तत्कालिन अवस्थामा नेकपा ऐमालेले पार्टी अध्यक्ष केपी ओलीलाई प्रधानमन्त्रीको रुपमा अगाडी सारी निर्वाचनमा होमियो । नेकपा ऐमाले र ने क पा माओवादीको संयुक्त गठबन्धनले सोचे जसरी नै जनताको मत पनि पाए । केपी ओली ऐमाले माओबादी गठबन्धनकै प्रधानमन्त्री भए । उनि प्रधानमन्त्री मात्र भएनन उनले आफुँसँग सबैभन्दा बढी दुरीमा रहेका मधेश केन्द्रीत दलको समेत समर्थन प्राप्त गरे । त्यसमा पनि मधेशी जनअधिकार फोरम त अझै सरकार मै सामेल भयो । उनको सरकार दुइतिहाइ बहुमत सहितको बन्यो । त्यसपछी नेकपा ऐमाले र नेकपा माओबादी विच निर्वाचनका बेलामा जनतासँग वाचा गरिए जसरी नै एकिकरण भयो र केपी ओली अत्यन्त शक्तीशाली प्रधानमन्त्री भए । आम मानिसमा अब मुलकमा शुसासन कायम भई, विकासले गतीलिने छ भन्ने विश्वास अझ बढी दरिलो भयो । अब भने त्यो विश्वास यथार्थमा परिणत नहुनेहोकी भन्ने आशंका सर्वत्र देखिन थालेको छ ।
अहिले नेकपा समर्थक कतिपय नेता र कार्याकर्ताको ठुलै पङती केपी ओलीको शासन संचालनको रबैयाप्रति त्यती सन्तुष्ट छैनन् । आज ९ महिना व्यतिसक्दा पनि सरकारले जनतालाई प्रत्यक्ष फाइदा पुग्ने कुनै काम गर्ने सकेको छैन । सरकारसँग जादुको छडी अवश्य छैन सबै काम एक पटक गर्नलाई । तर हुने विरुवाको चिल्लो पात भनेझै यो अवधिमा आशलाग्दो कामको शुरुवात हुनैपर्ने हो जुन हुन सकेनन् । जनतासँग प्रत्यक्ष सरोकार राख्ने र सरकारले गर्छु भनेका सरुसाना काम पनि गर्न सकेको छैन । मुलकमा रहेको वेथिति, भ्रष्ट्रचार अराजकता र कुशासन ज्यूका त्यू का त्यू छन् । प्रधानमन्त्री आफै कर्मचारी तन्त्र सच्चिन नखोजेको भन्दैछन् । जसबाट के पी ओलीको नेतृत्व असफलता तर्फ लम्कदै भन्ने भान हुन्छ ।
ओली सरकारले पाँच महिनामा ९२ वटा उपलब्धी हाँसिल गरेको भनि प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारले २०७५ साल असारसम्म गरेका महत्वपुर्ण कार्यहरु नामक पुस्तिकानै प्रकाशन गरेको छ । उक्त पुस्तिका अध्ययन गर्दा सरकारले पोलिसी लेवलमा केही महत्वपुर्ण र दुरगामी प्रभाव पार्न सक्ने सकारात्मक निर्णय गरेर अगाडी बढेको भन्ने सम्म देखिए पनी जनतासँग प्रत्यक्ष सरोकार राख्ने र जनताले राहत महशुस गर्ने काम शुरुवात भएको देखिदैन । शुसासनको पक्षमा धेरै काम भएको दाबी गरियतापनि हालसम्म शुसासनको अनुभुति सर्वसाधारणले गर्न सकेका छैनन् । हरक्षेत्रमा भ्रष्टाचार र कुशासन नै व्याप्त छ । कमर्चारीको गतिविधि र सरकारको निरिहपन हेर्दा कुकुरले पुच्छर होइन पुच्छरले कुकुर हल्लाएको जस्तो भान हुदैछ ।
महिला विरुद्ध हुने हिंसाको ग्राफ बढदो छ र सरकार सुरक्षा दिन असफल देखिन्छ । अपराध गर्नेहरुलाई कानूनको कठघरामा ल्याउन समेत प्रहरी प्रशासन नकाम भइरहेको छ त्यही प्रहरी कानून विपरित काममा संलग्न रहको घटनाहरु सार्वजनिक भएका छन् । मुठभेडका नाममा गैर न्यायिक हत्या गर्ने क्रम बढदो छ । यस्तो स्थितिले प्रहरीसँग जनताको सम्बन्ध चिसिएको छ ।
