मानिसलाई लाग्छ मुख भनेको सामान्य हो । तर मानिसको मुखमा सात सय किसिमका व्याक्टेरिया हुने गर्छन् । जसको संख्या करौडोको हाराहारीमा हुने गर्छ । यही व्याक्टेरियाले दाँत तथा मुखको समस्याबाट बचाँउने गर्छ । यदी मुख, दात तथा जिब्रोको सफाई सही तरीकाले नभएको अवस्थामा उक्त व्याक्टेरियाले दात तथा गिजालाई हानी पु¥याउने गर्दछ । विशेषगरी, पायरिया भएमा त्यसले दातलाई सर्पोट गर्ने गिजाको हीमा समस्या उत्पन्न हुने गर्छ ।
पाइरिया भएमा दाँतको गिजा पहेलो तथा खराब हुन थाल्छ । त्यसबाट रगत निस्कन थाल्छ । त्यस बाहेक, कलेजोको खराबीका कारण पनि रगतमा लम्लियपन बढ्न थाल्छ । दुषित रक्त अम्लियपनाका कारण दात पायरियाबाट प्रभावित हुने गर्छ । त्यस्तै, पान, सुपारी लगायतका सुर्तीजन्य पदार्थका कारण पनि पायरिया हुने गर्छ । सामान्य तथा पायरिया क्याल्सियमको कमी, गिजाको खराबी तथा दात तथा मुखको खराबीका कारण हुने गर्छ । सानो–सानो गल्तीका कारण हामीले दाँतको समस्या झेल्दै आइरहेका छौं । दाँतको मुख्य समस्या भनेको हाम्रो दैनिक जीवनशैली नै मुख्य कारण रहेको वीरगंको घण्टाघरमा रहेको क्रिष्टल डेन्टलकी दन्त चिकित्सक डा. प्रिया जैसवालको भनाइ छ । ‘हाम्रो दाँतको ग्याप कोट्याउन थालेपछि झन बढ्छ । त्यसपछि खानेकुराहरु पनि बढी नै अड्किन थाल्छ । सिन्काले दाँत कोट्याउँदा गिजाहरुमा असर गर्छ । डेन्टल फोस भन्ने हुन्छ त्यो लगाउँदा राम्रो हुन्छ । मानिसहरुमा के भ्रम छ ? भने दाँत धेरै ब्रस गर्नु हुँदैन ।’ मिलेनियम स्माइल्सकी मेनेजिङ डाइरेक्टर समेत रहेकी डा.जैसवालसँग मध्य नेपालले दाँतको रोगका बारेमा गरेको कुराकानी :-
दाँतमा के–के कारणले समस्या देखापर्छ ?
प्रथमतः जिवनशैलीले हो । त्यो भनेको मानिसले खानेकुराहरु नै हुन् । जस्तो गुलियो धेरै खाने प्रशोधित काब्रोहाइड्रेट, रेसादार खानेकुराको कमी, सबैभन्दा बढी दाँत तथा गिजा राम्ररी सफा नगर्नु रोग लाग्ने कारणहरु मध्ये एक हो । त्यसपछि बिहान बेलुका राम्ररी ब्रस नगर्नु, समयमा दात चिकित्सककोमा गएर चेकअप नगराउनु, बेवास्था गर्नु, सचेतचनाको कमी र राम्रो डेन्टल क्लिनिक तथा अस्पतालको पहुँच नहुनु पनि रोग लाग्ने कारणहरुमा नै पर्छ ।
सामान्य अवस्थामा दाँतमा किरा लागेको थाहा हुन्न । दाँतमा इनामेल, डेन्टाइन तथा पल्प गरी ३ तह हुन्छ । जब किरा लाग्ने प्रक्रिया पल्पमा पुग्छ । तब मात्र बिरामीलाई दुखाई हुन थाल्छ । यसपछि मात्र बिरामी उपचारका लागि अस्पताल जाने गर्छन् । यतिबेलासम्म ढिला भइसक्छ । जरादेखि भर्ने (रुप क्यानल ट्रिटमेन्ट) मा जान पर्ने हुन्छ । त्यसकारण दाँत तथा मुख स्वस्थ हुनु मनको शरीर स्वस्थ हुनु हो । दिनको दुई पटक ब्रस गर्नु अनिवार्य छ । यसले दाँतमा दन्त लेउ लाग्न दिदैन र दाँतमा हुने समस्याहरुबाट पनि बचाउँछ ।
दाँतमा किरा नै हुन्छ भनिन्छ, कति सत्य हो ?
