नेपाल सरकारले मंसिर ४ गते प्रतिनिधी तथा प्रदेश सभाको निर्वाचन गर्ने मिति घोषणा गरेसंगै उम्मेदवार बन्ने नेताहरु जनतासामु पुग्ने काम सुरु गरिसकेका छन् । नेताहरु अहिले जनताको समस्या बुझ्ने र सोहि अनुसार भोट बटुल्ने काममा लागेका छन् । यता गठबन्धनको सरकारले दोस्रो चरणको निर्वाचन समेत गठबन्धन गरेरै लड्ने प्रतिबद्धता जनाईसकेका छन् । सोहि अनुसार दलहरुलाई टिकट बाडफाँड गर्ने र जनता रिझाउने काम एकअर्का उम्मेदवारले गर्न थालेको देखिन्छ ।
पर्सा क्षेत्र नं. ४ मा नेकपा माओवादी केन्द्रले संघीय निर्वाचन क्षेत्र पाउने भन्दै सोही क्षेत्र अन्तर्गत ठोरी गउँपालिका वडा नं. ४ बिजयबस्तीका ४३ वर्षीय.युवा नेता टेकबहादुर शाक्य माओवादीको सम्भावित उम्मेदवार भई अहिले चुनावी तयारीमा जुटेका छन् । यस क्षेत्रको प्रतिनिधी सभा निर्वाचनको सिट गठबन्धनतर्फका माओवादी केन्द्रले नै पाउँने संकेत पाएपछि एक महिना अगाडी जसपा परित्याग गरि नेकपा माओवादी केन्द्रमा प्रवेश गरि केन्द्रिय सदस्य भएका शाक्यसंग चुनाव तयारी र समग्र राजनितिको विषयमा मध्य नेपालका लागि बलिराम यादवले गरेको कुराकानीको सम्पादित अंश जस्ताको त्यस्तै :-
राजनीतिमा आएको छोटो समयमै पार्टी फेरबदल गर्दै हिड्नु भएको छ ? यसले जनताले तपाईलाई विश्वास गर्ला ?
राजनीतिमा मेरो लगाव झुकाव छोटो छैन् । विधार्थी कालदेखी नै नेपालको विभिन्न राजनीतिक परिवर्तनमा सरिक हुँदै आएको छु । अर्काे पार्टी फेरबदलको कुरामा केहि बाध्यता, परिस्थिति, र केही नियतको कुराले गर्दा पार्टी फेरबदल गर्ने अवस्था आएको हो । धेरै उदाङ्गो नगई यसैभित्र सबै उत्तर मिल्नेछ । मैले धेरै पार्टी फेरबदल गरेको लामो इतिहास छैन् । अवस्था, परिस्थिति र बाध्यताको कुरा मैले स्मरण गराई नै सके ।
केहि नियत पनि भन्नु भयो, जसपाले त्यस्तो के दिएन कि माओवादी केन्द्रमा प्रवेश गर्नुभयो नी ?
राजनीतिमा लाग्दैमा केही लिनेदिनेका कुरा फरक प्रशंग हुन् र फरक बुझाई पनि । मान्छे हेर्ने, सोच्ने र देख्ने दृष्टिकोण फरक फरक हुन्छ । मैले व्यक्तिगत भन्नुपर्दा राजनितीमा कुनै तौलमोल हुँदैन् । राजनीतिमा देश र जनताको हितको लागि काम गर्दै जाने हो । यसर्थः राजनीतिलाई व्यवसायी ढङ्गबाट लिनुहुदैन् र म लिने पक्षमा पनि छैन् । राजनीतिलाई शुद्धिकरण गर्नुपर्छ ।
भोलीका दिनमा आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र बामपन्थी दलमा पहिलो शक्तिको रुपमा उदाउँछ, जुन अध्यक्षम कमरेड प्रचण्डजीले पनि भनिसक्नु भएको छ । त्यो हेरेर पनि मैले माओवादीमा आएको हु ।
देशमा जुन हिसाबले राजनीतिमा व्यापत बितृषणा जागेको छ युवा समाजमा, त्यसमा कही न कही हामी नै जिम्मेवार छौं । विभिन्न दलमा लागेका राजनीतिकर्मीहरुको प्रस्तुतिको कारण सिंगो राजनीति जगत नै बदनाम भएको छ । त्यसकारण यसमा तौलमोलले कुनै अर्थ राख्दैन् ।
जसपा र माओवादीको बिचारधारा धेरै फरक छ ? तपाई कुन विचार धाराको नेता हुनुहुन्छ नी ? माओवादमा मिल्न जाने कारण नी ?
