वन तथा वातावरण मन्त्री प्रदीप यादवले युवाको जोस र पाकाको होसले देश समृद्ध हुने बताउँनु भएको छ ।
मध्य नेपाल सन्देश पत्रिकाको छठौँ वार्षिकोत्सव कार्यक्रममा बोल्दै मन्त्रि यादवले पाका नेताहरुको अनुभव र युवा नेताहरुको जोसले देशलाई छिटै अग्रगामि विकास तर्फ लान सकिने बताउनु भएको हो । वीरगंजको कुमु प्यालेश होटलमा आयोजित ‘नेतृत्वमा युवा कि पाका’ विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री यादवले जसरी युवा शक्तिविना समृद्धि हासिल गर्न सकिदैन् त्यसरी नै पाकाको अनुभव, ज्ञान विना देश विकास सम्भव छैन् ।
अहिलेका युवा नेताहरु आधुनिक टेक्नोलोजिसंग परिचित छ भने, कतिपय बुढापाका नेताहरु छोरा, छोरीको सहाराले मात्रै समाजिक सञ्जालमा धारण राख्ने, क्याबिनेटका निर्णयहरु पढ्न लगाएर मात्रै बुझ्ने खालको भएकाले युवा र पाका दुबैको समिश्रण आवश्यक रहेको बताए ।
मध्य नेपाल पत्रिकाकी सम्पादक कविता खड्काको अध्यक्षतामा भएको कार्यक्रममा पत्रिकाकी सम्वादाता गिता भण्डारीले स्वगत मन्तव्य र कार्यक्रमबारे अग्रज सञ्चारकर्मी विजय भण्डारीले प्रकास पारेका थिए ।
पत्रिकाकी सञ्चारकर्मी लक्ष्मी खरेलले सहजिकरण गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उमेश कुमार ढकाल, वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुबोध गुप्ता, नेपाल पत्रकार महासङ्घका सचिव दीपेन्द्र चौहान, केन्द्रिय सदस्य केसी लामिछाने, प्रदेश महासचिव श्याम बन्जारा, वीरगंज महानगरपालिकाकी पूर्व उपप्रमुख शान्ति कार्की, नेपाली कांग्रेस पर्साका नेतृ रम्भा मिश्रा, दलित महिला सङ्घ पर्साकी अध्यक्ष नीला राम, समाजसेवी पशुपति विक्रम साह, वीरगंज युवा समाजका अध्यक्ष कमल चौलागाई, ग्लोबल विजनस कलेजका सञ्चालक ओम प्रकाश श्रेष्ठ, लगायतकाले मन्तव्य व्यक्त गरेका थिए ।
पत्रिकाको वार्षिकोत्सवको अवसरमा नेपाल पत्रकार महासंघ महोत्तरी शाखाकी अध्यक्ष सुनीता बराल, वीरगंजबाट प्रकाशित हुने भोजपुरी टाइम्सका सम्पादक अजय चौरसिया, वीरगंज उधोग वाणिज्य संघका अध्यक्ष सुबोध गुप्ता, एनप्याब्सन पर्साका अध्यक्ष रामराज श्रेष्ठ, किरण आँखा अस्पतालका डा अमर क्याल, होटल व्यवसायी कुबेर कार्की, उत्कृष्ट सञ्चारकर्मीमा कमला भण्डारी, पत्रिका वितरक सतीश वर्णवाललाई सम्मानित गरिएको थियो । 
कार्यक्रममा नेपाल रेडक्रस सोसाईटि मधेश प्रदेशका अध्यक्ष फुल महम्द मियाँ, भुमि व्यवस्था कार्यालय पर्साका अध्यक्ष तबरेज अहमद, नेपाल पत्रकार महासंघ पर्सा शाखाका उपाध्यक्ष युवराज खड्का, नेपाली कांग्रेस पर्साका नेता श्याम पटेल, सुष्मा तिवारी, जसपा नेतृ सल्मा खातुन, समाजसेवी तथा रक्त सञ्चार केन्द्र पर्साकी उपाध्यक्ष मधु राणा, नेपाल इन्सुरेन्स कम्पनी लिमिटेडका बरिष्ठ एजेन्सी म्यानेजर कमल बराल, ग्लोबल विजनस क्लेजका प्रधानाध्यापक श्रीराम दास, ब्यूटिसियन गुड्डी जोशी, सुमित्रा सापकोटा लगायतको उपस्थिति रहेको थियो ।