त्यो सत्य होइन । दाँतको किरा नाङ्गो आँखाले देखिँदैन । दाँतमा किरा लाग्नु भनेको माइक्रोवियल रोग हो । दाँतमा विभिन्न खाले ब्याक्टेरिया हुन्छ । हामीले खाएको खानेकुरा जुन दाँतमा तथा मुखमा हुन्छ । त्यही खानेकुरालाई ब्याक्टेरियाले मेटाबोलाइज गरेर एसिड उत्पादन गर्दछ । अन्तमा यही एसिडले दाँतलाई कमजोर बनाउँदै लान्छ र अन्तमा खाल्डो (क्याविटी) पर्ने हुन्छ ।
बिरामीले दाँतमा किरा लागेको कसरी थाहा पाउने त ?
वर्षमा २ पटक डेन्टिस्टकोमा (नेपाल मेडिकल काउन्सिलमा दर्ता भएको चिकित्सक) गएर जचाउने । तर नेपालमा धेरैले क्वार्टरी गर्ने गर्दछ । भनेको सामान्य जाने बुझेको तथा सहयोग गरेको भरमा बिरामीलाई झुट बोल्ने व्यक्ति गर्ने व्यक्ति । त्यसैले नेपाल मेडिकल काउन्सिलबाट मान्यता प्राप्त चिकित्सकसँग मात्र गर्ने गर्नुपर्दछ । समस्यालाई कुरेर बस्ने होइन कि बरु समस्या हुन अगाडी नै चेकअप गराउने बानी बसाल्दा राम्रो हुन्छ ।
अधिकांश मानिसहरुमा खाना खाएपछि दाँत कोट्याउने बानी हुन्छ नि ?
हाम्रो दाँतको संरचना जोडिएर बनेको हुन्छ । हामीले दाँत कोट्याउने भनेको खाना अड्किएर नै हो । तर, त्यो गलत हो । हाम्रो दाँतको ग्याप छ कोट्याउन थालेपछि झन बढ्छ । त्यसपछि खानेकुराहरु पनि बढी नै अड्किन थाल्छ । सिन्काले दाँत कोट्याउँदा गिजाहरुमा असर गर्छ ।डेन्टल फोस भन्ने हुन्छ त्यो लगाउँदा राम्रो हुन्छ । मानिसहरुमा के भ्रम छ भने दाँत धेरै ब्रस गर्नु हुँदैन ।
अधिकांश नेपालीहरु ब्रस गर्न जान्दैनन ? भन्नु भयो नि त्यो कसरी गर्नु उचित हुन्छ ?
ब्रस गर्नु भनेको भाँडा माजेजस्तो होइन । हाम्रो दाँत एकदमै संवेदनशील वस्तु हो । यो घोटेर सफा हुने पनि होइन । विस्तारै ब्रस गर्नु फाइदाकारी हुन्छ । ब्रसिङ टेक्निक धेरै प्रकारका हुन्छन् । एउटा अगाडिका तल र माथिका दाँतलाई जोडेर सर्कुलर मोसनमा ब्रस गर्नुपर्छ । पछाडिको दाँत ब्रस गर्दा मुख आँ गर्नु अनि ब्रसको टुप्पेले चपाउने दाँतमा अलिअलि प्रेसर गर्नुपर्छ । त्यस्तै दाँतको बीच भागमा पनि ब्रसले बिस्तारै रगड्नु पर्छ । धेरै रगडेर ब्रस गर्नु आफैंमा घातक हुन्छ ।
ब्रस गरेर दाँतको इनामेल जाने हो त ?
