मोरङ जिल्ला उर्लाबारी मिक्लाजुङ गाउपालिका पिता इन्द्रबहादुर बिस्वकर्मा माता सरिता राइको कोखबाट चौथो संतानको रुपमा जन्मिएका मञ्जुल मितेरी, कवि गीतकार, साहित्यकार एवं गायककार थुप्रै कारहरूको धनी,बहुप्रतिभाशाली व्याक्ती हुन् ।
उर्लाबारी बहुमुखी क्यामपसमा प्रवीणतातह अध्यन गरेका मितेरीले स्नाकोत्तर भने महेन्द्र मोरङ क्याम्पस बिराटनगरबाट गरेका हुन्। कक्षा छ मा अध्ययन गर्दैगर्दा अरनिकोको जीवनीबाट प्रेरित भएर मुर्ति बनाउने कार्यमा लागेका मितेरी ११ बर्षको कलिलो उमेरदेखी नै मूर्तिकला क्षेत्रमा प्रवेश गरेका हुन् । हाल विश्वकै यस शताब्दीको ठूलो गौतम बुद्द्को मुर्ति जापानमा बनिरहेको बताउने मितेरीले ९५ प्रतिशत कार्य सप्पन्न भएको बताउछन् ।
कला, साहित्य गीत संगीतमा समेत उत्तीकै सकृय मितेरीले हालसम्म १० ओटा गीत सार्वजनिक गरिसकेका छन् भने, २०५७ शालमा आस्था नामक कविता स·्रह २०७१ मा अर्काको देशमा कथा स·्रह ,र हाल प्रकाशोन्मुख अवस्थामा रहेको कविता स·्रह “कामी“ रहेको छ । विचारमा प्रष्ट जातीयता भन्दा माथी उठेर कदम अगाडि बडाउने मितेरीले गौतम बुद्धको देश भनेर चिनिएको हाम्रो देशमा जन्मिएर जापानसम्म पुगेर विश्वकै ठुलो बुद्धकै मुर्ति स्थापना गरेर नेपाल र नेपालीको शिर उच्च पार्ने बहुप्रतिभामुखी मितेरीको महत्वाकांक्षी लक्ष्य एक हजार विश्वप्रसिद्ध व्याक्तित्वहरुको मुर्ति स्थापना गरि नेपाल सरकारलाइ हस्तान्तरण गर्ने रहेको बताउ“छन्। नेपाल सरकारबाट २०७२ सालमा राष्ट्रीय युवा पुरस्कारबाट समेत सम्मानित भएका बहुप्रतिभाका धनी उनै मितेरीसग मध्य नेपालको लागि गरिएको संक्षिप्त कुराकानी ।
हिजोआज के मा व्यस्त हुन्हुन्छ ?
कहिलेदेखी कलाकारिता क्षेत्रमा प्रवेश गर्नु भएको हो ? मेरो धेरै जसो समय मूर्ति कककूद्नमै लाग्ने गर्छ । जापानको विशाल बुद्धमूर्तिको निर्माणकार्य अब अन्तिम चरणमा छौं ! त्यसैले अलि त्यतातिर जोडबल गरिरहेको छु ।मुर्ति निर्माणबाट बचेका समय भने साहित्य र संगीतमा दिईरहेको छु । कलाकारीताको मेरो यात्रा बाल्यकालदेखि नै हो । अरनिकोको जीवनीबाट प्रेरित भएर ११ बर्षको उमेरदेखि मूर्ति कककूद्न शुरु गरेर अहिलेसम्म यसैमा साधनारत छु ।
कुशल मुर्तिकारको रुपमा परिचित नाम हो मञ्जुल मितेरी, कला तथा साहित्यको छेत्रमा पनि उत्तिकै अब्बल हुनुहुन्छ“ कसरी समयको व्यवस्थापन गर्नु हुन्छ ?