नेपालमा पानी जहाज, चुल्लो चुल्होमा ग्यास पाइप, पुर्व पश्चिम चल्ने विधुतिय रेल, मोनो र मेट्रो रेल, अन्तराष्ट्रीय विमानस्थल जस्ता ठुला परियोजना नचाहिने होइनन् तर त्यो भन्दा पहिला शुशासन चाहिएको छ । सुशासनका निम्ती ठुलो धनराशी पनि चाहिदैन । तर के पी ओलीको सरकार आएपछी पनि सुशासन नारामा मात्र सिमित छ । सरकार साँच्चै जनताको हित र पक्षमा छ भने सुशासनको अनुभुति दिन सक्नुपर्छ । सुशासन कायम गर्ने तर्फ सरकारको कदम शुन्य छ भने संघीयतालाइ प्रर्बद्धन गर्न दिशामा पनि सरकार असक्षम जस्तै देखिएको छ । आज प्रदेश सरकारहरु कर्मचारीको अभावमा कुनै काम गर्न सकिरहेका छैनन । यता भए भरका कर्मचारी केन्द्रमा थोपरिएका छन् । सरकार कर्मचारीलाई कार्यक्षेत्रमा पठाउन सक्दैन । दुइ तिहाई बहुमतको यो सरकार कर्मचारीको अगाडी लाचार भएको हो की संघियतालाइ असफल गराउने रणनीतिमा लागेको हो छलफलको विषय बनिरहेको छ । यो पक्कै राम्रो होइन ।
राष्ट्रपति कार्यालयका लागी प्रहरी तालिम केन्द्र सार्ने, उपराष्ट्रपति कार्यालयका लागी समाज कल्याण परिषदको कार्यालय सार्ने, राष्ट्रपतिको लागी अठार करोडको गाडी खरिद गर्ने जस्ता सरकारका पछील्ला निर्णय जनतालाई अत्यन्त अलोकप्रिय लागेका छन् । अब सरकारका निर्णय लगायतका सूचनाहरु समेत नागरिकले तत्काल थाहा पाउन नसक्ने व्यवस्था शुरुवात गरिन खोजिएको देखिन्छ जुन वर्तमान संविधानकै विपरित छ । यस्ता गतिविधिले केपी ओली र उनको सरकारको कद दिनप्रतिदिन खुम्चिदै जाने छ ।
प्रथम पटक प्रधानमन्त्री हूँदा ओलीले गाली र ताली दुबै पाए । उनलाई गाली गर्नेहरु भन्दा तालि दिनेहरु धेरै थिए । धेरै गाली पाएको ठाउँ तराई मधेसका जनतालाई प्रत्यक्ष फाइदा हुने ठोस् कार्यक्रम ल्याएर अब गालीको बदलामा तालि प्राप्त गर्ने तर्फ ओली अग्रसर हुनुपर्ने हो तर तराई मधेशका जनताको मन अझै पनि परिवर्तन भएको छैन । जस्ताको त्यस्तै छ । भविष्यमा यसले ओलीलाई मात्र होइन नेकपालाई नै नराम्रो असर पु¥याउने छ । संविधान शंशोधनको विषय घाँटीमा अडकिएको हयी बनिरहेको छ । अर्को तर्फ विगतमा ओलीलाई तालिदिनेहरुको मन पनि उनिप्रति कुडीदै गइ अब चुँडीनै थालेको छ । मन कुँडिने र चुँडिने क्रम रोक्न ठुला र हावादारी गफ होइन प्रत्यक्ष देखिने र सुशासन अनुभुती हुने काम हुनु अपरिहार्य छ । नत्र भविष्यमा जनताले मुल्याङकन गर्ने नै छन् ।
अघिल्लो पटक प्रधानमन्त्री हुँदा ओलीले धरै नेपालीको मन जितेकै हुन । फरक राजनीतिक दलका कार्यकर्ताले ओलिका कतिपय कामलाइ मुक्त कंठले प्रशंषा गरेका पनि हुन् । संविधान निर्माण प्रक्रियामा पनि उनले महत्वपुर्ण भुमिका बहन गरे । यसको दुरगामी महत्व छ भन्ने हरेक नेपालीले सम्झीरहने छन् । यसका वावजुत पनि वर्तमान समयमा जनताको अपेक्षा बमोजिम जनताका पक्षमा एकाध काम पनि नगर्ने हो भने उनलाई जनताले काँध हालिरहनुपर्छ भन्ने छैन् । अहिले ओलीको अग्नी परिक्षा चल्दैछ । ओलीले यो परिक्षा पनि सहजताका साथ पास गरुन भन्ने कामन गरौं ।