तराईको उव्जाउ जमिनमा परापूर्वकालदेखि कृषि काम पारम्परिक रुपमा हुदै आइरहेको छ । आकाशे पानीको भरमा हुदै आएको कृषि काम इन्द्र भगवानको मुखापेक्षी थियो भन्ने चलन छ । जसको कारणले पारम्परिक रुपमा हुने कृषि कामबाट अपेक्षित उब्जनी तथा आम्दानी हुदैन्थ्यो ।
बढी वा घटी जस्तो सुकै उब्जनी भए पनि कर्मठ किसानहरुले जमिन बाँझो राख्दैनथ्यो । मंसिर महिनामा वर्षे बाली भिœयाइ सकेपछि किसानहरुले माघ महिनासम्म जम्मै खेत कोदालोले खनि सक्दथे । अचेल जस्तो ती दिनहरुमा खेतमा प्रायः एक बाली नै लगाइन्थ्यो ।
भनिन्थ्यो माघमा खनेर जेठ महिनाको तिक्ष्ण घाममा खेतमा खनिएका डल्लाहरु सुके पछि माटोमा रहेका हानिकारक किरा फट्यांग्रा तथा अनावश्यक खर पातका बिउहरु सुकेर आगामी बालीको लागि माटो असल तथा मलिलो हुन्छ । जसको कारणले उब्जनी राम्रो हुन्छ भन्ने गरिन्थ्यो । पुराना दिनहरुमा यान्त्रिक विकास भइसकेको थिएन । तसर्थ कृषिकार्यमा पारम्परिक ज्यावलहरु तथा मानवश्रम शक्ति मात्र प्रयुक्त ठानिन्थ्यो ।
माटो खन्न, जोत्नकोलागि कोदालो, काठे हलो, खेत सम्याउने कामकोलागि हेंगा, अनावश्यक खर पात झिक्नको लागि खुर्पी, खुर्पा तथा कटनि गर्ने कामकोलागि दा“तेदार ह“सिया जस्ता कृषि ज्यावलहरु प्रयुक्त हुन्थे । तराईमा प्रयोग हुने कोदालो तथा हलो पहाडमा प्रयुक्त हुने हलो, कोदालो भन्दा भिन्न हुन्थ्ये । तराइको कोदालो चाक्लो तथा बिंड लामो हुन्थ्यो । बिंड लामो भएको हुनाले काम गर्ने मान्छे उभिएर नै कोदालो खन्न सक्दथ्यो । काठे हलोमा फलामको फाली लगाइन्थ्यो जसलाइ करुवारी(फलामले निर्मित इङलिशको यु आकारको सानो यन्त्र)ले रोकि राख्दथ्यो । हलोमा लामो ‘हरिसुलागेको हुन्थ्यो जसमा पालो(जुवा) लाग्दथ्यो तथा त्यसै पालोमा गोरुहरु जोतिन्थ्ये ।
हलो जोत्ने मानिस ‘परिहथु समातेर तथा हाथमा गोरु हा“क्ने पायना(लौरो) लिएर जोत्दथ्ये । फलामे फाली खेत जोत्दा ‘भोथराु हुन्थ्यो जसलाइ कामीको आरनमा लगेर तिख्यानु(तिखार्नु) पर्दथ्यो । हलो जोत्नकोलागि एक जोडी गोरु आश्यक पर्दथ्यो । ठूला किसानहरुसित खेत बढी हुने हुनाले दुइ वा बढी जोडी हलो आवश्यक हुन्थ्यो । अगाडीको हलोको पछि दोश्रो वा तेश्रो हल जोतिन्थे । खेत जोति सके पछि माटो सम्याउनकोलागि हेंगा आवश्यक हुन्थ्यो ।
हेंगा दुइ वद्र्धिया अर्थात एक जोडी गोरुले तान्ने तथा चरवद्र्धिया अर्थात दुइ जोडी गोरुले तान्ने खालका हुन्थ्ये । एक जोडी हलोले एक दिनमा कम्तीमा पाच कट्ठा खेतको दोहार(दुइ चास जोतनी) गर्न सक्दथ्यो तथा त्यति खेत जोते वापत् हलो जोत्ने ज्यामीलाइ एक पसेरी कच्चा(करिब पौने तीन किलो) धान ज्याला दिइन्थ्यो । त्यस्तै व्याडको विउ उखेल्नकोलागि एउटा ज्यामीले उखेलेको धानको विउ दुइ जनीले रोप्न सक्ने हुनु पर्दथ्यो । एउटा जनीले दिउस भरिमा कम्तीमा एक कट्ठा खेत रोपि सक्दथ्ये ।