मेरो ब्यक्तिगत अनुभव भन्नुपर्दा चाहिं मूर्ति बनाइरहककदा संगीत गुन्गुनाउन या कविताहरुमा डुब्न पनि सकिने रहेछ यो मेरो अनुभव हो । फेरी ललितकला, साहित्य र संगीतको मुहान एउटै मन मस्तिष्क भएर पनि होला यी तीनै कुरालाई सककगसककगै लैजान सहज भईरहेको छ । मन र लगनशीलताको बाटो एउटै भए समय निस्कन्छ जस्तो लाग्छ !
मूर्तिकलाको छेत्रमा कहिलेदेखि प्रवेश गर्नु भएको हो ? अहिलेसम्म यहा“ले स्थापना गर्नु भएको मुर्ति सख्या र पहिलो मुर्तिको बारेमा बताइदिनुस न⁄ पहिलो अनुभव ?
म मेरो ११ बर्षको बाल्यकालको उमेरदेखि मूर्तिकलामा साधनारत छु । मेरो मूर्तिकलाको यो तीन दशकको अवधीमा लगभग तीन हजार मूर्तिहरु बनाईसकें होला । मलाई अझै पनि याद छ की कक्षा ६ को मेरो पाठ्यपुस्तकमा अरनिकोको जीवनी पढेर त्यही बेला मानव चेहराको एउटा सानो आकृति बनाएको थिएँ । त्यो मूर्ति अहिले मसककग सुरक्षित नभएपनि मेरो मूर्तिकलाको त्यो प्रारम्भको पहिलो दिन अत्यन्तै मूल्यवान थियो ।
यस क्षेत्रमा प्रवेश गर्ने प्रेरणा कहा“बाट पाउनु भयो ? साथै नव प्रवेशीलाई के भन्न चाहनु हुन्छ ?
मूर्तिकलामा मेरो प्रेरणा हाम्रा महान कलाकार अरनिको नै हुनुहुन्छ । तर धैर्यता र साधनाको कमी हुने त्यो फूच्चे मूर्तिकारलाई ढुंगा, सामाग्री र समय जुटाईदिएर मेरो बुवाले मलाई धेरै प्रेरणा दिनुभयो । कलामा निरन्तर साधना र यसप्रतिको माया छ भने हामीले यसमार्फत पनि आफ्नो सुन्दर जीवन निर्माण गर्न सक्छौं । मूर्तिकलामा पनि सुन्दर भविष्य अवस्य छ । नव प्रवेशीहरुको लागि कुनैपनी कुरामा चासो, मिहिनेत र लगनशीलता भयो भने जस्तोसुकै कार्यपनि गर्न सकिन्छ ! रुचि र लक्ष्य लिएर अगाडी बड्नुस बाटो आफै बन्दै जानेछ भन्न चाहन्छु । यस्तो कुनै कार्य छैन जस्को मूल्य नहोस् ! तसर्थ मूर्तिकलाको लागि इत्छुक जो कसैलाई अगाडि बड्नुस भन्न चाहन्छु !
विश्वकै इतिहासमा शताब्दीकै बुद्धको ठूलो मुर्ति जापानमा बनाउदै हुनुहुन्छ ⁄ कति प्रतिशत काम भैसकेको छ ? साथै जापान सरकारले यसलाई कसरी हेरेको छ ? कतिको सहयोग पाउनु भयो यसको बारेमा केही बताइदिनुस न ?
बिगत ६ बर्षअघिदेखि हामी ६ जना नेपाली मूर्तिकारहरुले जापानको एक बिशाल चट्टानी पहरामा गौतम बुद्धको मूर्ति बनाइरहेका छौं । तपाईंले भन्नुभए झैं यो मूर्ति यो शताब्दीमै विश्वकै विशाल ढुंगाको बुद्धमूर्तिको रुपमा निर्माण भइरहेको छ । अब यो लगभग अन्तिम चरणमा छ, ! अर्थात अबको केही महिनामा सम्पन्न हुदैछ । जापानले यसलाई आफ्नो देशको सम्पदाको रुपमा लिएको छ । हाम्रो काम र कलाबाट वहककाहरु प्रशन्न हुनुहुन्छ । यो हामी छ जना नेपालीको मात्रै होइन सम्पूर्ण नेपालीको गर्वको कुरा हो !