सबै पार्टीका आ–आफ्ना विचार र एजेण्डाहरु छन् । जसपा २०६२/६३ को मधेश आन्दोलनबाट जन्मेको पार्टी हो । जसपाको आफ्नै एउटा गर्भिलो इतिहास छ । तर २०६२/६३ को आन्दोलनलाई थाती राखेर जसपा जसरी अगाडी बढ्नुपर्ने थियो, त्यसमा कतै न कतै कुठाराघात भएको छ । र जसरी त्यो आन्दोलनमा मधेशका जनताहरुले आफ्नो प्राणको अहुती दिएर आन्दोलनमा सरिक भएका थिए त्यसको बदलामा सिंगो मधेसलाई गर्नुपर्ने सम्बोधन गर्न नसकेकै कारण अहिले जसपाको अवस्था विग्रेको मलाई लाग्छ । त्यसले गर्दा भोलीका दिनमा हामीले मात्रै होईन्, मधेशका हरेक नागरिकले मधेश आन्दोलनको उपलब्धी के हो ? भनेर मधेशी पार्टीलाई सोध्नुपर्छ ।
हामी जनतालाई अधिकार सम्पन्न बनाई मालिक बनाउन चाहेका हौं । त्यसैले जनताले हामीलाई सहजै रुपमा स्वीकार्ने छ भन्ने विश्वास छ ।
आज नेपालमा भएको संबैधानिक उपलब्धीहरुको देन नै नेकपा माओवादी केन्द्रको हो । महान जनयुद्धपछि नेपालले जति पनि उपलब्धी प्राप्त गरे, जस्तै समानुपातिक समावेशी, संघीयता, संविधान लेखन, केन्द्रमा रहेको शक्तिलाई बिकेन्द्रीकरण र सिंह दरबारलाई गाउँ गाउँमा सम्म पु¥याउने उपलब्धीहरु नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रकै देन हो । पछि आएर मधेश आन्दोलनको पनि मुद्दा उठ्यो त्यसले थप ऊर्जा देशमा जाग्यो र देश संघीयतामा आयो । अहिले स्थानीय तहको वडा सदस्यमा एउटा अनिवार्य दलित चाहिन्छ, महिला र मुस्लिम चाहिन्छ । यो सबैको श्रेय माओवादी पार्टीलाई जान्छ । भोलीका दिनमा आसन्न निर्वाचनमा नेकपा माओवादी केन्द्र बामपन्थी दलमा पहिलो शक्तिको रुपमा उदाउँछ, जुन अध्यक्षम कमरेड प्रचण्डजीले पनि भनिसक्नु भएको छ । त्यो हेरेर पनि मैले माओवादीमा आएको हु ।
यहाँ पर्सा क्षेत्र नं. ४ बाट संघमा चुनाव लड्ने हल्ला सुन्दैछु ? कति करोड जम्मा पार्नु भएको छ नी चुनाव लड्न ?
