसबखत कोमल स्पर्श गर्नुहोस्, ताकि छाला ज्यादा नरगडियोस् । मुख धुँदा छालामा ज्यादा दबाब नदिनुहोस् । यसले अनावश्यक चाउरीपन निम्त्याउँछ ।समयको अन्तरालमा छालाको कोलेजेन हराउन थाल्दछ । प्रोटिनले यसलाई टाइट देखाउँछ । तसर्थ प्रोटिनयुक्त खाना अथवा सप्लिमेन्ट्समा जोड दिनुहोस् । आफ्नो एसपिएफ रुटिन अपग्रेड गर्नुहोस् ।
प्रशस्त मोश्चराइज युक्त फेस क्रिम प्रयोग गर्नुहोस् । छाला जति सुख्खा हुन्छ उति नै छिटो चाउरीपन देखापर्न थाल्छ । तसर्थ छालालाई जहिले नरम राख्नुहोस् । ४० प्लसको एसपीएफयुक्त सनस्क्रिन क्रिम प्रयोग गर्नुहोस् । जुन छालाका लागि सुरक्षा कवच हो । खानेकुरामा परिवर्तन ल्याउनुहोस् । प्रशस्त मात्रामा भिटामिन युक्त फल, ताजा तरकारी, जुस, पानी उपभोग गर्नुहोस् । ओमेगा थ्रि जस्ता सप्लिमेन्ट्समा प्रशस्त मात्रामा भिटामिन्स, मिनेरल्सको मात्रा पाइन्छ । जसले छालालाई सुख्खा हुन दिँदैन र चाउरीपन हुनबाट रोक्छ । हाम्रो छालामा प्रत्येक २८ दिनको अन्तरालमा पुराना सेल मरेर नयाँ लेयर पलाउँछ । यस्ता मृत कोशिकालाई हटाउन साप्ताहिक रुपमा स्क्रब गर्ने गर्नुहोस् ।
जसले मृत कोशिकालाई पूर्णरुपमा सफा गरी नयाँ कोशिकाको सुरक्षा गर्छ र छाला चम्किलो, मुलायम बनाउँछ । यो प्रकृयाले चाउरी पर्ने खतराबाट समेत जोगाउँछ । पाकेको केरालाई पेस्ट बनाएर अनुहारमा दल्नुहोस र आधा घन्टापछि मन तातो पानीले अनुहार धुदा अनुहारमा निखार आउनुका साथै चाउरी पर्नबाट जोगाउँछ । घ्युकुमारीको रस निकालेर निमित अनुहारमा दल्नुहोस् । यसमा हुने विशेष प्रकारको एसिडले अनुहारको छालाको कोषलाई बलियो बनाउँछ र समयमै च्याउरी पर्न वा धोल्लो हुनबाट बचाउछ ।मह र दुधलाई मनतातो पानीमा मिसाउने र यो पेस्टलाई अनुहारमा दल्ने । दश मिनेटपछि अनुहार धुँदा अनुहारको छालामा निखारता आउनुका साथै छाला कसिलो हुन्छ । साँझ एक मुठी आलमोन्ड काँचो दुधमा भिजाउनुहोस् ।
बिहान उठेपछिे बोक्रा फालेर आल्मोन्ड पिसनुहोस र पेस्टलाई अनुहारमा दल्नुहोस । आधाघन्टापछि अनुहार मन तातो पानीले सफा गर्नुहोस् । एक टुक्रा अदुवालाई मसिनो गरी पिस्नुहोस र त्यसमा एक चम्चा मह मिसाएर बिहान र बेलुका खानुहोस् । यसले अनुहारको छालाको कसिलो बनाउने कोलेजेसनलाई टुट्नबाट बचाउँछ । यसले अनुहारमा धर्सा आउन र छला झोल्लिनबाट जोगाउँछ । जैतुनको तेलले अनुहार सफा गर्नुहोस् । यो तेलमा भिटामिन ए र ई हुन्छ जसले छालालाई कसिलो बनाउँछ ।पाकेको मेवालाई पिसेर त्यसमा मह मिसाएर अनुहारमा दल्ने । १० मिनेटपछि मन तातो पानीले अनुहार सफा गर्नुहोस् । नियमित रुपमा यो अभ्यास गर्दा अनुहारको छाला कसिलो हुन्छ ।कागतीमा साइट्रिक एसिड हुन्छ ।
कागतीको रसलाई दही वा महमा मिलाएर अनुहारमा लगाउनुहोस । अन्य मौसममा भन्दा चिसो मौसमा अनुहारको विशेष ख्याल गर्नुपर्छ। यसका लागि नियमित मोश्चराइजर प्रयोग गर्नु उपयुक्त हुन्छ। हरेक दिन मुख धोइसकेपछि मोश्चराइजर अनुहारमा प्रयोग गर्नाले अनुहार सुख्खा हुने तथा चाउरीपन देखिने समस्याबाट छुटकारा पाउन सकिन्छ।धेरै महिलाहरूले आफूलाई सुन्दर देखाउन मेकअप गर्ने बानी हुन्छ। तर चिसो मौसमा धेरै मेकअप गर्नु अनुहारका लागि राम्रो मानिँदैन। मेकअपका लागि प्रयोग गरिने सामग्रीले अनुहारलाई सुख्खा बनाइदिन्छ।
त्यसैले चिसो मौसममा अरू बेलाभन्दा मेकअप कम गर्नुपर्छ ।धेरैको गर्मी मौसममा मात्र सनक्रिम प्रयोग गर्ने तर चिसो मौसममा नगर्ने बानी हुन्छ। यस्तो गर्नुहुँदैन। गर्मी मौसममा भन्दा झन् धेरै सनक्रिम चिसो मौसमा प्रयोग गर्नुपर्छ । यसै त चिसो मौसमले अनुहार सुख्खा बनाइरहेको हुन्छ। गर्मी मौसममा घामले अनुहारमा जति असर गर्छ, चिसो मौसममा उति नै चिसो हावाले अनुहारमा असर गरिरहेको हुन्छ। त्यसैले अनुहार सुख्खा तथा चाउरीपनबाट जोगाउन नियमित सनक्रिम प्रयोग गर्नुपर्छ ।