नेपालमा जन्मिएका, विश्वका थुप्रै मुलुकले नेपाललाई चिनाउने नाम हो बुद्ध ⁄ कति गर्वको कुरा छ यस्तो महान व्याक्तिको मुर्ति बनाइरहदा कस्तो महसुस गर्नु हुन्छ ?
गौतम बुद्धको यो विशाल मूर्ति यसरी विदेशमा आएर बनाउन पाउनु हाम्रो लागि बहुतै सौभाग्य र खुशीको कुरा हो । कारण गौतम बुद्ध नेपालमा जन्मिएका हुन् ! गौतम बुद्ध, हाम्रो देश र नेपाली ललितकलाको महिमालाई यसरी विदेशमा चिनाउन पाउनु मेरो ब्यक्तिगत जीवनकै सबैभन्दा ठूलो भाग्य सम्झेको छु । भने अत्यन्तै खुशी पनि नेपाली ललितकलाको इतिहासमा अरनिको पश्चात नेपाली कलालाई विश्वमाझ चिनाउने यो नै दोश्रो ठूलो अवसर हो । यस्तो अवशरको भागिदार हुने सौभाग्य पाउनु अत्यन्तै गर्वको कुरा हो !
सहज पक्कै छैन बिदेशी भुमिमा नेपाली कला, भाषा तथा संस्कृतिको जगर्ना गर्न फेरि पनि अहोरात्र मिहिनेत गरिरहनु भएको छ ⁄ कतिको संतुष्ट हुनुहुन्छ आफ्नो कार्यमा ? के नेपाल सरकार तथा सम्बन्धित निकायले यहा“को कलालाई सम्मान गर्ने गरेको छ ?
यो एक ऐतिहासिक काम हो त्यसैले यो त्यति सजिलो त छैन तर पनि हरेक जटीलतालाई स्वीकारेर हामी इतिहास निर्माणको अन्तिम प्रहरमा छौं । आफ्नो देशको कलाको छाप यहकका छाड्न पाउककदा धेरै नै हर्ष लाग्छ । जापानमा हामीले गरिरहेको यो कामको बारेमा नेपाल सरकारले आधिकारीक प्रतिक्रियाहरु जनाईनसकेको भएपनि देश विदेशमा रहनुहुने सम्पु्र्ण नेपालीहरुले हामीलाई निरन्तर माया, हौसला र आशिर्वाद दिइरहनुभएको छ । हामी आफ्नो कार्यप्रती संतुष्ट छौ ! जहाँसम्म कलाको सम्मानको कुरा छ जति पाएका छौ खुशी छौ!
कुशल मुर्तिकार हुन्हुन्छ , बुद्धको बाहेक अन्य मुर्ति पनि बनाउनु भएको छ ? यहा“को रोजाइमा बुद्ध नै पर्नुको कारण बताइ दिनुस न ?
मेरो मूर्तिकलाको जीवनमा धेरै किसीमका मूर्तिहरु बनाएको छु । तर जापानको पहरमा भने यहककाको मूर्ति निर्माण प्रतिष्ठानको योजना अनुरुप नै हामीले बुद्धमूर्ति बनाएका हौं । मेरो रोजाईको बुद्धको मुर्तिमा मात्रै होइन ।तर जापानमा मुर्ति निर्माण प्रतिस्ठानको छ्नौटमा बुद्ध मुर्ति परेको हुँदा यो सौभाग्य पाएका हौ ।
बहु प्रतिभाशाली व्यक्ती हुनुहुन्छ मुर्तिकार, कलाकार, गीतकार यी सबै कारलाई कसरी एकैसाथ दौडाउन सक्नु भएको छ ?