पैसा र निर्वाचन दुबै फरक पाटो हो । समाजमा परिवर्तन नभई देश परिवर्तन हुन सक्दैन र यसको नेतृत्व युवावर्गबाट हुनुपर्छ ।
क्षेत्र नं. ४ माओवादीकै उम्मेदवारलाई दिने केन्द्रले संकेत गरेको छ त्यसकै आधारमा मैले गाउँ गाउँ घरघरमा गई जनताको दुःख, सुख समस्याका कुराहरु समन्वय गर्दै निर्वाचनको तयारी गरिरहेको छु ।
त्यसैको लागि पहिल्यैदेखी बिना पैसा खर्च गरि निर्वाचन लड्ने तयारी गर्दै आएको छु । पर्सा क्षेत्र नं. ४ मा विग्त तीनवर्षदेखी प्रत्येक जनताको घरघरमा गईरहेको छु, त्यसले जनतासंग भावनात्मक सम्बन्ध बनेको छ भने जनताको समस्या बुझ्ने र त्यसको समाधान गर्ने काम गर्दै आएको छु । यसलाई पैसाको बाध्यात्मक अवस्थामा जनता जोड्न मिल्दैन् क्षेत्र नम्बर ४ मा त्यस्तो अवस्था पनि छैन् । जनताको भावना लिएर पनि त्यसको कदर नगर्ने पात्रहरु पैसाको बलले चुनाव लड्ने गलत धारणा बनाइरहेका छन् । म त्यसको बिरोधी हु अब जनताले पनि धेरै बुझिसकेका छन् यसपटकको निर्वाचनले त्यो देख्न पाईन्छ पनी ।
देशभर गठबन्धन भएको छ ? यस किसिमले तपाईले नै क्षेत्र नम्बर ४ मा माओवादीबाट टिकट पाउने आधार के छ त ?
गठबन्धनबाटै चुनाव लड्ने हो । पर्साको आधा इलाका भनेको पर्सा क्षेत्र नं. ४ हो । त्यसैले पर्सा जिल्ला जस्तो अर्थ राख्ने जिल्लामा नेकपा माओवादी केन्द्रले संघीय निर्वाचनमा आफ्नो उम्मेदवारी नराख्नु भनेको भोलीको दिनमा आफ्नो अस्तित्व जोखिममा ल्याउनु हो । त्यसले गर्दा हाम्रो पार्टीको बुझाई अनुसार पर्सामा संघीय निर्वाचनको लागि एउटा क्षेत्रमा तयारी भईरहेको छ । पार्टीले जारी गरेको सर्कुलर अनुसार नै पर्सा क्षेत्र नं. ४ मा संघीय निर्वाचनको तयारी गरिरहेको छु । रहयो कुरा गठबन्धनको ।
पुरानोलाई स–सम्मान विदाई गर्नैपर्छ । वहाँहरु हाम्रा अभिभावक हुन । वहाँहरुको सल्लाह र सुझाव शिरोधार्य गरेर उन्नति र प्रगतिको बाटोतर्फ समाज र देशलाई लैजानुपर्छ ।
जुन हिसाबले केन्द्रको निर्णय आउँछ, त्यो हामीले मान्नैपर्छ र मान्छौं पनि । क्षेत्र नं. ४ माओवादीकै उम्मेदवारलाई दिने केन्द्रले संकेत गरेको छ त्यसकै आधारमा मैले गाउँ गाउँ घरघरमा गई जनताको दुःख, सुख समस्याका कुराहरु समन्वय गर्दै निर्वाचनको तयारी गरिरहेको छु । तसर्थः गठबन्धन तर्फ माओवादीबाट पर्सा क्षेत्र नं. ४ को संघीय निर्वाचनको लागि म नै उम्मेदवार हो ।
जिल्लामा माओवादी सक्रिय पार्टी बनेको छैन् ? यस हिसाबले चुनाव जित्न सकिएला ?