वितेका दशकहरुदेखि कृषीकामहरुमा अत्याधूनिक यान्त्रिकरणको विकाश तथा परिमार्जन हुदा हुदै अत्यन्त विकसित अवस्था छ । जोतनी तथा खेत खन्ने काममा ट्रैक्टर व्यापक रुपमा परिचालित छन । ट्रैक्टरमा ‘कल्टीभेटर, रोटाभेटर, सीडर, हार्भेस्टर तथा अन्य कृषी उपकरणहरु जोडेर महिनौमा सम्पन्न हुने काम दिनमा तथा दिउसभरिमा सम्पन्न हुने काम केहि घण्टामा नै हुन सक्ने भएको हुनाले पुराना कृषी ज्ज्यावलहरु लोप हुने स्थितिमा पुगि सकेका छन ।
वत्र्तमान समयमा अब त ती ज्यावलहरु कुनै सांस्कृतिक वा धार्मिक कामकोे प्रयोजनकालागि खोजेर पाउन पनि असम्भव प्रायः भइ सकेको स्थिति छ । भोजपुरी क्षेत्रमा विवाहको अवसरमा बसगडी(गौरी–गणेश स्थापना गर्ने थलो) गर्ने एक किसिमको विधि हुन्छ जसमा काठे हलोको हरिसको आवश्यकता पर्दछ जुन अचेलको समयमा खोजेर पनि पाउन गा¥हो पर्दछ ।
पुराना समयको काठे पांग्रावाल गोरुगाडा तथा काठे हलोको अस्तित्व समाप्त प्रायः भइ सकेकोे अवस्था छ । भएको गोरुगाडा आकलझुकल कतै देखा परि हाले पनि त्यसको पांग्रा काठको न भइ रब्बरका टायरको हुन्छ । काठे हलो फेला परे पनि त्यसकाको फाली पारम्परिक न भइ रिजिन, कल्टी वा वर्मी किसिमको हुन्छ ।
पारम्परिक कृषी ज्यावलहरु लोप हुने अवस्थामा भए पनि खासै विग्रिनेवाला केहि छैन किनकि पारम्परिक ज्यावलहरु परिष्कृत भएर नया यन्त्रहरुको रुपमा आइ सकेका कारणले हालका दिनमा हुने कामहरु छिटो तथा छरितो हुन्छ । नया यन्त्रहरुको शक्ति तथा काम गर्ने क्षमता तिब्रतर हुदै गइरहेकोमा परम संतोष मान्नु पर्ने अवस्था विद्यमान रहेको तर मानविय कार्य शक्तिको व्यापक ¥हास भइ रहेको परिस्थिति चिन्ताको विषय हुन आएको छ ।
केहि कृषी कामहरु यन्त्रशक्तिले सम्पादन हुन सक्ने भए पनि धेरै कृषी कामहरु अचेल पनि मानवश्रमले नै सम्पन्न हुन सक्दछन । जस्तै विडारबाट विउ उखेल्न वा खेतमा रोपाइ गर्नकोलागि क्रशः विडरिया तथा रोपाहारहरुको आवश्यकता पर्छ नै ।
पुराना दिनहरुमा माथि उल्लेखित भए झैं एउटा विडरियाले उखेलेको विउ दुइटा रोपाहारहरुको दिउसभरिको रोपनीकोलागि प्रशस्त हुन्थ्यो तथा एउटा रोपाहारले एक दिनमा एक कट्ठा खेत रोपेर घर फर्किन्थ्यो भने वत्र्तमान समयमा दुइटा विडरियाले उखेलेको विउ एउटै रोपाहारले रोपि भ्याउछ तथा एक कट्ठा खेत रोप्नकोलागि दुइजनी रोपाहारले मात्र रोप्न सक्दछन ।
कृषिकार्यमा यन्त्रशक्तिको विकाश भएर कार्य दक्षता तथा क्षमता वृद्धि हुनु किसानकोलागि नराम्रो होइन । तर मानवीय कार्य शक्तिको व्यापक ¥हास हुनुले खेती गर्ने किसानहरुले अचेलका दिनहरुमा ज्याला बढी तथा काम कम्तीको मार खेप्न भने किसान बाध्य छन् ।