म मेरो जीवनलाई सम्भव भएसम्म सदुपयोग गर्ने प्रयत्न गरिरहेको छु म जे लेख्छु, र गुन्गुनाउछु, त्यो हजुरहरुले मन पराईदिनुहुन्छ र खुशी भईदिनुहुन्छ । यस मानेमा म बहुतै भाग्यमानी छु । तपाईंहरुकै माया, हौसला र विश्वासले यो सबै सम्भव भईरहेको छ ।
मूर्तिकला स“गस“गै साहित्य लेखन तर्फपनी उतिकै सकृय हुनुहुन्छ ? साहित्य के हो यहा“को बिचारमा ?
समाजमा चेतना र जागरण भर्ने एक चेतनशील, प्रगतिशील माध्यम हो साहित्य । साहित्य आफ्नो लागि लेख्ने होईन, यो त समाजको लागि लेखिनु पर्छ । मलाई यस्तै लाग्छ । मुर्ति बनाएर पाएको समय साहित्यमा दिने गरेको छु ! सक्रियता भन्दा पनि इच्छाशक्तिको कुरा रहेछ ! जहाँ इच्छाशक्ति हुन्छ त्यहाँ आफै सकृय देखिन्छ ।
नेपाली साहित्यको अवस्था कस्तो छ जापानमा ? कत्तिको सहज छ नेपाली भाषा तथा साहित्यको जगेर्ना गर्न बिदेशी भुमिमा ?
जापानमा नेपाली साहित्यको अवस्था धेरै नै राम्रो छ । यहाका धेरै साहित्यकारहरु नेपाली साहित्यको विकासको लागि निक्कै नै सकृय हुनुहुन्छ । मन, वचन र कर्मले सबैजना एकजुट हुने हो भने परदेशमा रहेर पनि आफ्नो भाषा, साहित्य र संस्कृतिको जगेर्ना गर्न सहज हुनेरहेछ । जापानमा साहित्यिक संस्था सिमित छन् । हाल म साहित्यिक चौतारी नेपाल जापान शाखाको सहसचिव पनि भएको हुँदा साहित्यको बिकास र बिस्तारको निमित्त सामुहिक रूपमा भाषा तथा साहित्यको बारेमा संस्थागत पाठशाला अन्तर्गत सिक्ने सिकाउने जस्तो कार्य पनि हाम्रो संस्था साहित्यिक चौतारी नेपालले गरिरहेको छ जस्को नेतृत्वदायी भुमिकामा अमरदेव वास्तोला हुन्हुन्छ ।
कुन बिधामा बढि कलम चलाउनु हुन्छ ? यहा“को प्रकाशित कविता स·्रह आस्था, कथा स·्रह अर्काको देशमा पछि प्रकान्सोमुख रहेको कृति “ कामी “ को बारेमा केही बताइदिनुस न ?
यो नै बिधा भनेर त होइन , तर म कविताहरु लेखिरहेको छु यो समय । पहिले कथा पनि लेख्ने गर्थें । अहिले मेरो तेस्रो पुस्तक ‘कामी’ कवितासंग्रह छपाईको अन्तिम चरणमा छ । अबको २ महिना भित्रमा तपाईंहरुसमक्ष यसलाई लिएर आउनेछु ।
दुरगामी सोच, जातीयता ,छुवाछूत विभेदका विरुद्ध खुलेर बोल्ने मितेरीको आ“खाले हेर्दा साहित्य तथा कलाले समाज परिवर्तनको लागि कस्तो भुमिका खेलेको छ ? र खेल्नुपर्छ ?