पछिल्लो निर्वाचनको परिणाम जस्तै अर्काे निर्वाचनको परिणाम आउँछ भने छैन् । एक मिनेट पहिला निर्वाचन गर्नुस् र त्यही निर्वाचन एक मिनेट पछि दोहो¥याउनुस्, परिणाम फरक आउँछ । तसर्थः हामी जनतासंग भएको भावनात्मक सम्बन्धमा विश्वास गर्ने हो । जनता जनार्दन हो, जनतालाई कुनै बाध्यात्मक अवस्थामा जान दिन्नौं । जनता नै हाम्रो सम्पति र मालिक हुन् । हामी जनतालाई अधिकार सम्पन्न बनाई मालिक बनाउन चाहेका हौं । त्यसैले जनताले हामीलाई सहजै रुपमा स्वीकार्ने छ भन्ने विश्वास छ ।
दक्षिणकोरिया, जापान, चिनलाई हेर्नुस् १९८० को दशक चीन भोकमरीबाट मर्दैथियो । यति छोटो समयमा चिन कहाँबाट कहाँ पुग्यो ? यो सबै अभ्यास हेर्दाखेरी राजनीति शुद्धिकरणमा कहि न कही कुठाराघात भएको छ ।
पार्टीको केन्द्रिय सर्कुलर अनुसार नेता कार्यकर्तालाई एकताबद्ध गरेर भएको सहकार्यको कुराले छिट्टै नै पर्सामा माओवादी उदयमान शक्तिको रुपमा निक्लेर आउँछौं भन्नेमा म विस्वस्त छु ।
अहिले ‘‘हजुर बा’’ उमेरका नेताहरुलाई विस्थापित गर्ने होड चलेको छ ? यसलाई यहाँले कुन रुपमा लिनुभएको छ ? के पर्सामा यो सम्भव छ ?
सम्भव छ र हुनु पनि पर्छ । संसारमै नभएको अभ्यास हो । एउटै व्यक्ति बचुन्जेलसम्म ५÷७ पटक उम्मेदवार हुनु विश्वकै राजनीति परिवेशमा नयाँ खालको इतिहास देखिरहेको छु । यो सिंगो राजनीतिको लागि पनि बिडम्बना हो । समग्रमा राजनीतिलाई नै धमिलो पार्ने कार्य हो । पुरानोलाई स–सम्मान विदाई गर्नैपर्छ । वहाँहरु हाम्रा अभिभावक हुन । वहाँहरुको सल्लाह र सुझाव शिरोधार्य गरेर उन्नति र प्रगतिको बाटोतर्फ समाज र देशलाई लैजानुपर्छ ।
१९४७ सालमा भारत स्वतन्त्र भईसकेको अवस्थामा नेपाल र भारतको आयस्रोत लगभग उस्तै उस्तै थियो । तर १९५० पछि भारतले जब आर्थिक क्रान्ति गर्याे । सोही बेला जवाहरलाल नेहरु भारतको प्रधानमन्त्री बने त्यसबेलादेखी उच्च लेबलका विश्वविद्यालय खुले, प्राविधिक विश्वविद्यालय खुले, जनतालाई शिक्षित रुपमा अगाडी बढाउने जुन कार्य भयो त्यसले गर्दा छोटो समयमै भारत विश्वको उदयमान राष्ट्रको रुपमा परिणत भयो । दक्षिणकोरिया, जापान, चिनलाई हेर्नुस् १९८० को दशक चीन भोकमरीबाट मर्दैथियो । यति छोटो समयमा चिन कहाँबाट कहाँ पुग्यो ? यो सबै अभ्यास हेर्दाखेरी राजनीति शुद्धिकरणमा कहि न कही कुठाराघात भएको छ । तसर्थः पुराना साथीहरुको अनुभवलाई शिरोधार्य गरि प्रन्टलाइनरमा युवाहरुलाई अगाडी बढाउनुपर्छ ।
पर्सा क्षेत्र नं. ४ का निर्वाचित सांसद लक्ष्मण लालकर्णको कामलाई यहाँले कसरी मुल्याङकन गर्नु भएको छ ?
वहाँ एउटा विद्वान नेता र यस क्षेत्रको अभिभावक पनि हुनुहुन्छ । तर आफ्नो क्षेत्र, समाज र टोलको शिक्षा, स्वास्थ, कृषि वा अन्य कुनै विकासको समाजलाई अग्रगामी तिर लाग्ने सवालमा वहाँको उपस्थिति देखिएको छैन् ।
दिनप्रतिदिन पर्सामा शिक्षाको अवस्था खस्किदै गएको तथ्याङकले देखाएको छ । हिजोका दिनमा कसले के कति गरे जनतालाई थाहा छ । तर भोलीका दिनमा यस्तो किसिमको वातावरण नहोस् भने सम्पूर्ण दलका नेतालाई जिम्मेवारी र जवाफदेहिता बनाउन मेरो अनुरोध छ ।
यदि वहाँको उपस्थिति चलायमान भईदिएको भए यहाँको जनताले फेरी वहाँलाई नै आउनुस् भन्दै स्वागत गर्थे तर परिस्थिति त्यस्तो देखिदैन् । त्यसकारण मैले अघि नै भने समाज र देशको लागि ज–जसले योगदान गरेका छन् उनलाई स–सम्मान बिदाई गरौं ।
पर्सा क्षेत्र नं. ४ मा कस्ता खालका समस्या हेर्नु भएको छ ?
