कुनै बेला फलामे ढोकाको रुपमा चिनिएको एस. एल. सी (SLC) यो बेला माध्यमिक तह सरह एसइइको नामले परिभाषित भइसकेको छ । यो भनेको गे्रडिड प्रणाली अन्तर्गत नतिजा आउने चलन हो ।
अहिले तेस्रो बर्ष चलिरहँदा अघिल्लो बर्ष जस्तै आषाढको दोस्रो साता एसइई २०७४ को नतिजा सार्वजनिक भइसकेको छ । दिन र रात नभनी गरेको बर्षौंको मेहेनतको फल खराब आउंदा बिद्यार्थिहरुको भविष्यमा पर्न गएको प्रत्यक्ष असरलाई न्यूनिकरण गर्न साथै आजको प्रतिस्पर्धाको चढावमा विद्यार्थी वर्गहरुको पठन पाठन क्रियाकलावलाई स्तरीय पार्नको लागि संचालित एसईई ग्रेडिङ नतिजाले के कस्तो परिवर्तन भएको छ ? यो चासो अनि खोजको बिषय बनिरहेको छ । प्रत्येक बर्ष लाखौंको संख्यामा विद्यार्थीहरुको भविष्य जोडिएको यो परिक्षाफलमा यस बर्ष पनि ४ लाख ५१ हजार ५ सय ३२ जना विद्यार्थीको भविष्य एसईई ग्रोडिङ पद्धतिमा जोडिएसगैँ प्राप्ताङ्ग अंकको आधारमा आफ्नो रोजाईलाई विद्यार्थीहरुले अब पढ्ने बिषय छनौटमा सबैको ध्यान आर्कषण हुनु स्वभाविक मानिन्छ । बिगत तिन बर्ष देखि एस.एल.सि. को नाम परिवर्तन सगैँ ग्रेडिड जीपीए कै आधारमा परिक्षाफल प्रकाशित हुने हुनाले अब विद्यार्थीहरुले आफुले पढ्न चाहेको बिषयको निर्धारण समेत प्राप्ताङ्ग ग्रेडको अनुरुप तय गर्ने छन् ।
कुनै पनि विद्यार्थी फेल भएकै कारण विद्यार्थीको मनोबल तथा भविष्य माथि प्रश्न चिन्ह खडा नहोस् भन्ने आसय सगैँ प्रतिस्पर्धाको होडवाजी अनुरुप यो सिस्टमको प्रयोग गरिएको हो । २०७४ सालको यस नतिजामा नियमित तर्फ ४ लाख ५१ हजार ५ सय ३२ मध्ये ३.६ देखि ४ ग्रेड प्वाइन्ट –जीपीए) १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन् । ४६ हजार १ सय ३० जनाले ३.२ देखि जीपीए १४ हजार २ सय ३४ जनाले प्राप्त गरेका छन् भने ४६ हजार १ सय ३० जनाले ३.२ देखि ३.६ जीपीए ल्याउन सफल भएको देखिन्छ । तर अब उनिहरुले पढ्न चाहेको बिषय आफनो लगाव र स्यंम आफुमा भएको क्वालिटीको आ्धारमा आफ्नो भविष्यको मार्ग चित्र कोर्न अविभावकले पनि सके सम्म सहयोग गर्न सके मात्र आफ्ना बालबालिका हरुको उज्जल भविष्य तर्फ उन्मुख हुन सक्नेछन् । किन कि आजको यो फास्ट्रयाक समय र बढ्दो प्राविधिक प्रतिश्पर्धामा बल जवरजस्ती नचाहेको बिषय तर्फ दवाब दिनु भनेको बिद्यार्थिहरुको स्वतन्त्रता माथिको प्रहार हुनेछ ।
जो विद्यार्थीको जीवन मात्र हैन पुरै भविष्य माथिको खेलबाड हुन सक्नेछ भन्ने तर्फ सम्पुर्ण अभिभावकको ध्यान पुग्न जरुरी छ । हुन त प्रत्येक अभिभावक यहि चाहन्छन् कि भोलिको दिनमा मेरो छोरा वा छोरी ठूलो मान्छे बनोस्, दिन रात नभनिकन गरेको मिहिनेतसगै आर्थिक लागत सहि ठाउंमा सदुपयोग होस् भन्ने नै चाहेका हुन्छन् । अनि विद्यार्थी स्यंम आफुले आर्जन गरेको शिक्षा सहि ठाउंमा लगानी होस, र लगानी अनुरुप घर परिवारको जीवन धान्न पर्याप्त आम्दानीको स्रोतसगै सुखि र खुशि जीवन व्यतित गर्न सकोस् भन्ने सपना देखेका हुन्छन् । तर सबैको यो आंकक्षाहरु पुरा हुन्छन् नै भन्ने पनि पनि हुदैन किन कि प्रत्येक बालबालिकाको बौद्धिक तथा ज्ञानबर्दक क्षमता एकनाशको हुदैन । सबैको लक्ष्य भविष्यमा के बन्ने भन्ने चाहना पनि फरक हुन्छ । कसैको चाहना डाक्टर बन्ने होला, कोइ ईन्जिनियर, शिक्षक, पाइलट, पत्रकार, साहित्यकार, वकिल, आदि इत्यादि । तर कतिपय बालबालिकाहरुको अभिभावकले नै होइन यो बन्नु पर्छ यो बिषय पढ्नै पर्छ भन्ने दबाब दिएका कारण पनि कति बालबालिकाको भविष्य चाहेर पनि बन्न नपाएको अवस्था छ । जहाँ बालबालिकाको रुचि पटक्कै हुदैन आफ्नो लक्ष्य प्रति सकारात्मक सोच हुदैन । त्यतापट्टि कुनै पनि अभिभावकले दबाब नदिएकै राम्रो हुनेछ ।
सानैदेखि ईन्जिनियर बन्ने चाहना बोकेका विद्यार्थी बाबुआमाको चाहना पुरा गर्न डाक्टर बन्न लाग्दा उनिहरुको स्वतन्त्रता माथि हनन् भईरहेको हुन्छ । जस्को फलस्वरुप उ आफ्नो लक्ष्यसम्म पुग्न र खुशि हुन नसकिरहेको अवस्था देखिन सक्छ । तर्सथ आजको परिवर्तित समयभित्र स्वयम् विद्यार्थीको रुचि र रोजाईको बिषय अध्ययन गर्ने स्वतन्त्राको बाटो खुलाईदिनु अभिभावको पहिलो कर्तव्य हो । किनकि पुरै जीवनको शैक्षिक कमाई र अथाह मिहिनेतलाई निश्चित तोकिएको तीन घण्टाको परिक्षा मार्फत आएको नतिजाले विद्यार्थीको पुरै भविष्यसंग जोड्नु गल्त हुन सक्छ ! तसर्थ स्वयम विद्यार्थीहरुको मनको रोजाई र रुचि अनुरुप नै बिषय छनौट गर्न अभिभावकले प्रोत्साहन र सहयोग गर्नु पर्छ ।