साहित्यर कलाको धर्म नै सत्यलाई उजागर गर्ने हो भने यसको कर्तव्य अुध्यारा अवचेतनहरुमा चेतनाको उज्यालो छर्ने हो । समाजलाई चेतना र जागरण भर्न साहित्य र कला जस्तो शक्तिशाली र प्रभावकारी माध्यम अरु हुनै सक्दैन । त्यसैले हामीले साहित्य र कलामार्फत समाजमा प्रगतिशील बिचार र मान्यताहरु स्थापित गर्नुपर्छ ।
एउटा महत्वाकांक्षी ऐतिहासिक कार्य जो विस्वप्रसिद्द १००० व्याक्तिको मुर्ति बनाएर सरकारलाई उपहार दिने लक्ष्य बोक्नु भएको छ ⁄ के ती मुर्ति पुरुषको मात्रै हुनेछन् कि महिलाको पनि मुर्ति बनाउदै हुन्हुन्छ ?
राष्ट्रलाई उपहार दिन भनी मैले बनाईरहेका ती एक हजार विश्वप्रसिद्ध ब्यक्तित्वहरुमा यो संसारलाई देन दिएका विभीन्न देशका साहित्यकार, वैज्ञानिक, दार्शनिक, कलाकारहरु लगायतका महान ब्यक्तित्वहरु हुनेछन् जसमा महिला पुरुष सरोबरी हुनुहुन्छ । यहाँले भन्नू भए जस्तै महिलाका मुर्ति निक्कै कम छन् ! तर मैले बनाएको मुर्तिहरुमा प्रसिद्द महिला पनि हुन्हुन्छ ।
मूर्तिकलाको छेत्रमा लाग्नु भएको छ,हामीले विश्वकै कुरा गर्दा महिलाहरुको मुर्ती अत्यन्तै कम देख्ने गरेका छौ । अर्थात नगन्यरुपमा के यस्ता प्रसिद्ध महिलाको कमि भएर हो कि अन्य कुनै कारण रहेको छ ?
मानव सभ्यताको असाध्यै लामो कालखण्डमा पितृसतात्मक राज्य व्यवस्था, संस्कार र मान्यताहरुले महिला बर्गलाई उत्पीडन र अन्धकारमा राखेको सत्य त जगजाहेर नै छ । यी तमाम उत्पीडनको बावजूद पनि यो संसारले अद्वितीय, अदभूत नारीहरु पाएको छ ।
हाम्रो मानवसभ्यतामा यो संसारलाई देन दिनेहरुमा पुरुषको दककाजोमा महिलाहरु कम छन् भन्ने होईन तर ईतिहास जित्नेहरुको लेखिन्छ भन्ने उक्तिलाई समाजले पितृसत्ताको अुाखाबाट हेरेको चाहिं सत्य हो । त्यसैले विभीन्न कालखण्डहरुमा महान नारीहरुको स्मृतिमा वहककाहरुको स्मारक शालिकहरु बनाउन, उनीहरुको जीवनीमाथी खोज, अनुसन्धान र प्रकाश पार्न कन्जुस्याईं भएको हो । तर अब त्यसो हुन दिनुहुदैन, ईतिहास सबैको लेखिनुपर्छ ।
अन्त्यमा अझ थप के भन्न चााहनु हुन्छ ?
यो अवसरका लागि हार्दिक धन्यवाद हजुरलाई । तपाईंको पत्रीका मध्य नेपाल संदेश मार्फत आफ्ना कुरा साझा गर्ने अवसर्को निमित्त । अबको केही समयपश्चात जापानको यो बिशाल बुद्धमूर्ति निर्माण सम्पन्न गरिसकेपछि नेपाल फर्कनेछु । नेपालमा मैले राष्ट्रलाई उपहार दिन भनी बनाइरहेका एक हजार विश्वप्रसिद्ध ब्यक्तित्वहरुका शालिकहरुको निर्माण सम्पन्न गर्नुछ । जहकका रहे पनि म नेपाली कला, साहित्य र संगीतमा नै समर्पित भइरहेछु ।