पर्सा आफैमा एतिहासिक पुष्ठभूमि बोकेको जिल्ला हो । हिजोदेखी पर्सा एउटा सुगम जिल्लाको रुपमा गनिन्थ्यो । तर आज पर्साका कति प्रतिशत जनता शिक्षित छन् ? कति प्रतिशत जनसख्याले आधुनिक कृषिमा टेक्न सकेका छन् ? पर्सामा कुन प्राविधिक लेबलका विश्वविद्यालय छन् ? यी विविध समस्या छन् । सुख नै छैन भने समस्या त शत प्रतिशत नै हुन्छ नि ।
सिकारीबास गाउँका सबै कमैया हुन । त्यसकारण न शिक्षाको व्यवस्था छ न स्वास्थ्य, न बिजुली पानी त्यसले गर्दा बासिन्दाहरुसंग भेट्ने र समस्या बुझ्ने काम भईरहेको छ । पटक पटक म आफै पनि गएको छु ।
सम्भावनाका बाबजुद पनि समस्या जकडिएको छ । तर त्यो सम्भावनामाथि टेक्न पुराना नेता र नेतृत्वका साथी सक्नु भएको छैन् । पर्सा जिल्लामा कम्तिमा एउटा कृषि विश्वविद्यालय, अध्ययन संस्थान, चिस्यान केन्द्र, प्राविधिक विश्वविद्यालयको विकास हुनुपथ्र्यो । दिनप्रतिदिन पर्सामा शिक्षाको अवस्था खस्किदै गएको तथ्याङकले देखाएको छ । हिजोका दिनमा कसले के कति गरे जनतालाई थाहा छ । तर भोलीका दिनमा यस्तो किसिमको वातावरण नहोस् भने सम्पूर्ण दलका नेतालाई जिम्मेवारी र जवाफदेहिता बनाउन मेरो अनुरोध छ ।
वनजंगल र सिकारीवास पनि क्षेत्र नं. ४ अन्तर्गत नै पर्दछ ? यस क्षेत्रको समस्या सुधार्न तपाईको योजना के हुनेछ ?
पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रले गर्दा पनि यहाँको हुलाकी सडक अवरोध भएको छ । सिकारीवासको बारेमा मैले बुझ्ने र अध्ययन गर्ने प्रयास गरिरहेको छु । सिकारीवासको बसोबास र अध्ययन हिजो कुन ढङ्गले भएको थियो बुझ्न लागेको छु । तर सिकारीबास गाउँ जंगलभित्र अवस्थीत छ । त्यहाँ थारु, आदीवासी, जनजाति समुदायका बस्तीहरु छन् ।
त्यहाँका सबै कमैया हुन । त्यसकारण न शिक्षाको व्यवस्था छ न स्वास्थ्य, न बिजुली पानी त्यसले गर्दा बासिन्दाहरुसंग भेट्ने र समस्या बुझ्ने काम भईरहेको छ पटक पटक म आफै पनि गएको छु । त्यहाँको समस्या बारे लिखित रुपमा मुख्यमन्त्रीज्युलाई पनि बुझाएको छु र संघीय सदनमा पनि उठाउने विभिन्न माननीयज्युहरुलाई आग्रह गर्ने काम मैले छोडेको छैन् ।
तसर्थः अझै पनि म त्यस क्षेत्रको गहिरो अध्ययन गर्दै छु । त्यहाँ बाटोघाटो, बिजुल, स्वास्थ्य, शिक्षा आदी लग्न कुन नियम र कुन कानुनले अवरोध गर्याे ? त्यो पत्ता लगाएर गहिराईमा पुग्ने प्रयास गर्दैछु ।