त्यो हुँदै हुँदैन त म भन्दिन । र शतप्रतिशत त्यही नै सत्य हो पनि भन्दिन । जस्तो तपाईले दिनमा कति पटक ब्रस गर्नुहुन्छ भन्ने कुरा हो । सामान्यतया मानिसहरुले दिनमा दुई पटक ब्रस गर्नुहुन्छ । बिहान र बेलुका । मलाई लाग्छ दिनमा पाँच÷छ पटक ब्रस गर्ने प्रायः कमै हुन्छ । बिहानै उठ्यो ब्रस गर्यो । तर, त्यो गलत हो । खाना खाएपछि ब्रस गर्दा हाम्रो दाँतलाई राम्रो छ । दाँतमा अड्किएका खानाका टुक्राहरु पनि सजिलै जान्छ । साथै तपाईले कसरी ब्रस गर्नुभयो त्यसमा पनि भर पर्छ । केही मानिसहरुले एकदमै घोटेर ब्रस गर्ने बानी छ । त्यो राम्रो होइन ।
ब्रस गर्नका लागि फ्लोराइड भएको मञ्जन ठिक हो ?
फ्लोराइड भन्ने मिनेरल हुन्छ । फ्लोराइडले हाम्रो दाँतलाई मिनरलाइज्ड गरिराखेको हुन्छ । दाँतमा भएको मिनरल लस र गेन हन कन्टिन्यू साइकल ओन्गोइङ हुन्छ । फ्लोराइडले इनामेललाई फेरि रिसाइकल गर्ने काम गर्छ । त्यसैले दँत रिमेइन दह्रो र स्वस्थ हुन्छ । त्यही भएर हामीले फ्लोराइड भएको मञ्जन प्रयोग गर्नुपर्छ ।
कस्तो अवस्थामा दाँतमा सिमेन्ट भरिन्छ ?
दाँतमा सिमेन्ट भर्नुलाई सिम्प्ली पिलिङ गर्ने भनिन्छ । यो भनेको किरा लागेर बिग्रेको दाँतलाई सफा गरेर फेरी पहिलाको जस्तै गराउन स्वस्थ र दह्रो बनाउने प्रक्रिया हो । यो सामान्य अवस्थामा पनि गरिन्छ ।
दाँत सिरिङ हुने समस्या के कारणले हुन्छ ?
यसलाई सेन्सिटिभिटी भनिन्छ । मुख्य त दाँत खिएको हुन्छ । दाँत खिइनु भनेको इनामेल सकिँदै जानु हो । इनामेल दाँतको प्रोटेक्टिभ कवच जस्तै हो । इनामेल नहुँदा भित्रि भागको डेन्टिन बाहिरी वातावरणसँग सम्पर्कमा आउँछ । डेन्टिन तुलनात्मक सेन्सिटिभ टिस्सयु भएको हुनाले सिरिङ सिरिङ गर्छ । अर्को भनेको किरा लागेको अवस्थामा पनि तातो चिसो, खाँदा सिरिङ सिरिङ हुन सक्छ ।
त्यस्तै दाँत किट्ने बानी भएका बिरामीमा पनि यो समस्या देखिन सक्छ । यसको उपचारका लागि सबैभन्दा पहिला के कारणले सेन्सिटिभ भएको हो भनेर पत्ता लगाउन जरुरी हुन्छ । यसमा विभिन्न खाले ओरल पेस्टहरु चिकित्सकहरुको सल्लाहमा प्रयोग गर्न सकिन्छ ।
गिजाबाट रगत आउने समस्या कस्तो समस्या हो ?
विभिन्न कारणहरले गिजामा समस्या आउँछ । यसलाई मुख्यतया दुई भागमा राखेर हेर्न सकिन्छः १ दाँत तथा गिजामा हुने फोहोर ।दाँतको फोहोर राम्ररी सफा नहुँदा वा नगर्दा ती फोहोर विस्तारै मिनेरलज हुँदै जान्छ । मिनेरलाइज जति ब्रस गरे पनि जाँदैन । ती फोहोरमा करोडौंका व्याक्टेरिया हुन्छन् । त्यसले बिस्तारै दाँतको सपोर्टमा रहने हीलाई खियाउँदै लान्छ । यसो हुँदा दाँत समय अगावै हल्लिने, मुख गन्हाउने, गिजाबाट रगत आउने समस्या देखापर्छ । २. यी बाहेक तपाईको शरीरमा रगत सम्बन्धी रोगहरु भएमा, कलेजो सम्बन्धी समस्या भएमा तथा पोषणको कमी भएमा गिजाबाट रगत आउने सम्भावना बढी हुन्छ ।
मुख गन्हाउने समस्या के कारणले हुन्छ ?
मुख गन्हाउने समस्याहरु धेरै कारणले देखा पर्छ । एउटा दाँतमा किरा लागेर पनि मुख गन्हाउँछ । किरा लागेपछि कसरी मुख गन्हाउँछ भन्ने प्रश्न आउन सक्छ । हामीले खाएको खाना दाँतमा अड्किन्छ । त्यो खानेकुरा क्याविटीमा गएर अड्किन्छ । अड्किएको खानेकुरा सड्दै जान्छ । त्यही भएर मुख गन्हाउन थाल्छ । अर्को कुरा गिजाको रोगले गर्दा पनि मुख गन्हाउने समस्या देखापर्छ ।
यी बाहेक सिस्टेमिक डिजिज उदाहरणको लागी ग्याट्रिकको समस्या छ भने पनि मुख गन्हाउँछ । लिभर सरहोसिस हुँदा, पेप्टिक अल्सर, सुगर रोगीहरुमा पनि मुख गन्हाउने समस्या हुन्छ । यसको उपचारका लागि मुखको समस्या के छ ? त्यो समाधान गर्ने अथवा क्याविटीजहरु भर्ने हो भने त्यो गर्नुपर्छ । धेरै पानी खानुपर्छ ।
डेन्टिङको बारेमा प्रष्ट पारिदिनुस न ?
डेन्टिङ भनेको दाँतको एउटा लेयर (तह) हो । जस्तैः हाम्रो शरिरमा छाला हुन्छ, त्यसपछि बोसो, मासु अनि ही हुन्छ । त्यस्तै दाँतमा पनि विभिन्न लेयरहरु हुन्छन् । हाम्रो दाँतमा पहिले इनामेलको लेयर हुन्छ । त्यसपछि डेन्टिङ हुन्छ । डेन्टिङपछि पल्प चेम्बर हुन्छ । यो पल्प चेम्बरमा चाँही हाम्रो रगतको नली, नशाहरु हुन्छ । हाम्रो दाँतमा सबैभन्दा बढी भाग डेन्टिङको नै हुन्छ । यदी डेन्टिङ एक्सप्लोजर भयो भने दाँत सिरिङ–सिरिङ हुन्छ । दाँत खिएर डेन्टिङको तह देखिन थालेपछि सिरिङ–सिरिङ हुन थाल्छ ।
बाँङ्गाटिङ्गा दाँत मिलाउन तार बाँधिन्छ । त्यसले असर गर्दैन ?
धेरै फाइदा छन् । बाँङ्गाटिङ्गा दाँत मिलाउँदा हामीले खाना अड्किने समस्याबाट मुक्ती पाउँछौं । बाँङ्गाटिङ्गा दाँतमा तार बाँधेपछि हल्लिन्छ भन्ने छ त्यो गलत हो । खासमा दाँत हल्लिने भन्दा पनि बाँङ्गाटिङ्गा दाँतहरु ब्यालेन्समा आउँछन् । दाँत राम्ररी मिलेको छ भने ब्रस गर्न सजिलो हुन्छ । बाँङ्गाटिङ्गा दाँतमा जतो खानेकुरा अड्किने समस्या हुँदैन् । एक त राम्रो पनि देखिन्छ । दाँत राम्रो देखियो भने तपाईमा कन्फिडेन्स पनि आउँछ ।
बच्चाहरुको दाँत सरसफाइमा कत्तिको ध्यान दिन आवश्यक छ ?
राम्रो प्रश्न गर्नु भयो । आमाले बच्चालाई दुध चुसाएपछि गिजा सफा नगरी बच्चालाई सुताउने गर्नुहुन्छ । त्यसो गर्नु राम्रो होइन । राती बच्चालाई दुध खुवाएर मुख सफा नगरी सुताउनु हुँदैन । गिजामा र दाँतमा दुधको कस बसेको हुन्छ । त्यहीबाट बच्चामा क्याभिटिज हुने समस्या देखिन्छ ।
कतिपयले बच्चाहरुलाई हनी हालेर बोतलमा चुसाउन दिनुहुन्छ अनि त्यो रातभरी बच्चाले चुसेर निदाउँछ । बच्चालाई दुध चुसाएपछि सफा कपडाले औंलामा बेरेर गिजा पुछिदिने गर्नुपर्छ । यसमा बच्चाको आमा र बाबाले धेरै केयर गर्नुपर्छ । दाँत नउम्रेको नानीहरुको गिजा पुच्छ्ने गर्दा धेरै राम्रो हुन्छ ।